नागरिक दैनिकले भने बैद्य पक्ष झन् आक्रामक भएको र केन्द्रीय समिति बहिष्कार गरी सडकमै ओर्लने तयारी भइरहेको भन्दै प्रमुख समाचारका रुपमा छापेको छ । दार्जिलिङमा चिया उत्पादन घटेको समाचारलाई पनि नागरिक दैनिकले प्रमुख समाचारको रुपमा छापेको छ ।
Saturday, 24 March 2012
के छापियो आइतबारका दैनिक पत्रिकामा ?
नागरिक दैनिकले भने बैद्य पक्ष झन् आक्रामक भएको र केन्द्रीय समिति बहिष्कार गरी सडकमै ओर्लने तयारी भइरहेको भन्दै प्रमुख समाचारका रुपमा छापेको छ । दार्जिलिङमा चिया उत्पादन घटेको समाचारलाई पनि नागरिक दैनिकले प्रमुख समाचारको रुपमा छापेको छ ।
सहज छैन वैदेशिक रोजगार ।
Thursday, 22 March 2012
भ्रष्टाचार अभियोगमा श्रम तथा यातायात मन्त्री गिरी बर्खास्त
आफ्नो आग्रहलाई बेवास्ता गर्दै गिरीले बचाउका लागि पत्रकार सम्मेलन गरेपछि प्रधानमन्त्री असन्तुष्ट थिए। 'आफूलाई सच्याउने भन्दा पनि उहाँ बढी प्रचारबाजी गर्नतिर लाग्नु भयो' प्रधानमन्त्री निकट स्रोतले भन्यो- 'म्यानपावर एजेन्सीसँगको मिलेमतोमा विदेश जाने गरिब नेपालीसँग पैसा असुलेको थाहा पाएपछि प्रधानमन्त्रीले राजिनामा गर्न भन्नुभएको थियो तर उहाँ मन्त्री पद जोगाउन शक्ति केन्द्र पो धाउन थाल्नु भयो।' बर्खास्त गर्न लागेको थाहा पाएकी मन्त्री गिरीले हिजो दिनभरि मन्त्री पद बचाउका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न खोजेकी थिइन्। गिरीको फोन अध्यक्ष दाहालका स्वकिय सचिव समीर दाहालले उठाएनन्। दाहालसँग छलफल गर्ने गिरीको प्रयास कतिसम्म भयो भने हिजो साँझतिर उनले अध्यक्ष दाहालका सुरक्षामा खटिएका एक इन्स्पेक्टरलाई फोन गरी उनले दाहालको समय मिलाइदिन आग्रह गरिन्। 'हामीले त्यस्तो कुरा गर्न मिल्दैन', ती सुरक्षाकर्मीले भने।
रोजगारीका लागि विदेश जाने नेपालीलाई आधिकारिक अनुमति दिने निकाय वैदेशिक रोजगार विभागमा ठूलो भ्रष्टाचार भइरहेको भन्ने गुनासो आएपछि यसलाई रोक्न प्रधानमन्त्री भट्टराईले श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशक नियुक्त गरेका थिए। भट्टराईले ठगी गर्ने म्यानपावरलाई तत्काल कारवाही गर्ने र बैंक मार्फत् मात्र आर्थिक कारोबार गर्ने व्यवस्था सुरु गरेका थिए। व्यक्तिगत रुपमा कामदार पठाउन समेत कडाइ गरिएको थियो। विभागमार्फत् अनियमितता हुन नपाउँदा व्यवसायीहरुको खाइपाइ आएको स्रोत बन्द हुन पुगेको थियो। यही कारण म्यानपावर व्यवसायीले महानिर्देशक भट्टराई हटाउन ठूलो लबिङ गरे र मन्त्री गिरीको सहमतिमा उनलाई केही दिनअघि मन्त्रालय सरुवा गरियो।
सरकारी अध्ययन अनुसार विभागमार्फत् दैनिक २० लाख रुपैयाँको भ्रष्टाचार हुनेगर्छ। विभागको गिरोह यतिसम्म बलियो हुने गरेको मानिन्छ कि घुसको भाग विभाग महानिर्देशकदेखि विमानस्थल अध्यागमनसम्म पुग्ने गर्छ।
के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?
आज मिति २०६८ साल चैत १० गते शुक्रबार । काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले माओवादी अध्यक्ष प्रचण्डले वैद्य पक्षको माग र प्रधानमन्त्रीको राजीनामाबारे गरेको टिप्पणीलाई मुख्य समाचारका रुपमा छापेका छन् । पार्टी ह्वीप उंल्लघन गर्दै एमाले अध्यक्ष झलनाथ खनाल दिल्लीतिर गएको, राजधानीमै बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको, पाँच दिनभित्र सेना समायोजनको खाका तयार पार्न बिशेष समितिले मातहतको सचिवालयलार्य दिर्नेशन लगायतका समाचारलाई पनि सवैजसो पत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
फ्रिज खोल्दा करेन्ट लागेर झापामा एकको मृत्यु
Wednesday, 21 March 2012
प्रहरी र अपहरणकारीबीच गोली हानाहान, दुईको मृत्यु
भारतिय सभासद सभाहलमै अश्लिल भिडियो हेर्दै
शंकर चौधरी र जेथाह धारवादले दुई पोर्न क्लिप हेरिरहेको टेलिभिजनहरुले देखाएका छन्। स्थानीय टेलिभिजन च्यानलका रिपोर्टरले उनीहरुको यस्तो गतिविधिलाई कैद गरेका थिए। उनीहरुले पोर्न भिडियो हेरिरहँदा राज्यका बिजेपी अध्यक्ष संसदमा प्रवेश गरिरहेका थिए। उनलाई देखेपछि उनीहरुले पोर्न भिडियो छाडेर स्वामी विवेकानन्दको क्लिक हेर्न थालेका थिए।
बिजेपी सांसदहरुले भने घटनाको खण्डन गर्दै कङ्ग्रेसको चालबाजी भएको बताएका छन्। एक महिना अघि यस्तै गरी बिजेपीकै तीन सांसदहरु कर्नाटकमा अश्लिल भिडियो हेर्दा समातिएका थिए।
Tuesday, 20 March 2012
दुर्घटनामा पांचको निधन ।
राससका अनुसार एसएलसी परीक्षा दिन मोटरसाइकलमा गएका दुई विद्यार्थीको दुर्घटनामा परी ज्यान गएको छ ।
बा४८प ७१७ नम्बरको मोटरसाइकलमा आज बिहान भक्तपुरको गुन्डु गाविस वडा नं ९ सरस्वती शिक्षा सदनबाट परीक्षा दिन भक्तपुरको जगातेस्थित आदर्श आजाद मावि केन्द्रमा गएका दुई विद्यार्थीको केन्द्र नजिकै पुगेपछि भएको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।
दुर्घटनामा गुन्डु गाविसकै सन्तोष देउजाको घटनास्थलमै ज्यान गएको छ भने अर्का मोटरसाइकलमा सवार झापा घर भई भक्तपुरको सल्लाघारी सिर्जनानगर बस्ने विकास लामाको काठमाडाँै मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा आएको मोटरसाइकल जगातेस्थित भक्तपुर आयल स्टोर नजिकैको मोडमा मोड्न खोज्दा अनियन्त्रित भई नालीमा खसेर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक चक्र बस्नेतले जानकारी दिए ।
देउजाको शव भक्तपुर अस्पताल र लामाको शव काठमाडौ मेडिकल कलेजमा राखिएको छ । शव परीक्षणका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइने प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीको महुली बजारमा बुधबार बिहान भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने २९ भन्दा बढी यात्रु घाइते भएका छन् ।
उदयपुरको गाईघाटबाट धरानतर्फ जाँदै गरेको ना२ख १३५५ नम्बरको शेर्पा ट्राभल्स पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली बजारमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार उदयपुरको बोक्सेका रुद्र राउतको मृत्यु भएको हो ।
मृतक अन्य दुईजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताए । परिचय खुल्ने कागजात मृतकको साथबाट फेला नपरेको र घाइतेलाई उपचारका लागि राजविराज, धरान तथा विराटनगर पठाइएको हुँदा सनाखत हुन नसकेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
अत्यधिक गतिमा रहेको बसले सडक पार गर्दै गरेको बाख्राको समूहलाई बचाउन खोज्दा बजारमा रहेको चौतारामा ठोक्किएर बस पल्टेको स्थानीय रेडक्रसका सभापति चितनारायण यादवले जानकारी दिए ।
जिल्लामा उपलब्ध आठ एम्बुलेन्स, स्थानीय मारुती तथा म्याजिक भ्यान मार्फत घाइतेलाई उपचारका लागि पठाइएको स्थानीय रेडक्रस सोसाइटीका सभापति यादवले जानकारी दिए ।
वैद्य पक्षको बाटो 'आत्मघाती' : दाहाल
कोरियाली भूमिमा नेपाली अन्तराष्ट्रिय नारिदिबस
कोरिया( सउल)
दक्षिणकोरियाको राजधानी सउलमा नेपाली हरुले एक कार्यक्रमका बिच अन्तराष्ट्रिय नारिदिवस सम्पन्न गरेका छन् । संसार भरका संम्पुर्ण महिला एक हैा भन्ने मुलनाराका साथ कोरिया स्थित नेपाली महिलाहरुको संस्था माईग्रेण्ट वुमन फर वुमनले आयोजना गरेको उत्तकार्क्रम नेपाली दूतावासको सभाहलमा आइतबार सम्पन्न भएको हो ।
उक्तकार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपालिदुतावास कोरियाका कार्यवाहाक राजदूत राजाराम र्वतैोलाले महिला अधिकारका लागि शिक्षा र चेतनाको आवश्यकता भएको बताए । नेपाली महिला हरू बस्तवमानै अझै सम्म पनि पिडा र घरेलु हिङ्गसाको सिकार भैरेहेको बताउदै बलियो कानुन र त्यसको कडाईका साथ पालना गराउन राज्य सम्मेदनशिल हुनु पर्ने बताउदै कोरियामा नेपाली महिलाका लागि पर्ने समस्यामा दूतावास सहयोगका लागि तयार रहेको बताए । यसै गरी एन. आर. एन .कोरियाका अध्क्षय के पी सीटैालाले राजनैतिक अस्थिरताका कारण महिलामा पिडां र हिङ्गसा कम नभएको धारणा राखेका थिए । उता पत्रकार माहासंघका केन्द्रीय पार्शद तथा झापा मिलनसमाजका अध्क्षय मीन प्रकाश उप्रेतोले प्रवाशि भूमिमा नेपाली महिलाले सङ्गठन निर्मार्ण गरी महिला हितका लागि गरेको कार्यको प्रशंसा गर्दै आफ्नो कलम पीडित र अपहेलित महिलाहरुको लागि सदा सर्मपित रहने बताउदै झापामिलन समाजले महिला अधिकारका लागि सदा हातेमालो गर्दै सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । पत्रकार माशासंघ कोरिया शाखाका सचिव अशोक मैनालिले हालसालै पनि बोक्सीको आरोपमा एक महिलालाई छोरीका अगाडि जलाएर मारिएको प्रशंङ्ग उल्लेख गर्दै यस्ता दमनलाई रोक्न राज्य कडाईका साथ लाग्नु पर्ने बताए ।
यसै गरी एन आर एन आई सि सि प्रतिनिधि डा. देवी बाहादुर बस्नेत ,नेपाल कोरिया ब्यपार सङ्घका अध्क्षय मदन केसी,आदिबाशि जनजाति माहासंघका कोरिया अध्क्षय चङ्ग कुमार गुरुङ्ग , एन डि एफ कोरियाका अध्क्षय कुमार राई , जनसंम्पर्ग समिति कोरियाका अध्क्षय गंगाराई , महिला प्रतिनिधि साहारा राई, नेपाली संम्पर्ग समितिका कार्यबाहाक अध्क्षय शंखर बस्नेत ,एच आर डि का प्रतिनिधि राजु कार्कि, मगर सङ्घ कोरियाका प्रतिनिधि लगाएतका बक्ताहरुले महिला दमनको चर्को विरोध गरेका थिए ।
नेपाली संस्था माईग्रेण्ट वुमन फर वुमनलाई सहयोग गरेबापत एम टि यु प्रतिनिधि उदय राई , पत्रकार माहासंघ कोरिया शाखाका पूर्व अध्क्षय रघु त्रीपाठि ,नेपाल कोरिया ब्यपार सङ्घका अध्क्षय मदन केसी लगाएतका समाज सेबिहरुलाई नेपालिदुतावास कोरियाका कार्यवाहाक राजदूत राजाराम र्वतैोलाले खादा पहिराई सम्मान गरेका थिए ।
कार्यक्रममा महिला प्रतिनिधि तथा साहित्यकार प्रगति राईले महिला हिङ्गसा विरुद्धको पिडादाई कविता प्रस्तुत गरेकी थिइन ।
संस्थाकि अध्क्षय कोपिला राईको सभापतित्वमा सम्मपन्न कार्क्रको सञ्चालन सचिव बीमला श्रेष्ठ ले गरेकी थिइन भने स्वागत मनत्वय साहारा राईले गरेकी थिइन ।
कोरियामा प्रवाशि फुटबल खेलको आयोजना- नेपालको प्रतिनिधित्व एन आर एन कोरियाले गर्ने
सउल,
कोरियाको सउल ग्लोबल माइग्रेन्ट सेन्टरले विदेशी कामदारहरूको कोरियाको बसाइ सहज बनाउन साथै कोरियन र विदेशीहरूबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पुर्र्याउने हेतुले यही आउँदो अप्रिल १५तारिकका दिन फुटबल खेलको आयोजना गर्ने भएको छ । उक्त खेलमा कोरियन तथा विदेशी कामदारहरूले टिम बनाइ भाग लिन सक्ने बताइएको छन् । फुटबल खेलप्रेमी विदेशी नागरिकहरूका लागि यो कार्यक्रम आफ्नो रुचि र खेलप्रेम दर्शाउने थलो बन्न सक्ने र एउटा अवसर हुनसक्ने देखिन्छ । यस खेलमा नेपालको प्रतिनिधित्व एन आर एन कोरियाले गर्ने भएको छ भने हाल कोरियामा बसोबास गरिरहनुभएका फुटबल खेलाडीहरू लगायत फुटबल प्रेमीहरूलाइ नेपालको टिमलाइ सफल बनाउन सक्दो सहयोग र प्रचार प्रसार गरिदिनुहुन एन आर एन कोरिया हार्दिक अनुरोध गर्दछ । साथै खेलमा भाग लिन इच्छुक नेपाली फूटबलप्रेमी खेलाडीहhttp://a8.sphotos.ak.fbcdn.net/hphotos-ak-ash4/s320x320/293699_2477325872159_1822875033_1546224_816277898_n.jpgरूलाइ निम्नलिखित व्यक्तिहरूसँग सम्पर्क राख्न अनुरोध गरिन्छ ।
एन आर एन कोरिया - उपाध्यक्ष –फूटबल कोअर्डिनेटर – राजु क्षेत्री(010-5098-7604)।
एन आर एन कोरिया - अध्यक्ष - के. पि. सिटौला (010-4767-5248)
फुटबल खेल हुने मितिः २०१२/०४/१५ १३:००~१६:००
स्थानः सउलयङदोङ छोदङहाक्यो 서울영동초등학교(यङदोङ प्राइमरि स्कुल ~ सउल यङदङफोगु दाङसान्दोङमा रहेको 서울영등포구 당산동 )
(यङदङफो सिजाङ 영등포시장역(5호선) स्टेसन - लाइन नं.५, गेट नं. १ बाट करिब १५ मिनेट ->सउल सङमो फ्यङवन서울 성모병원 ->देउ अपार्ट छेउको
लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक हिनामिना ।
लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक हिनामिना ।
मीन प्रकाश उप्रेती
कोरिया (सउल)
संघिय लोकतान्त्रिक लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक अनियमितता भएको खुलासा भएको छ ।
कोरिया शाखा परिषदका उपाध्क्षय लक्ष्मन राई ,सचिव नन्दु काबंङ्ग र सदस्य नगेन लिम्बुले संयुक्त सरुपमा सोमवार एक विज्ञप्ति प्रकाशित गरी युक्त कुराको खुलाशा गरेका हुन । उनी हरुले बिज्ञप्तिमा अगाडि भनेका छन् " गत मङ्सिर १० गते परिषदको बिराटनगरको आमसभाका लागि सङ्कलन गरिएको ६० हजार रुपया परिषदका कोरिया अध्क्षय नारद लिम्बुले हिनामिना गरेका कारण त्तकाल उक्त रकम सार्जनिक गर्न माग गर्दछैा " यसै गरी उनीहरूले आर्थिक सहयोग गर्नेहरुको नामावलि समेत लुकाई सहयोग दाताहरुको मनोबल गिराउने काम भएको भन्दै अभिलम्व सहयोग दाताहरुको नामावलि सार्वजनिक गर्न माग गरेका छन् ।
यसै प्रसङ्गमा परिषदका कोरिया उपाध्क्षय लक्ष्मन राईले भने अध्क्षय नारद लिम्बु को आर्थिक हिनामिना र अपारदर्शिताका कारण हामीले समाजमा प्रतिष्ठा गुमाउनु परेको छ । राईले अगअडि भने परिषदका केन्द्रीय अध्क्षय कुमार लिङ्गदेनले समेत त्तकाल कमिटिमा आर्थिक हिसाब किताब सार्वजनिक गर्न निर्देशन दिदा समेत अध्क्षय लिम्बुले सुनवाज्ञ नगरेको बताए ।उता सचिव नन्दु काबांङ्गले यसै बिषयकालागि कमिटिको बैठक बोलाउदा समेत अध्क्षय लिम्बु अनुपस्थित भएको बताए । यस्तो आर्थिक अनियमितता भएको शाखाका अध्क्षयलाई त्तकाल केन्द्रले बर्खास्त गर्नु पर्ने काबांङ्गको धारणा थियो ।