समाचार

दक्षीणकोरीयामा बडादशै भब्यरुपमा सम्पन्न ।


मीन प्रकाश उप्रेती

दक्षिणकोरीया (सउल)





दक्षीणकोरीयाको कृयाशिल संस्था झापामीलन समाज तथा ईलामेली परीवार कोरीयाको संयुत्त आयोजनामा २०६७ सालको दशै कोरीयाका ेईन्छनमा भब्यरुपमा सम्पन्न भएको छ । गत १७ तारीक आईतबार सम्पन्न भएको उत्त कार्यक्रमको प्रमुख अतीथीका रुपमा कोरीया स्थीत नेपाली राजदुत कमल प्रसाद कोईराला रहनुभएको थियो(।

कोरीयामा रहेका नेपाली हरु बिच आफ्नो संस्ंकृती र रितिरीवाज सहीत मनाईएको उत्त कार्यक्रममा पुजाअर्चनाका सथै राजदुत कमल प्रसाद कोईराला बाट टिका लगाएर शुभकामना आदान प्रधान गरीएको थियो । राजदुत कोईरालाले प्रवासमा पारविारीक अनुभुतीका साथ मनाईएको उत्त कार्यक्रमको सरहाना गर्दै अगाडी भने सुनखरी फुल हु म भिरमा पनि फुल्न सक्छु नेपालीको छोरो हु म पिरमा पनि हांस्न सक्छु भन्ने कुरा आज सिद्ध भएको छ ।

बिहानी रेष्टुरेण्ट ईन्छनले प।्रयोजन गरेको उत्तकार्य क्रममा झापा मीलन समाजका अधक्षय मीन प्रकाश उप्रेतीले सामाजीक एकताको प्रतीक महान पर्व दशैंले बिदेशमा पारीवारीक अनुभुती दिलाउन सफल भएको बताए भने ईलामेली परीवार का उपाधक्षय टीका ढुङ्गेलले आगन्तुक हरुलाई स्व।गत गर्दै आफु आज बिदेशमा नभएर स्वदेशमै भएको झै लागेको बताए । यसै गरी लागातार पांच बर्ष सम्म टिका नलगाएर बिदेशमा रहेका दीनेश श्रेष्ठ , सन्तोश श्रेष्ठ तथा कोरीया प्रवेश गरेको दुई हप्ता भएका राजन घीमीरेले टीका ग्रहण पछि हर्षका अांशु झरेका थिए । यसै गरी उत्त कार्यक्रममा बिहानी रेष्टुरेण्टका संचालक जगन्नाथ ओली , ईलामेली परीवारका सचिब सन्तोष गौतम , झापा मिलन समाजका सचिब दुर्गा दाहाल तथा दुताबासका कर्मचारी दावा शेर्पा लगाएतले शुभकामना व्यत्त गरेका थिए झापा मीलन समाज कोरीयाका अधक्षय मीन प्रकाश उप्रेतीको सभापतित्वमा सम्पन्न भएको उत्त कार्यक्रमको संचालन सो समाजका उपाधक्षय संन्तोष श्रेष्ठले गरेका थिए ।