आज मिति २०६९ साल बैशाख १३ गते बुधबार । काठमाण्डौबाट प्रकाशित सवैजसो
दैनिक पत्रिकाले दलहरु माओवादी संघीयतामा लचिलो भए कांग्रेस एमाले
प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्वीकार्न तयार रहेको तर कार्यकारी अधिकारी
प्रधानमन्त्रीमा रहने सुनिश्चीत हुनुपर्ने सर्त रहेको, ३ सय ८५ सदस्यीय
ब्यबस्थापिका बनाउन दलहरु सहमत भएको, मिश्रीत प्रणालीमा नजान कांग्रेसभित्र
दबाब बढेको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
नागरिक दैनिकले कांग्रेस र माओवादीको प्रतिष्ठा जोगाउन मात्र तत्कालको
समस्या टार्नेगरि मिश्रीत प्रणालीमा जाने सहमति भएको समाचार छापेको छ ।
कान्तिपुर दैनिकले केन्द्रमा बनाउन लागिएको ब्यबस्थापिका जम्बो भएको
टिप्पणी गरेको छ ।