Tuesday, 17 April 2012

कोरियामा बिदेशि विद्यार्थीलाई उच्च शिक्षामा कठिनाई


गोपाल संग्रौला,
सउल, (दक्षिण कोरिया)
कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाल सहित अन्य देशका ८० प्रतिशत भन्दा बढी विद्यार्थीले आफूले अध्ययन गर्ने विषय अग्रेजी माध्यममा नभएकोले उच्च शिक्षा अध्ययनमा कडिनाई भएको गुनासो गरेका छन् ।

धेरै लगानी गरेर उच्च शिक्षाका लागि आएका विदेशी विद्यार्थीलाई केही विश्वविद्यालयले कोरियन माध्यममा अध्यापन गराएपछि विशेषज्ञता हासिलमा भाषागत कडिनाई भएको गुनासो आएको हो । कोरियाका विश्वविद्यालयमा अध्ययन गरिरहेका गैर कोरियन भाषी विद्यार्थीहरूलाई अध्ययन गराउने क्रममा प्राध्यापकले कोरियन भाषामा अध्यापन गराएपछि विदेशी विद्यार्थीले अध्ययनमा कडिनाई भएको गुनासो गरेका हुन । अधिकाक्ष समय प्राध्यापकले कोरियन भाषामा अध्यनपन गराएपछि विद्यार्थीले उच्च शिक्षामा कडिनाई भएको गुनासो गरेका छन् । कोरियाले शिक्षामा विश्वव्यापीकरण गराउने जनाउदै हालसम्म १ लाख भन्दा बढी गैर कोरियन विद्यार्थीलाई आप्mनो देशमा अध्ययनका लागि अवसर दिएको जनाउदै कोरिया हेराल्डले यसरी आउने विद्यार्थी विविध समस्या झेल्नु पर्ने जनाएको छ । कोरियामा लगभग ५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेपनि उनीहरू पनि विभिन्न समस्यासँग सम्झौता गदै अध्ययन गरिरहेको नेपाली बिद्ययार्थीहरुको सङ्गठन सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरिया(सोन्सीक) कि अध्यक्ष आस्था मल्लले जानकारी दिनु भयो । अध्यक्ष मल्लले नेपाली विद्यार्थीहरुको स्वास्थ्य विमा गर्ने प्रक्रियामा सम्बन्धित निकायले ध्यान नदिएको प्रतिक्रिया दिनुभयो । त्यसै गरी अध्ययन बाहेकको अतिरिक्त समय (पार्ट टाइम) मा भाषागत समस्या देखाएर भेदभाब गरिएको बताउनु भयो ।
 सउल नेसनल युनिर्भसिटीमा अध्ययनरत एक फ्रान्सेली विद्यार्थीले अङ्ग्रेजी माध्यममा अध्यापन गराउने प्राध्यापक प्रयाप्त नभएको र भएपनि कोरियन भाषामा नै बढी अध्ययन गराउने गरेको आरोप लगाइका छन् । यद्यपि समाचारमा विश्वविद्यालयको प्रतिक्रिया राखिएको छैन । परिचय नखुलाउने सर्तमा एक विद्यार्थीले प्रतिक्रियामा भनेका छन् ‘प्राध्यापकले कहिलेकाहीँ १० मिनेटसम्म कोरियन बोल्ने गरेको छन् तर यति लामो लेक्चरको एक मिनेटमात्र अङ्ग्रेजी अनुवाद गरिन्छ ।’ यी बाहेक विद्यार्थीले सार्वजानिक यातायात, किनमेल तथा साथीहरूसँग रहदा भाषागत समस्या भोग्नु परेको गुनासो गरेका छन् ।
मार्च महिनाको सुरुमा कोरिया ईन्टरनेसनल स्टुडेन्ट सपोर्ट एशोसिएसन (केआईएसएसए) ले विदेशी विद्यार्थीले यहाँ भोग्नु परेका समस्याका बारेमा आवाज उठाएको सो अखबारले जनाएको छ । गैर कोरियन विद्यार्थीले यहाँको बसाई,उपचार खर्च एवम टेलिफोन सेवा प्रयोग गर्ने विषयमा गुनासो गरेका छन् । विदेशी विद्यार्थीले कोरियाको बसाई कष्टकर र स्वास्थ्य सेवा महँगो एवम मोबाइल दर्ता प्रक्रियामा झन्झटीलो रहेको गुनासो गरेको समाचार हेराण्डले प्रमुखताका साथ प्रकाशित गरेको छ । कतिपय विद्यार्थीले कोरियाको खानपान, सामूहिक अध्ययनमा सहकार्यता र कोरियन सहपाठीको स्वभाव समेत बहूसाकृतिक नभएको पनि गुनासो गरेका छन् । यसका साथै विश्वविद्यालयमा आवासीय सुविधाका बारेमा समेत एकरुपता नभएको समाचारमा उल्लेख छ । 

No comments:

Post a Comment