Friday, 13 April 2012

कोरियामा निशुल्क पाइने मोबाइल सेट र चिठ्ठा बारे नलेखि नसक्दा ।

मीन प्रकाश उप्रेती कोरिया (सउल)
दक्षिणाकोरियामा श्रमिक ब्यपारि बिधायार्थि कूटनीतिज्ञ वैवाहिक लागाएत विभिन्न भिसामा रहने नेपाली हरुको सङ्ख्या पच्चिसहजारको हाराहारीमा पुगि सकेको छ । यी सबै नेपालीहरू आ-आफ्नो क्षेत्रमा पसिना बगाउननै कोरिया आएका हुन । अझ रोजगार अनुमति प्रणाली (ई पि एस) अन्तर्गत कोरिया प्रवेश गरेका नेपालीहरू जीवनलाई मृत्यु सँग प्रवाह नगरी सुन्दर भविष्यको कल्पनामा जीवनको आयु घटाई रहेका छन् । थाहा छैन कुन बेला काहा के हुने हो घर सग्लो पुगिने हो, कि होइन तर पनि लक्ष्य लाई छाडेका छैनन् । तर आज यी परिश्रमि र ईमान्दार नेपालीहरूको कमाईमा कोरियाका केही ब्यपारिहरुको गिद्धे दृष्टि नराम्रो गरी गाडिन पुगेको छ । निशुल्क मोबाइल र चिठ्ठाको नाममा नेपाली लाई भ्रममा पार्नेकाम चारै तिर बाट हुन थालेको छ । अझ नेपाल स्थित कोरिया प्रवेशका लागि तयार रहेका नेपालिहरुलाई यसले बढी भ्रमित बनाएको छ । साच्चै निशुल्कनै होकि भनेर । अनि यिनै कुरा हरुलाई स्सतो लोक प्रियता र आर्थिक प्रलोभनमा केही संचारकर्मि मित्रहरुले समाचार बनाई रहनु भएको छ मानौ अरू समाचारनै नभए जस्तो । यो विडम्बना र दुखको कुराहो । हामीले सिगान पुछि दिने नाममा आफ्नो नाक नै काटि दिएको थाहा नपाउनु अरूको दोष होइन जुनकाम आज निशुल्क मोबाइल सेट र चिठ्ठा ब्यपारिहरुले गरिरहेका छन् । सबैलाई थाहा छ पैसाले कसैलाई पुग्दैन भनेर ,मलाई पैसाले पुग्यो अब चाईदैन भनेको उदाहरण काहि कतै पनि छैन भने आज कोरियामा को त्यस्तो दाता आयो जो उसको स्वर्थ बेगर मोबाइल सेट निशुल्क उपलब्ध गराउने र चिठ्ठाले घर भरिदिने ? संसारकै धनी भनिएका विलग्रेटले त स्वर्थ बेगर धन बाड्ने हिम्मत गरेका छैनन् भने सितैमा मोबाइल सेट र चिट्टाको प्रलोभन का पछाडि के छ भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ । आज नेपाल लगाएत संसारबाटै नेटवर्क ब्यपारले ठगि गरेको प्रमाण सहित बिस्थापित भई सके भने त्यसैको अर्को रूप निशुल्क र चिठ्ठाले लिई रहेको छ। तपाईँ हामीलाई सित्तैमा दिन खोजेको मोबाइल सेटले थाहै नपाई धेरै पैसा काटि सकेको हुन्छ ।अझ लाइन फोनको नाममा त आर्थिक भार मात्र थपिन जान्छ त्यो सित्तैको सेटको प्रलोभनमा पर्दा । मित्रहरु तपाईँ हामीले बगाएको पसिनाको कमाई होसियारि साथ खर्चनु जरुरी छ । आज कोरियामा सहजै खर्च गरिने “मानवन” नेपालको लागि ठुलो हो यसलाई सस्तो र सितैको नाममा थाहानै नपाई खर्च र्गयौ भने भोलि पछुताउनु सिवाय केही हुदैन । त्यसैले गर्दा निशुल्कको नामको ब्यपार र चिठ्ठाको व्यवसायलाई अध्यान सहित प्रयोगमा ल्याउदा राम्रो होला कि ?

‘विखण्डनकारी’संविधान जारी नगर्ने: राष्ट्रपति यादव

राष्ट्रपति रामबरण यादवले संघीयतामा जांदा, उनकै भनाइमा, देश विखण्डन हुने खालको गंध आएमा त्यो आफ्नो हातबाट जारी नहुने बताएका छन्। दलहरुले शान्ति प्रक्रियाका मुख्य विषयहरु लगभग टुंग्याई संविधान निर्माण तिर ध्यान केन्द्रित गर्न लागेका बेला राष्ट्रपतिले जथाभावी राज्य पुनर्संरचना नगर्न दलहरुलाई सचेत पनि गराए। विखण्डन राष्ट्रपति रामबरण यादवले प्राय: नियमित जसो दलका नेताहरुलाई कहिले भेटेर, त कहिले सार्वजनिक रुपमै सचेत गराँउदै आएका थिए। " म तपाइहरुलाई यो विश्वfस दिलाउन चाहन्छु कि देशको विखण्डनको केहि मैले गंध पाए भने त्यो मेरो हातले हुंदैन" रामबरण यादव, राष्ट्रपति तर आफ्नो पछिल्लो अभिव्यक्तिमा उनले प्रष्टरुपमा आफनो संवैधानिक हैसियत प्रयोग गर्न सक्ने संकेत गरे। काभ्रेमा शुक्रबार एक शक्तिपीठको उदघाटन कार्यक्रमा बोल्दै राष्ट्रपति रामबरण यादवले भने, “म तपाइहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि देशको विखण्डनको केहि मैले गंध पाए भने त्यो मेरो हातले हुंदैन।” संविधान जारी गर्न राष्ट्रध्यक्षको भूमिका रहने उल्लेख गर्दै राष्ट्रपतिले सबैलाई मिलेर काम गर्न सल्लाह पनि दिए। ‘संवेदनशील’ उनले जातीय तथा भाषिक अकांक्षालाई सम्बोधन गर्दा देशको एकता र अखण्डता प्रति पनि संवेदनशील हुनु पर्ने तर्फ दलहरुको ध्यान तान्ने प्रयास गरेका थिए। राष्ट्रपतिले यादवले भने, “संविधान चाहिं राष्ट्राध्यक्ष मार्फत घोषणा हुन्छ।” राष्ट्रपतिले आम जनतालाई दलहरु माथि दबाब सृजना गर्न पनि आग्रह गरे। दलहरुसंग आफुले समन्वय गरिरहेको उल्लेख गर्दै उनले देशको हितलाई सर्वपरि राख्नुपर्नेमा जोड दिए। संविधानको बारेमा संवैधानिक राष्ट्राध्यक्षको शुक्रबारको अभिव्यक्ति शायद अहिलसम्मकै सबैभन्दा कडा थियो। काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन्, संघीयता बारेको बहसमा राष्ट्राध्यक्षको पछिल्लो अभिव्यक्तिको कस्तो प्रभाव पर्ने छ भन्ने चाहिं हेर्न बांकी नै छ।

Thursday, 12 April 2012

वैद्य पक्ष सहितको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको आन्दोलन घोषणा

काठमाडौँ, चैत ३० (मेचिकालि)- वैद्य पक्षले साना दलहरुसँग मिलेर बनाएको मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले आज पत्रकार सम्मेलन गर्दै नयाँ कार्यक्रम घोषणा गरेको छ। समितिले हिजोको मसाल जुलुसमा भएको हस्तक्षेपले निरकुंश राजतन्त्रको क्रममा हुने दमनलाई सम्झाएको भन्दै यस्तो दमन नदोहोर्‍याउन सरकारलाई चेतावनी दिएको छ। लडाकु र हतियार सेनाको मातहतमा ल्याउने निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको वैद्य पक्षले जेठ १ गतेसम्मका लागि नयाँ कार्यक्रम घोषणा गरेको छ। नयाँ कार्यक्रममा देशको प्रमुख सहरमा सभादेखि चक्रपथ मार्चपास कार्यक्रमसम्म रहेको छ। समितिले जारी गरेको विज्ञप्ति प्रेस विज्ञप्ति- मितिः २०६८/१२/३० प्रेस विज्ञप्ती
संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपालको भर्खरै सम्पन्न वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो पत्रकार सम्मेलनको अयोजना गरिएको हो। यी निर्णयहरुलाई आम नेपाली जनसमुदाय सम्म सम्प्रेषण गरिदिनु हुन हामी अनुरोध गर्दछौं। १) गत चैत्र १० गते हाम्रो संगठनद्धारा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको २० दिनको जनसंघर्षको कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न भएको छ। यो कार्यक्रमलाई सफल पारिदिनु हुने सम्पूर्ण आदरणिय जनसमुदायहरुलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं। २) यो श्रृंखलाको संघर्षको कार्यक्रमको उत्कर्षको रुपमा हिजो बेलुका आयोजित शान्तिपूर्ण मशाल जुलुसमा जुन नाङ्गो प्रहरी हस्तक्षेप र दमन भयो, त्यसले विगतको निरंकुश राजतन्त्रका दौरानमा हुने दमनलाई पुनःस्मरण गराएको छ। उक्त दमनबाट संयुक्त राष्टिय जनआन्दोलन समितिका सदस्य तथा जनमुक्ति पार्टीका अध्यक्ष अटलमान राईका दुवै हात भाच्चिएका छन् र टाउकोमा गम्भिर चोट लागेको छ। यसैगरी नेकपा माओवादीका संयोजक मात्रिका यादवलाई दुवै खुट्टामा गम्भिर चोट लागेको छ। यसका साथै करिव दुई दर्जन आन्दोलनकारी गम्भिर रुपमा घाइते हुनु भएको छ। सरकारको यो फासिष्ट प्रकारको दमनको हामी घोर भर्त्सना र निन्दा गर्दछौं र दोषीलाई अविलम्ब कारवाही गर्न पनि माग गर्दछौं। यस प्रकारको फासिवादी दमन नदोहोर्याउन पनि हामी सरकारलाई चेतावनी दिन चाहन्छौं। ३) वैठकले आगामी जेष्ठ १ गते सम्मको लागि निम्न अनुसारका जनसंघर्षको कार्यक्रम निर्धारण गरेको छ। क) २०६९ वैशाख ८ गते- जनसभा काभ्रेको धुलिखेल ख) वैशाख १० गते- जनसभा उदयपुरको गाईघाट ग) वैशाख १२ गते- जनसभा कास्कीका पोखरा घ) वैशाख १४ गते- आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपालको जनप्रर्दशन, काठमाडौ। ङं) वैशाख १६ गते- जनसभा झापाको दमक च) वैशाख १७ गते- जनसभा धनुषाको जनकपुर। छ) वैशाख १९ गते- जनसभा र मई दिवस बाँकेको नेपालगञ्ज। ज) वैशाख २० गते- जनसभा कैलालीको धनगढी झ) वैशाख २१ गते- जनसभा दिपालय ञ) वैशाख २२ गते- जनसभा रुपन्देहीको बुटवल। ट) वैशाख २३ गते- संघीय लोकतान्त्रिक राष्टिय मञ्च र संघीय लिम्बुवान राज्य परिषद्को चक्रपथ मार्चपास कार्यक्रम, काठमाडौ। ठ) वैशाख २५ गते- जनसभा बाग्लुङ्। ड) वैशाख २६ गतेदेखि ३० गते सम्म अन्तिम चरणको हस्ताक्षर संकलन। ढ) जेष्ठ १ गते- विशाल र्‍यालीका साथ देशैभरबाट संकलित हस्ताक्षर संविधानसभाका अध्यक्ष लाई बुझाउने। ण) प्रत्येक जनसभाका कार्यक्रमको अघिल्लो दिन बेलुका कार्यक्रम आयोजित शहरमा मशाल जुलुसको अयोजना गरिनेछ ।

Wednesday, 11 April 2012

पत्रकार यादवकोहत्या गिरि बाट

मेचिकाली डटकम संवाददाता - झापामा भएको पत्रकार यादव पौडेलको हत्यामा संलग्न रहेका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। पौडेल सम्पादक रहेर निस्कन लागेको पत्रिकाका प्रकाशक युवराज गिरी र होटल संचालक पति पत्‍नी सोम र मञ्जु ढकाललाई प्रहरीले सार्वजनिक गरेको हो ।

पत्रकारसामु मञ्जु ढकालले युवराज गिरीले छतबाट खस्दा पौडेलको मृत्यु भएको बयान पत्रकारसामु दिइन्। प्रहरीले हत्या तात्कालिक परिस्थितिले भएको र पत्रकारितासँग नजोडिएको बताएको छ। नेपाल प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो ।


 पुर्ण बिवरण-
      
१) युवराज गिरी- जसले छतबाट धकेलेका थिए पौडेललाई
२) सोमराज ढकाल- होटलका सञ्चालक
३) मञ्जु ढकाल- होटल सञ्चालककी पत्‍नी

(फोटो तथा प्रतिवेदन सौजन्यः पूर्वेली टाइम्स)
के छ प्रहरीको प्रतिवेदनमा ? प्रतिवेदन जस्ताको तस्तै-

घटना विवरण :
मिति २०६८/१२/२२ गते राती १२:४५ बजेको समयमा जिल्ला झापा शनिश्चरे गा.बि.स.वडा नं.७ बिर्तामोड नयाबसपार्क स्थितमा रहेको पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउस अगाडि जिल्ला मोरङ्ग सिजुवा गा.बि.स.वडा नं.९ घर भई हाल जिल्ला झापा अनारमनी गा.बि.स.३ स्थित बिर्तामोडमा डेरा गरी बस्दै आएका सञ्चारकर्मी यादव पौडेलको हत्या भएको ।

जाहेरी दरखास्तको विवरण :
मिति २०६८/१२/२५ गते मृतक यादव पौडेलको जेठान नाताका छबिलाल खतिवडाले निम्न ब्यक्तिहरु बिरुद्ध यस कार्यालयमा किटानी जाहेरी दरखास्त दिएको । निम्न–

(१)जिल्ला मोरङ्ग सुन्दरपुर गा.बि.स.वडा नं.५ घर भई हाल जिल्ला झापा शनिस्चरे गा.बि.स.वडा नं.७ बिर्तामोड स्थित होटल पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसका संचालक अं.बर्ष ३९ का सोमनाथ ढकाल ।

(२) ऐ.बस्ने निजकै श्रीमती बर्ष २६ कि मन्जु भन्ने फुलमाया कार्की ढकाल ।

(३) जि.झापा शनिस्चरे गा.बि.स.वडा नं.५ घर भई हाल अनारमनी गा.बि.स.वडा नं.३ बस्ने अं.बर्ष ३४ को होटल व्यवसायी युवराज गिरी ।
(४) जिल्ला पाँचथर स्थायी घर भई हाल जिल्ला झापा अनारमनी गा.बि.स.वडा नं.३ बिर्तामोड स्थित कृषीथोक बजारमा डेरा गरी बस्ने ठेक्का पट्टाको कारोबार गर्ने बर्ण गोरो बर्ष अं.२८ को मदन राई ।

अनुसन्धान प्रकृया :
(१) तत्काल घटनास्थलमा फेला परेका ब्यक्तिहरुसँग घटनाको बारेमा सोधपुछ ।
(२) घटनास्थल आसपासका ब्यक्तिहरु र प्रत्यक्षदर्शीहरुसँग सोधपुछ ।
(३) घटनास्थल तथा लाशको प्रकृतिको निरीक्षण र बिश्लेषण ।
(४) लाश पोष्टमार्टम रिपोर्ट ।
(५) प्राबिधिक बिश्लेषण ।
(६) घटनामा संलग्न लगायतको बिगतको पृष्ठभूमीको बिश्लेषण ।
अनुसन्धानबाट खुलेका तथ्यहरु :

(१) मिति २०६८/१२/२१ गते राती अं.१९ बजेको समयमा मृतक यादव प्रसाद पौडेल र युवराज गिरी बिर्तामोड नया बसपार्क स्थित होटल देउरालीमा पुगी मादक पदार्थ सेवन गरी अं.२२:०० बजे निस्किएको ।

(२) अं.२२:२० बजेको समयमा जि.ट्रा.प्र.का.बिर्तामोड पुगी ५/७ मिनेट बसि त्यहाँबाट घर जान भनि निस्किएको । घरमा नगई दुवै जनाको श्रीमती नभएको कारण पुर्वाञ्चल सेकुवा कर्नर एण्ड गेस्ट हाउसमा गई बस्ने सल्लाह गरी त्यसै तर्फ गएको ।

(३) अं.२३:०० बजेको समयमा दुबैजना पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसमा पुगी रात त्यही बस्ने योजनाका साथ पुनः मादक पदार्थ सेवन गरेको र सोहि क्रममा गित गाई रमाईलो समेत गरेको ।

(४) सोहि क्रममा प्रसङ्गबस मदन राईको सन्दर्भ आए पछि युवराज गिरीले मदन राईलाई फोन गरी २० मिनेट सम्म दुबै जना बिच फोनबाटनै बादबिवाद भएको ।

५) अं. २० बजेको समयमा मदन राई सहित ५/६ जना ब्यक्ति उक्त होटलमा आई ढोका खोल्न र युवराज गिरीलाई बाहिर निकाल्न भन्दै हल्लाखल्ला गरेको ।

(६) होटल साहु सोमनाथ ढकाल र सोही होटलमा ग्राहकको रुपमा बस्न आएका रोजन र योगेश रनपहेली समेतले सम्झाई बुझाई ढोका नखोली होटल बाहिरैबाट मदन राईको समुहलाई १०/१५ मिनेट पछि फर्काई दिएको ।

(७) बाहिर मदन राईको समुहले हो–हल्ला गरी रहदा युवराज गिरी पनि निहु खोज्दै अगाडि आए पछि होटल साहुले झै–झगडा हुन सक्नेदेखि युवराज गिरीलाई माथि जानुहोस् भनि माथि पठाएको।

(८) निज गिरीसँगै होटल साहुनी मन्जु भन्ने फुलमाया कार्की ढकाल र यादव प्रसाद पौडेल पनि माथि गएको।

(९)मन्जु र युवराज दुबैको भनाई अनुसार छतमा ३ जना पुगेको स्वीकार गरेको। होटलको छतमा पुगे पछि मृतक यादव पौडेलले मन्जु ढकाललाई अंगालो मार्न खोज्दा युवराज गिरी रिसाई दुबै बिच बादबिवाद भई तानातान भएको।

(१०) अनुसन्धानको क्रममा होटल साहुनी मन्जु भन्ने फुलमाया कार्की र युवराज गिरी बिच बिगत ११/२ बर्ष अघि देखि नै घनिष्ठ सम्बन्ध रहि पटक–पटक शारीरिक सम्बन्ध समेत रहेको भनी निज मन्जु कार्कीले नै अनुसन्धानको क्रममा खुलाएको।

(११) बिवाद र तानातान हुने क्रममा युवराज गिरीले मृतकलाई उक्त होटलको छतबाट धकेली खसालि दिए पश्चात निजको भुईमा बजारिन पुगि मृत्यू भएको भन्ने प्रत्यक्षदर्शी मन्जु भन्ने फुलमाया कार्कीले खुलाएको।

१२) पोष्टमार्टमको रिपोर्ट अनुसार पनि मृतकको शरीरमा कुनै धारिलो हतियार तथा अन्य चिजबस्तुले प्रहार गरेको नदेखिएको।

हालसम्मको अनुसन्धान निष्कर्ष :


(१) घटना पश्चात नियन्त्रणमा लिएका ब्यक्तिहरु मध्ये हाल सम्मको अनुसन्धानबाट घटनामा संलग्नता नदेखिएकाहरुलाई आजै छाडिने, बाकिको हकमा थप अनुसन्धान गरिने ।

(२) उक्त होटलमा युवराज गिरी र मृतक यादव प्रसाद पौडेल प्रबेश गरे पश्चात अन्य कोहि पनि ब्यक्तिहरु प्रबेश नगरेको हाल सम्मको अनुसन्धानबाट खुलेको ।

(३) मृतक यादव प्रसाद पौडेललाई पक्राउ परेका युवराज गिरीले पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसको छतबाट खसाली हत्या गरेको ।

कानूनी प्रकृया/प्रहरी कार्य :

(१) किटानी जाहेरी दरखास्त पर्न आए पश्चात कर्तब्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी पक्रउ परेका ब्यक्तिहरु मध्ये निम्न ब्यक्तिहरुलाई मिति २०६८/१२/२५ गतेबाट लागु हुने गरी सम्मानित झापा जिल्ला अदालतबाट दिन ५ म्याद लिई अनुसन्धान कार्य अगाडि बढाईएको । जाहेरी दरखास्तमा उल्लेखित फरार अभियुक्त मदन राईको हकमा निज लुकिछिपी बस्न सक्ने संभाबित स्थानहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरी खोजतलास गर्ने कार्य भइरहेको।
 

Tuesday, 10 April 2012

माओवादी शिविर सेनाको जिम्मामा


माओवादी लडाकु
माओवादी शिविर र हतियार मंगलबारबाटै सेनाको जिम्मामा गएको छ।
सेना समायोजन विशेष समितिले मंगलबारदेखि माओवादी लडाकुको शिविर नेपाली सेनालाई जिम्मा लगाएको छ।
मंगलबार साँझ सम्म १२ वटा शिविरमा सेना पुगी सकेको र अन्य शिविरहरुमा मंगलबार रातीसम्म पुगीसक्ने विशेष समिति सचिवालयका एक अधिकारीले बताए।

निशस्त्र

मंगलबारको निर्णयले माओवादीलाई विधिवत रुपमा संविधानसभाको निर्वाचन भएको चार बर्पपछि निशस्त्र पार्ने छ।
बुधबारसम्म पुनर्वगिकरणको काम सकेर विहीबार समायोजनमा जाने लडाकू र हतियार सेनालाई जिम्मा लगाउने विशेष समितिको कार्यतालिका रहे पनि शिविरमा झडपको स्थिति उत्पन्न भएपछि वर्गिकरणको काम मंगलबार रोकिएको छ।
मंगलबार बसेको तिन दलको बैठकमा माओवादी अध्यक्ष पचण्डले शिविरहरुलाई सेनाको नियन्त्रणमा ल्याएर मात्र वर्गिकरण गर्ने प्रस्ताव गरेका थिए।
"“मंगलबार देखिनै कन्टेनर र हतियारको सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय भएको छ।”"
वर्षामान पुन, विशेष समिति सदस्य एंव अर्थ मन्त्रि
दाहालको सो प्रस्तावपछि अपरान्ह बसेको विशेष समितिको बैठकले शिविर मंगलबारबाटै सेनाको जिम्मामा दिने निर्णय गरेको छ।
विशेष समिति सदस्य एंव अर्थमन्त्रि वर्षामान पुनले भने, “मंगलबार देखिनै कन्टेनर र हतियारको सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय भएको छ।”
निर्णयबारे विशेष समिति सदस्य एंव एमाले नेता भिम रावलले भने, “शिविरहरु खाली हुन अझै बाँकी छ, बुधवार हुने विशेष समित बैठकले छनौट लगायतका विषयलाई टुंगो लगायो भने शान्ति प्रक्रिया एउटा महत्वपुर्ण चरण पुरा हुन्छ।”
आइतबार देखि शुरु भएको पुनर्वगिकरण प्रक्रिया लडाकु र माओवादी नेतृत्वबीचको विवादले गर्दा रोल्पाको दहवनस्थित शिविर बाहेक अन्यत्र अवरुद्ध भएको थियो।
झडपको स्थिति उत्पन्न भएपछि प्रचण्डको आग्रहमा प्रधानमन्त्री बाबुराम भट्टराईले सो काम रोक्ने निर्देशन दिएका थिए।
मंगलबार शिविर सेनाको नियन्त्रणमा आएपछि बुधवारदेखि वर्गिकरण र समायोजनको कामसँगै अघि बढ्ने बताइएको छ।
समायोजनमा जाने लडाकूले पाउने दर्जा र पुरा गर्नु पर्ने मापदण्ड पुनर्वर्गिकरण भन्दा पहिले स्पष्ट हुनु पर्ने लडाकुहरुको माग छ।

असन्तुष्टि

लडाकूहरु माझ व्यापक असन्तुष्टि हुँदाहुँदै पनि प्रचण्डले विहीबारसम्ममा जसरि भएपनि समायोजनमा जान चाहनेलाई सेनाको जिम्मा लगाउन चाहेको देखिन्छ।
सोमबार पत्रकारसंग कुरा गर्दै केही लडाकू कमाण्डरहरुले सम्मानजनक समायोजनको अवस्था नआए, धेरै लडाकूले विरोध स्वरुप अवकाश रोज्न सक्ने बताएका थिए।
समायोजन प्रक्रिया लम्बिदै जाँदा त्यससँग सम्बन्धित विषयहरु त्यतिकै पेचिलो बन्दै गएका थिए।
त्यसले गर्दा पार्टी नेतृत्वलाई लडाकूहरुको चित्त बुझाउन अप्ठेरो परिरहेको थियो।