Wednesday, 6 June 2012

राष्ट्रयको सम्पति कोरियामा दुरुपयोग


टप नेको -
कोरिया(सोल)
कोरियामा श्रमसहचारि फिर्ता भईसके पनि उनी बस्तै आएको घरको भाडा भने सरकारले तिर्दै आएको छ ।  अति सुविधा सम्पन्न उक्त घरको बाहाल प्रति महिना पांचलाख रुपया राश्ट्रयको सम्पति बाट नेपाली दूतावास कोरियाले भुक्तान गर्ने गरेको हो ।  कोरियामा दरबन्दि कायम भई दुई महिना मात्र काम गरी नेपाल फर्किएका श्रमसहचारिको  अभाव बिध्यमान रहदा रहदै अनाआवश्यक  राश्ट्रयको सम्पति दुरुपयोग भएकोमा कोरियामा रहेका नेपाली समुदायले आपत्ति प्रकट गरेका छन् । उनीहरूले आवश्यक नभएको उक्त खर्च नगर्न दुतावमश सँग  माग गरेका छन् ।
श्रमसहचारि कृष्ण हरि पुष्कर  नियुक्ति भएको दुई माहिना नसकिदै बढुवा भएको कारण  एक महिना अघि नेपाल फिर्ता भई सकेका छन् भने उक्त स्थान हाल पद बिहिन रहेको छ।
 आवश्यक नभएको उक्त घर  तत्काल छाडिदिन    नेपाल कोरिया  ब्यपार सघका अधक्ष्य  मदन केसिले अनुरोध गरेका छन् । दूतावासका केही कर्मचारीका नजिकका मानिसको आश्रय स्तल  बन्ने गरेको उक्त घर किन राष्ट्रयलाई बोज बनाउने /?? केसिले  प्रति प्रश्न गर्दै  अगाडि भने विश्व साईकल यात्रिलाई आश्रय दिनुहोस भन्दा मन्त्रालयको आदेश चाईन्छ भन्ने दूतावासका उपनियोग प्रमुख राजा राम वर्तौला ले कस कसलाई उक्त घरमा मन्त्रालयको आदेश ले बास दिइएको छ  सबैलाई प्रस्ट पार्न अनुरोध गरे ।
यसै गरी एन आर एन कोरियाका अध्क्षय के पि सिटौलाले उक्त घरको सम्झौता त्तकाल खारिज गर्न सकिने बताउदै किन यसरि देशको सम्पतिमा खेलवाढ भइरहेको  छ  आफू अनबिग्य भएको बताए । कि सबैलाई आश्रयको लागि उक्त घर खुला गर्नु पर्‍यो कि त बन्द गर्नु पर्‍यो ।सिटौलाले दुखेसो पोख्दै भने" संसारलाई चिनाउन निश्किएका नेपाली विश्व साईकल यात्रि लोक बन्दु कार्कीलाई उक्त घरमा स्थान नदिनु दुखदाय हो ।
स्मरण रहोस -एक साता अघि कोरिया आई पुगेका  नेपाली विश्व साईकल यात्रि लोक बन्दु कार्कीलाई उक्त घरमा बासको ब्यवस्था गर्न कोरियाका नेपालि संघ सस्थाले अनुरोध गर्दा उपनियोग प्ररमुख राजा राम वर्तौलाले ठाडै अस्वकार गरेका थिए ।
 यसै विषयमा सम्पर्ग राख्दा उपनियोग प्ररमुख राजा राम वर्तौलाले भने(उनकै शब्दमा) "यो हाम्रो कुराहो तपाईहरु चासो नलिनु होस" ।
उता राजदूत कमान सिह लामाले आफु नय। भएको र सबै कुरा बुझि नसकेको हुदा के गर्नु पर्ने हो सुझाव दिन अनुरोध गरे ।
हाल खालि रहेको दूतावासको उक्त घरमा उपनियोग प्ररमुख राजा राम वर्तौलालका नजिकका व्यक्ति र उनका सहयोगी को रात्रि पार्टी र आरम गर्ने स्थल बन्ने गरेको सर्वसाधारणले बताएका छन् ।

1 comment:

  1. Dherai ramro lekhnu bhayechha Min Prasad Upreti Jee. Asha Garchhu Bujhera nai lekhnu bhayeko hola. Kripaya Tathye pani lekhnu bhayeko bhaye yo tapaile lekheko biswasniya hunethiyo. Yesto hawadari kura lekhepachhi patrakar hune rahechh balla bujhiyo. Madan K.C ra K.P sitaula le yesto kura gareko bhaye wahaharu lai samman garnai parchha.

    ReplyDelete