Saturday, 21 April 2012

एक बर्षका लागि कोरियाली भाषा परीक्षा रोकियो

टप नेको-काठमाण्डैा,
दक्षिण कोरियामा काम गर्न जान चाहने नेपालीहरुका लागि यसबर्ष भाषा परीक्षा नहुने भएको छ । गत बर्ष परीक्षा उर्तिण भएका कामदारहरुले नै सन् २०१२ र २०१३ सम्मको कामदारको माग थेग्ने भएकाले यस बर्ष भाषा परीक्षा नहुने भएको हो । कोरियाले रोजगार अनुमति प्रणाली  (इपीएस) अन्र्गत भाषा परीक्षा उर्तिणहरुलाई नेपालबाट कामदारको रुपमा लगिरहेको छ ।
‘यसबर्ष भाषा परीक्षा लिनका लागि कुनै पनि काम सुरु भएको छैन्’, बैदेसिक रोगजार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखा महेश आचार्यले भन्नुभयो ‘ गत बर्ष भएको परीक्षामा उर्तिण भई रोस्टरमा रहेका कामदारहरुले नै सन् २०१३ सम्म धान्ने भएकाले यसबर्ष परीक्षा नलिने भएको हो ।’
गत साउनमा भएको भाषा परीक्षामा सहभागि रहेका ५० हजार कामदारहरु मध्ये झण्डै १५ हजार पास भएको खबर आजको कान्तिपुरले छापेको छ । यस बर्षपनि भाषा परीक्षा लिएन छनौट गर्ने आशामा धेरै युवाहरुले कोरियाली भाषा पढिरहेका छन् ।

Friday, 20 April 2012

के छापियो शनिवारका दैनिक पत्रिकामा ?


आज मिति २०६९ साल बैशाख ९ गते शनिवार । काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले सनिवारीय परिष्ठाङ्कसहित फिचर समाचारहरुलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
कान्तिपुर दैनिकले पूर्व क्षेत्रमा नक्कली म्यानपावरहरुको बिगबिगी रहेको र मिश्रीत प्रणालीमा सहमति जुटाउन दलहरुवीच प्रयास भइरहेको समाचार छापेको छ भने नागरिक दैनिकले ट्राफिक प्रहरी कार्यालयहरुमा अनियमितताको आशंकामा छापा मारिएको समाचारलाई मुख्य समाचार बनाएको छ ।





कोरियाको कोमामा रहेका गोतामेको निधन ।

टपनेको-
     गत साता आत्माहत्याको प्रयास गर्दा गर्दैको अन्तिम अवस्थामा कोमामा रहेका स्याङजा निवासि २६ बर्षिया ज्ञान बहादुर गोतामेको निधन भएको छ ।  उनले आफू बसेकै कोठामा झुण्डिएर आत्माहत्याको प्रयास गरेका थिए । उनी सँगै रहेका नेपाली साथी र कंम्पनि मालिकले उनलाई उद्दार गरी छल्नानाम्दो यूनीभर्सिटी हस्पिटलमा उपचारका लागि लगेका थिए भने शुक्रबार साँझ ५.३० मा उनको सोही हस्पिटलको सधन उपचार कक्षमा उपचारकै क्रममा निधन भएको हो ।
गोतामे कोरिया कृषिमा काम गर्न आएको चालिस दिनमात्र भएको थियो भने उनि कंपनि साउ र पारिवारिक चिन्ताले पिडित थिए ।
  हाल उनका परिवार कोरिया आई नसकेका र भिसाको लागि दूतावासले आवश्यक कागजात पाठाई सकेको हुदा कतिदिन अझै उनको अन्तिम सतगतिका लागि कुर्नु पर्ने हो थाहा हुन सकेको छैन ।
 यसरि कोरियामा बढ्दै गएको आत्मा हत्या र मानसिक सन्तुलन गुमाउनेको सङ्ख्यालाई समन्धित निकायले गम्भिरताका साथ लिनु पर्ने विश्लेषक हरू बताउछन ।

Tuesday, 17 April 2012

कोरियामा बिदेशि विद्यार्थीलाई उच्च शिक्षामा कठिनाई


गोपाल संग्रौला,
सउल, (दक्षिण कोरिया)
कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाल सहित अन्य देशका ८० प्रतिशत भन्दा बढी विद्यार्थीले आफूले अध्ययन गर्ने विषय अग्रेजी माध्यममा नभएकोले उच्च शिक्षा अध्ययनमा कडिनाई भएको गुनासो गरेका छन् ।

धेरै लगानी गरेर उच्च शिक्षाका लागि आएका विदेशी विद्यार्थीलाई केही विश्वविद्यालयले कोरियन माध्यममा अध्यापन गराएपछि विशेषज्ञता हासिलमा भाषागत कडिनाई भएको गुनासो आएको हो । कोरियाका विश्वविद्यालयमा अध्ययन गरिरहेका गैर कोरियन भाषी विद्यार्थीहरूलाई अध्ययन गराउने क्रममा प्राध्यापकले कोरियन भाषामा अध्यापन गराएपछि विदेशी विद्यार्थीले अध्ययनमा कडिनाई भएको गुनासो गरेका हुन । अधिकाक्ष समय प्राध्यापकले कोरियन भाषामा अध्यनपन गराएपछि विद्यार्थीले उच्च शिक्षामा कडिनाई भएको गुनासो गरेका छन् । कोरियाले शिक्षामा विश्वव्यापीकरण गराउने जनाउदै हालसम्म १ लाख भन्दा बढी गैर कोरियन विद्यार्थीलाई आप्mनो देशमा अध्ययनका लागि अवसर दिएको जनाउदै कोरिया हेराल्डले यसरी आउने विद्यार्थी विविध समस्या झेल्नु पर्ने जनाएको छ । कोरियामा लगभग ५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेपनि उनीहरू पनि विभिन्न समस्यासँग सम्झौता गदै अध्ययन गरिरहेको नेपाली बिद्ययार्थीहरुको सङ्गठन सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया(सोन्सीक) कि अध्यक्ष आस्था मल्लले जानकारी दिनु भयो । अध्यक्ष मल्लले नेपाली विद्यार्थीहरुको स्वास्थ्य विमा गर्ने प्रक्रियामा सम्बन्धित निकायले ध्यान नदिएको प्रतिक्रिया दिनुभयो । त्यसै गरी अध्ययन बाहेकको अतिरिक्त समय (पार्ट टाइम) मा भाषागत समस्या देखाएर भेदभाब गरिएको बताउनु भयो ।
 सउल नेसनल युनिर्भसिटीमा अध्ययनरत एक फ्रान्सेली विद्यार्थीले अङ्ग्रेजी माध्यममा अध्यापन गराउने प्राध्यापक प्रयाप्त नभएको र भएपनि कोरियन भाषामा नै बढी अध्ययन गराउने गरेको आरोप लगाइका छन् । यद्यपि समाचारमा विश्वविद्यालयको प्रतिक्रिया राखिएको छैन । परिचय नखुलाउने सर्तमा एक विद्यार्थीले प्रतिक्रियामा भनेका छन् ‘प्राध्यापकले कहिलेकाहीँ १० मिनेटसम्म कोरियन बोल्ने गरेको छन् तर यति लामो लेक्चरको एक मिनेटमात्र अङ्ग्रेजी अनुवाद गरिन्छ ।’ यी बाहेक विद्यार्थीले सार्वजानिक यातायात, किनमेल तथा साथीहरूसँग रहदा भाषागत समस्या भोग्नु परेको गुनासो गरेका छन् ।
मार्च महिनाको सुरुमा कोरिया ईन्टरनेसनल स्टुडेन्ट सपोर्ट एशोसिएसन (केआईएसएसए) ले विदेशी विद्यार्थीले यहाँ भोग्नु परेका समस्याका बारेमा आवाज उठाएको सो अखबारले जनाएको छ । गैर कोरियन विद्यार्थीले यहाँको बसाई,उपचार खर्च एवम टेलिफोन सेवा प्रयोग गर्ने विषयमा गुनासो गरेका छन् । विदेशी विद्यार्थीले कोरियाको बसाई कष्टकर र स्वास्थ्य सेवा महँगो एवम मोबाइल दर्ता प्रक्रियामा झन्झटीलो रहेको गुनासो गरेको समाचार हेराण्डले प्रमुखताका साथ प्रकाशित गरेको छ । कतिपय विद्यार्थीले कोरियाको खानपान, सामूहिक अध्ययनमा सहकार्यता र कोरियन सहपाठीको स्वभाव समेत बहूसाकृतिक नभएको पनि गुनासो गरेका छन् । यसका साथै विश्वविद्यालयमा आवासीय सुविधाका बारेमा समेत एकरुपता नभएको समाचारमा उल्लेख छ । 

Monday, 16 April 2012

कोरियामा झुणडिएर आत्माहत्या गर्न खोज्ने गोतामेको अवस्था यस्तो छ

शिशिर बजगाई खव्ङ्गजु,
कोरिया।रोजगार अनुमति प्रणलि (ईपिएस) मार्फत एग्रिकल्चरमा काम गर्न चालिस दिन अघि कोरिया प्रवेश गरेका एक नेपालीले आफूले काम गरेको स्थानमा आत्माहत्या गर्ने प्रयास गरेका छन्। स्याङजा निवासि २६ बर्षिया ज्ञान बहादुर गोतामेले आफू बसेकै कोठामा झुण्डिएर आत्माहत्याको प्रयास गरेका थिए । उनी सँगै रहेका नेपाली साथी र कंम्पनि मालिकले उनलाई उद्दार गरी छल्नानाम्दो यूनीभर्सिटी हस्पिटलमा उपचारका लागि लगेका थिए भने हाल उनको सोही हस्पिटलको सधन उपचार कक्षमा उपचार भै रहेको छ । हाल उनी अचेत अवस्थामा रहेका छन् । परिवारको सदस्यलाई कोरिया झिकाउने प्रयास भैरहेको कोरिया स्थित श्रम सहचारि कृष्ण हरि पुष्करले टप नेपाल कोरिया डट कम लाई बताउनु भएको छ । पुष्कर ले अगाडि भन्नु भयो हामीले उनको जीवन बचाउन सबै क्षेत्रबाट प्रयास गरेका छैा यसका लागि नेपाली दुतावासकोरिया एन आर एन कोरिया लगाएत समाज सेबि रुद्र शर्मा लागि परेको जानकारी गराउनु भयो । गोतामे पारिवारिक चिन्ता र कम्पनी साउको व्यवहार बाट पडित भएको सँगै काम गर्ने साथीले जानकारी गराएका छन् । उनले भने आएको यति दिन भै सक्यो आडि कार्ड सम्म हामिलाई दीएको छैन र कतै सम्पर्ग गर्नसम्म हामिलाई दिएको छैन । ( अन्य जानकारी दिदै जाने छैा)

Sunday, 15 April 2012

एक महिलालाई चारजाना द्धरा बलात्कार

टपनेको -कञ्चनपुरको दक्षिणी विकट क्षेत्र रैकवार विचवामा एक महिलामाथि गएराति सामूहिक बलात्कार भएको छ । विवाह गर्न भनेर रैकवार विचवा-३ का टेकबहादुर खड्काले ल्याएकी महिलालाई हतियार देखाएर स्थानीय चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय, रैकवारले जनाएको छ । बलात्कारपछि अचेत अवस्थामा रहेकी उनको परिचय खुल्न सकेको छैन । प्रहरीले अनुसन्धानका लागि टेकबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाएको छ । बलात्कारमा संलग्न भएको आशङ्का गरिएका चारजना घटनापछि फरार रहेको र उनीहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । बलात्कार भएकी भनिएकी महिलासमेत मदिराको नसामा रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बलराम विष्टले बलात्कृत भएको भनिएकी महिलाको स्वास्थ्य परीक्षणपछि मात्र यकिनसाथ भन्न सकिने बताउनुभयो

यही सरकारमा सहभागी नहुने -कङ्ग्रेस , एमाले

काठमाडौ, वैशाख ३ (टप नेको)- प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस र नेकपा एमालेका नेताले प्रधान मन्त्री बाबुराम भट्टराई नेतृत्वको अहिलेको सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनीहरुले यो सरकारले भ्रष्टाचारको रेकर्ड बनाएकाले पनि यसमा सहभागी भएर जोकर बन्न नसकिने बताए। रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अहिलेकै सरकारमा कङ्ग्रेस कुनै पनि हालतमा सहभागी नहुने स्पष्ट पारे। उनले भने– अहिलेको सरकारमा कङ्ग्रेस सहभागी हुँदैन। भ्रष्टाचारमा रेकर्ड बनाएको तमासको सरकारमा कङ्ग्रेस सहभागी भएर जोकर बन्न चाहँदैन। साक्षात्कारमा महतले प्रधान मन्त्रीले राजिनामा दिएर नयाँ सहमतिको सरकार बनाउन वातावरण तयार गरिदनुपर्ने तर्क गरे। संविधान जारी गर्नुअघि नै नेपाली कङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने उनले दाबी पनि उनले गरे। उनले भने– माओवादी र एमालेले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेका छन्। अब कङ्ग्रेसको दावी स्वाभाविक हो। यसमा कसैको पनि दुई मत छैन। महतले कङ्ग्रेसका लागि अहिलेको प्राथमिकता संविधान निर्माण र दोस्रोमा द्वन्द्वकालमा कब्जा गरिएका सम्पत्ति फिर्ता भएको भन्दै सरकार निर्माण तेस्रो प्राथमिकतामा रहेको बताए। जातीयताको आधारमा सङ्घीयतामा गए मुलुकमा जातीय द्वन्द्व हुने चेतावनी दिँदै महतले सांस्कृतिक, भूगोल, ऐतिहासिक निरन्तरता, आर्थिक सम्भाव्यता, भाषा र भेषभुषालाई पनि आधार बनाएर सङ्घीयता निर्माण गर्नुपर्ने धारणा राखे। यसैगरी साक्षात्कारमा नेकपा एमालेका नेता प्रदीप ज्ञावलीले सरकार निर्माणको बेला भएको चार बुँदे सहमति खारेज नभएसम्म अहिलेको सरकारमा एमाले कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै चार बुँदे सहमति खारेज भए प्रधान मन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा जान एमालेलाई कुनै आपत्ति नरहेको बताए। यद्यपि उनले अबको सरकारको नेतृत्वमा कङ्ग्रेसको दावी स्वाभाविक भएको र त्यसमा एमालेको समर्थन रहेको स्पष्ट पारे। सरकार निर्माणको आधार मधेसी मोर्चासँग भएको चार बुँदे सहमतिका केही बुँदा राष्ट्रघाती भएकाले पनि राष्ट्रघाती सरकारमा एमाले नजाने बताए। संविधान जारी गर्ने बेलामा सबैले स्वामित्व महसुस गर्नेगरी राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने भन्दै सहमतिको सरकारको नेतृत्व नेपाली कङ्ग्रेसको नेतृत्वमा बन्नुपर्ने उनले बताए। जातीय आधारमा सङ्घीयता नहुने दाबी गर्दै ज्ञवालीले स्थानीय निकाय बलियो हुनेगरी ६ देखि ९ वटासम्म प्रदेश निर्माण गर्नुपर्ने धारणा राखे। उनले भने– स्थानीय सरकार बलियो हुनेगरी सङ्घीयतामा जानुपर्छ। सङ्घीयता निरन्तर विकास हुने मोडलमा जानुपर्छ। संविधान आफैंमा गतिशील दस्तावेज भएको भन्दै सङ्घीयतामा सीमाङ्कन र नामाकरणको विषय नटुङ्गिए त्यसलाई पछि टुङ्ग्याउनेगरी संविधान जारी गर्न सकिने दावीसमेत उनले गरे। संविधान निर्माण कार्य बहस र तर्कबाट सम्झौता गर्नुपर्ने अवस्थामा पुगेको भन्दै उनले दलहरुले आ-आफ्नो अडान छाडेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औल्याए। प्रधान मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले संविधान निर्माण गर्नतर्फ लाग्नुपर्ने बेलामा सरकार परिवर्तन गरिए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए। पौडेलले अहिले सरकार परिवर्तनमा लाग्नु भनेको काशी जानु कुत्तिको बाटो जस्तो उल्टो प्रक्रिया भएको भन्दै यही सरकारमा कङ्ग्रेस र एमाले सहभागी भएर संविधान जारी गर्नुपर्ने धारणा राखे।