Saturday, 31 March 2012

अलियाको सेक्सि पोज(फोटो फिचर)







सांस्कृतिक कार्यक्रम लुटको ठाँउ सरयो


खेम कार्की
      १ अपि्रल २०१२
नेपाली नया वर्ष २०६९ को पावन अवसरमा बुसानमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एन सि सि बुसानले बुसानमा विहान ११ बजेबाट शुभकामना आदान प्रदान सांस्कृतिक कार्यक्रम र त्यसपश्चात नेपाली चलचित्र लुटको समेत प्रदर्शन गर्ने तयारी गरेको छ । यस अघि लुट फिल्मको प्रदर्शन गर्ने मिति तोकेकोआयोजकले नया वर्षको अवसरलाई सदुपयोग गर्दै कार्यक्रम मनोराजनात्मक र आकर्षक हुने दावी गरेको छ ।
यसैगरी अपि्रल १बाट दक्षिण कोरियाको सउल हुदैं १५ तारिख बुसानमा गर्न लागिएकोनेपाल फिल्म लुट प्रदर्शनको हल परिवर्तन भएको छ । नया वर्षको सांस्कृतिक कार्यक्रम संगै फिल्म देखाउने हुदा दर्शकको अत्यधिक मागलाई मध्यनजर गरी पहिलेको हल सानो हुने अनुमान गरी आधुनिक सुविधा सम्पन्न ठुलोहल व्यवस्था गरिएकोबुसानमा आयोजनाको जिम्मा पाएको एन सि सि बुसानले जनाएको छ ।
अब बुसान डेमोक्रेसी पार्क कन्सर्ट हलमा हुनेतय भएको फिल्म प्रदर्शनले अन्तराष्ट्रिय स्तरको सुविधा अनुभव हुने एन सि सि बुसानका अध्यक्ष एल वि विष्टले बताएका छन ।
पुर्व घोषित हल परिवर्तन गर्नुपरेकोमा क्षमा प्रार्थी रहेको बताउदै एन सि सि बुसानलेकार्यक्रम सफल बनाउन कोरियाबासी तथा यस क्षेत्रका नेपालीसंग अनुरोध गरेका छन ।
लुट फिल्म नेपालमा राम्रो व्यवसायीक सफलता प्राप्त चलचित्र हो । यस फिल्म सैगै नेपाली सिनेमा बजारले राम्रो संकेत देखाएको छ ।
यस चलचित्रको उध्रेको चोली बोलको गीत पनि वर्षमै सफल गीतको रुपमा दर्जा भएको छ । दक्षिण कोरियामा दुवै हात गुमाउन पुगेकी नेपाली लिला राम्जालीलाईसहयोग गर्नएन सी सी बुसानले नेपाली चलचित्र लुट प्रदर्शन गर्न लागेको हो ।
अपि्रल १ मा सउलमा फिल्म प्रदर्शनको लागि फिल्मका नायक सौगात मल्ल शुक्रबार दक्षिण कोरिया आईपुगेका छन । लुट चलचित्र अपि्रल ८ आन्सान हुदै अपि्रल १५ तारिख आईतबार बुसानमा प्रदर्शन गरिने भएकोहो ।
बुसानको नया कार्यक्रम स्थान
बुसान डेमोक्रेसी पार्क कन्सर्ट हल सव वे लाई न १
बुसान स्टेशन नजिक
मिति अपि्रल १५ २०१२
सम - विहान ११ बजे

सर्वोच्चको फैसला र हामीले विश्लेषण नगरेको पक्ष


–नारायणप्रसाद पराजुली
सर्वोच्च अदालतले संविधान सभाको म्याद थप्न अब नमिल्ने भनी गरेको फैसालामा पुनरावलोकन नहुने भएको छ । संविधान सभाको म्याद थप बारे के होला भन्ने वहसले नयाँ रूप लिएको छ । सबैको मनमा अव के होला भन्ने प्रश्न छ–जिज्ञासा छ । कतिका मनमा भय पनि होला र तत्कालका लागि धेरैमा खुशी छ । कुनै पनि कुराको दुई पाटा हुन्छन् । देखिने सतह र नदेखिने भाग ।
सर्वोच्चको फैसालाको स्वागत, संविधान सभाको आयू २ महिना मात्र, सर्वोच्चको फैसला जनताको जीत जस्ता विविध शीर्षकमा समाचार छापिए बुधबार सर्वोच्चले पुनरावलोन गरीपाउँ भन्ने आदेश दरपीठ गरेको सदर ठहर्ने भनेपछि । यसै त संविधान सभा, सभासद, राजनीतिक दलप्रति जनताको आक्रोश बढेको छ र यो फैसलाको स्वागत त्यही आक्रोशको उपज हो । तर, सर्वोच्च अदालत कानुनको ब्याख्या गर्ने राज्यको आधिकारिक अंग भएकाले यसको फैसलालाई संविधानको अक्षर तथा ब्याख्याको सिध्दान्तका आधारमा विश्लेषण गरिनु पर्दछ ।
निष्कर्षमा भन्दा सर्वोच्चको फैसला, सो फैसला गर्दा लिएका आधार र त्यसको निष्कर्ष भनेको संविधान सभाको म्याद अव थप्न पाइन्न भन्ने नै हो । पटक पटक संविधान सभाको म्याद थप्दै सत्ताको भागबण्डा र राजनीतिक खिचातानीमा रूमलिएको राजनीतिक दलको गतिविधिबाट आजित जनताको भावना बोलेको देखिन्छ सर्वोच्चको फैसलाले । तर अदालतको फैसलाले जनताको भावनामात्र हैन कानुनका अक्षर र भावना पनि साथसाथै हेर्नु पर्छ । शक्ति पृथकिकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरूप पनि अदालतले आफ्नो क्षेत्राधिकारको प्रयोग गर्दा अन्य अंगको क्षेत्राधिकारमा धावा बोल्ने अधिकार राख्दैन ।
अहिले सर्वोच्चको फैसला श्रृङ्खलाको विरूद्धमा सुनिएको सानो स्वरले भनिरहेको छ –'अदालतले संसदको क्षेत्राधिकारमा धावा बोल्यो, संविधानमा नभएको अप्रसंगिक कुरामा अदालत अल्झियो ।' संविधान सभाको म्याद थप गर्ने गरी संविधान संशोधन गर्न मिल्दैन भन्ने सर्वोच्चको फैसला र आदेशको सृङ्खलाले प्रतिगामीहरूलाई सहयोग गर्छ भन्नेहरूको स्वर हो यो । त्यसो त अहिले सर्वोच्चको यस फैसलालाई गलत भन्नेहरूलाई प्रतिगमनकारीको बात लाग्ने खतरा त छदैछ ।
यसै त हिजो जसले सर्वोच्चको फैसलाको खिलाफमा कुरा गर्थे ती अहिले पर्लक्कै पल्टेका छन् । सर्वोच्चले संसदको अधिकारमा धावा बोल्यो भन्ने राजनीतिक दलका नेतागण आज जेठ १४ भित्रै संविधान बन्नु पर्छ भनेर भाषणमा कुर्लदैछन् । यो पीपलपाते चरित्र नेपाली राजनीतिमा छदैछ ।
सत्ता केन्द्रित राजनीतिक खेल तथा संविधान निर्माणमा भएको विलम्बको विरूध्दमा रहेका जनताको भावना मिल्ने फैसला जनता र लोकतान्त्रिक गणतन्त्रका लागि चाहिँ कति हितकर रहन सक्छ भन्ने विश्लेषण हुनु पर्दथ्यो त्यो भएको पाइदैन । संसारमा राम्रा कुरा पनि दुई प्रकारका हुन्छ रे । एउटा 'मन पर्ने' अर्को 'हित गर्ने' । यो फैसला जनतालाई मन पर्ने त भयो यसमा दुईमत रहेन तर हित गर्ने चाहिँ भयो कि भएन ? यो पक्ष खोजिएन ।
वास्तवमा यो फैसलापछि मुलुकमा विकसित राजनीतिक क्रम हेर्दा फैसला अग्रगामी स्वभावको नभई जनताको राजनीतिक आक्रोशलाई संवोधन गर्ने प्रकृतिको देखिन्छ । अर्थात फैसलाले संविधानभन्दा राजनीतिको ब्याख्या गरेको छ । संविधान संशोधन गर्ने संसदको अधिकारलाई अंकुश लगाएको छ । संसदीय प्रणाली र शक्ति पृथकिकरणको सिद्धान्तको प्रतिकूल छ ।
फैसला भएको केही दिनभित्रै यसको प्रतिकृया देखिन थालेको छ । 'बाघ पनि कराउनु सिघौरी पनि हराउनु' भएको हैन भने फैसला हीत गर्ने खालको छैन भन्ने प्रमाणका लागि समाचारका यी शीर्षक नै काफी छन् । राप्रपा नेपालद्वारा सर्वोच्चको फैसलाको स्वागत । शाही झल्को दिनेगरी ज्ञानेन्द्र सुदुरपश्चिम भ्रमणमा आदि ।
लोकतान्त्रिक गणतन्त्रको विरोधी र जनताले फ्याँकी सकेको राजतन्त्रलाई बिउँताउने अभियानमा लागेकाहरूले स्वागत गरेको फैसला लोकतन्त्र र गणतन्त्रको पक्षमा कति हुन्छ ? त्यस्तो फैसलाले लोकतान्त्रिक गणतन्त्रलाई कसरी स‌स्थागत गर्न सक्छ ? त्यस्तै अदालतले जे भनेपनि जेठ १४ गतेभित्रमा जनताले चाहेको, २०६२/०६३ को आन्दोलनले खोजेको तथा मधेश आन्दोलन लगायत मार्फत जनताले खोजेको संविधान नबन्ने पक्का छ । यस्तो अवस्थामा यही फैसला राजनीतिक दुर्घटनाको कारक भइदियो भने जवाफदेही को हुने ?
फैसलाले राजनीतिक नेतृत्त्वमा हतार चाहिँ लगाइदिएको छ । तर, यो हतारका कारण अपूर्ण संविधान जारी हुने र त्यो संविधान जारी हुँदा नहुँदै त्यसको विरोध सुरू हुने अनि संविधान बन्नु र जल्नु संगसँगै हुने अवस्था सिर्जना हुन सक्दछ । यसरी निर्मित संविधानको समर्थनभन्दा विरोध ज्याद हुने अवस्था छ । सर्वोच्चको फैसलालाई मान्नु पर्ने अवस्था एकातिर छ भने यसलाई मानेर हतार गर्दा राजनीतिक दुर्घटना हुने अवस्था अर्कातिर छ । यो विश्लेषण गर्ने विषय हो, यसको यो पाटो बाट विश्लेषण गरिएन ।
आज फैसालाका पक्षमा जति समर्थनका स्वर आएका छन्, जति स्वागत भएका छन्– फैसलाको एउटा पाटो मात्र हेरेर भएका छन् । अर्थात संविधान सभाले संविधान समयमा बनाउन सकेन सभासदले अनाहक लामो समय जागिर खाए । राजनीतिक दलले जनताको हित तथा राष्ट्रको विकासभन्दा सत्ता लिप्सालाई प्राथमिक ठाने । फैसलाको स्वागत र समर्थन यही भावना को आधारमा भएको देखिन्छ ।

प्रस्तुत लेखमा संविधान सभाले गरेका ढिलासुस्ती, पटक पटकको म्याद थप, संविधान निर्माणमा ढिलासुस्ती जस्ता राजनीतिमा देखिएका अराजनीतिक क्रियाकलाप तथा राजनीतिक अराजकताको समर्थन गरिएको कदापि हैन । तर, राजनीतिक दलले गरेका गल्तिको विरूद्धमा अदालतले संविधान, संसदीय प्रणाली तथा न्यायीक सिद्धान्त उल्लंघन गर्नु कदापि न्यायोचित हैन । तसर्थ यस फैसललाई सबैले लोकतान्त्रिक गणतन्त्र संसथागत गर्ने सन्दर्भमा यस पाटोबाट पनि विश्लेषण गर्न जरूरी छ ।

  (लेखक कानुन व्यवशाहि तथा मानव अधिकारवादि हुनुहुन्छ)

गजवका छाती भएका बलिउडका हिरोइन (फोटो फिचर)


वक्षस्थलको सुन्दरताले कुनैपनि महिलाको पूरै जिउडालमा ठूलो असर पार्छ । वक्षस्थल भद्दा वा आवश्यकता भन्दा सानो छ भने अनुहार जति सुन्दर भएपनि महिला उतिसारो सेक्सी र सुन्दरी देखिन गाह्रो हुन्छ । अझ सेलिब्रेटीहरुको हकमा यो नियम सोह्रैआना लागु हुन्छ । त्यसैले होला हिरोइनहरु आफ्नो वक्षस्थल कसिलो र गठीलो बनाउन मरिहत्ते गर्छन् । कतिपयले त छाति सेक्सी देखाउन नक्कली बुबु समेत धारण गर्छन् ।
बलिउडमा सेक्सी वक्षस्थल हुने महिलाहरु को को होलान् ? सायद यसका उत्तर भिन्न भिन्न हुनसक्छन् ? तर एक भारतीय वेबसाइटले सेक्सी बक्षस्थल हुने ६ जना बलिउड नायिका तथा मोडेलहरुको सूचि प्रकाशित गरेको छ । जस अनुसार सेक्सी वक्षस्थल हुनेमा पहिलो नम्बरमा पूर्व ब्रम्हाण्ड सुन्दरी तथा बलिउड अभिनेत्री सुस्मिता सेन परेकी छिन् ।
त्यस्तै दोश्रो स्थानमा मल्लिका शेरावत, तेश्रोमा पूनम पाण्डे, चौथोमा राखी शावन्त, पाँचौँमा बिपाशा बसु र छैठौँमा आयशा टाकिया परेका छन् । हेरौँ सेक्सी बुबु भएका यी हिरोइनका अवतार क्रमैसँग

Friday, 30 March 2012

के छापियो शनिबारका दैनिक पत्रिकामा



मेचिकालि-
आज मिति २०६८ साल चैत १८ गते शनिबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले जेठ १४ भित्र संविधान बनाइसक्ने नेताहरुको भनाइलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । सर्बोच्च अदालतले ससंविधानसभा म्याद जेठ १४मा सकिने टुंगो लागाइदिएपछि दलका नेताहरु दवाबमा परेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले अछाम मार्कु गाविस ४ मा नौंवर्षीय वालक एचआईभी एड्सका कारण मुत्यू भएको समाचारलाई मुख्य समाचार बनाएको छ ।

Wednesday, 28 March 2012

सेना र श्री एयरलाइन्सको हेलिकोप्टर जुध्यो ।

चैत १५- त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पार्किङ गरिराखेको श्री एयरलाइन्सको एम आइ-१७ हेलिकोप्टरलाई नेपाली सेनाको हेलिकोप्टरले ठक्कर दिएको छ। ठक्करबाट सेनाका दुई जना घाइते भएका छन्। घाइतेको अवस्था अझै यकिन हुन सकेको छैन।
    एन्टि एयरक्राफ्ट हाइज्याकिङ तालिमको अभ्यास गरिरहेको सेनाको हेलिकोप्टरले श्री एयरलाइन्सको हेलिकोप्टरमा पखेँटामा ठक्कर दिँदा दुर्घटना भएको विमानस्थल स्रोतले  बतायो। दुवै हेलिकोप्टर ठोक्किए पनि श्री एयरलाइन्समा मात्र क्षति पुगेको छ। सेनाको हेलिकोप्टरमा खासै क्षति नपुगेको स्रोतले बतायो।
२३ गते हुने एक कार्यक्रमका लागि सेनाको हेलिकोप्टर अभ्यासमा थियो।

Tuesday, 27 March 2012

झापामा गाउँले द्धरा गुण्डागर्दीको प्रतीकार- एक घाईते



डांगिबारि,


झापाको एक गाउँमा गाउँले हरुले स्थानीय क्षेत्रमा गुण्डा गर्दि गर्दै हिड्नेहरुलाई प्रतिकार गरेका छन् ।

झापा डांगीबारि-८ का गाउँले हरुले यसरि गुण्डा गर्दिको प्रतिकार गरेका हुन । स्थानीय क्षेत्रमा सधैँ गुण्डा गर्दि गरी समाजमा शन्ति खलल पार्ने र लुट पाट गर्ने समूहलाई प्रतिकार गरिएको स्थानीय बासिहरुले बताएका छन् ।

    डांगिबारि ८ निबासि सन्तोष खेबाङ्गको नेतृत्वमा सो क्षेत्रमा सधैँ गुण्डा गर्दि हुने गरेको कारण गत शनिाबार बेलुका उनीहरूको प्रतिकार गरिएको हो स्थानीय खगेन्द्र तिमिल्सिनाले बाताए । उक्त दिन साँझ अन्य क्षेत्रबाट समेत गुण्डाहरुको समूह ल्याई मोटर साईकलमा आइरहेका स्थानीय मेरुन योङ्गहाङ्गलाई कुट पिट गरी लुट्ने प्रयास गर्दा उनीहरू प्रतिकारमा परेका थिए । योङ्गहाङ्गलाई लाई लुटन्  लागेको थाहा पाई सो क्षेत्रका महिला र पुरुषको समूहले उनीहरूको प्रतिकार  गरेको थियो । प्रतिकारमा गुण्डा गर्दि समूहका नाईके सन्तोष खेबाङ्ग सामान्य घाइते भएका छन् । हाल उनको बिर्तामोड स्थित कंकाई हस्पिटलमा उपचार सकिए पनि उनकै दिदी मन्जु खेबाङ्ग सोही हस्पिटलमा कार्यरथ कर्मचारी भएका कारण डाक्टर र उनको मेलोमा त्तकाल कार्कवईको डरले सोई हस्पिटलमा नै राखिएको स्थानीय वासीले बताएका छन् ।

 उता गुण्डा गर्दिको संरक्षण गर्दै चकचकि ७ का शम्भु बख्खिम् लिम्बु र डांगिबारि ८ का अमृत राईले स्थानीय समाज सेबि रत्न प्रकाश योङ्गहाङ्ग, कमल चम्लागाई ,गोपाल उप्रेती तथा स्थानीय युवाहरू मेरुन योङ्गहाङ्ग ,रीवस उप्रेती ,सञ्जय तामाङ्ग लागाएतका ब्याक्तिको नाममा प्रहरी कार्यलय घैलाडुब्बामा उजुरि गर्नलागाएको भन्दै उक्त कुराको विरोधमा  स्थानीय बासिहरुले सो क्षेत्रमा नारा बाजि समेत गरेका थिए ।

 समाचार सङ्कलनका लागि गएका पत्रकार सँग रुदै स्थानीय महिलाहरुले सो क्षेत्रमा गुण्डा गर्दिका कारण आफुहरु असुरक्षित भएको गुनासो गरेका थिए । हातमा भएको पछ्याउरिले आशु पुच्दै ५५ वर्षीय गंगा माया सुबेदिले भनिन यस ठाउँमा सन्तोष खेबाङ्ग र यसले बाहिर बाट ल्याएका मानिस बाट हामीलाई बच्न गाह्रो भयो । उनले अगाडि भनिन यस क्षेत्रमा रत्न प्रकाश योङ्गहाङ्ग लगाएतका मानिस ले हाम्रो सुरक्षा नगरेको भए हामीहरू पहिलेनै फटाहाहरुको सिकार भै सक्ने थिएउ ।

 गुण्डा गर्दि र लुटपाटमा पटक पटक चर्चामा आएका सन्तोष खेबाङ्ग लागाएतका ब्याक्तिहरु कहिले मावोवादि र कहिले लिम्बानको सरणमा जाने गरेको स्थानीय  बासिहरुबताउछन । यसरि सो क्षेत्रमा गुण्डा गर्दि र लुटपाट मच्चाउने उक्त समूहलाई प्रशासनले त्तकाल कार्वाई  नगरे इलाका प्रहरी कार्यलयमा दबाब स्वरूप धर्नादिने कार्यक्रम रहेको स्थानीय बासिहरुको भनाई रहेको छ ।



Monday, 26 March 2012

त्तकालै घाइतेलाई नाइटभिजनमार्फत् उद्दार गर्न सेनापतिलाई प्रमको निर्देशन

उजिर मगर/विक्रम गिरी,
 काठमाडौं/महेन्द्रनगर, चैत १३- बझाङमा सोमबारको जीप दुर्घटना परी गम्भीर घाइते भएकालाई तत्काल नाइटभिजन हेलिकोप्टर लगेर उद्दार गर्न प्रधान मन्त्री बाबुराम भट्टराईले प्रधान सेनापतिलाई निर्देशन दिएका छन्। यो दुर्घटनामा छ यात्रुको मृत्युको छ भने १६ जना गम्भीर घाइते भएका छन्।
घाइतेको उपचार हुन नसकेपछि हेलिकोप्टर मगाउन दबाब दिनेले जिल्ला प्रशासन कार्यालय तोडफोड र आगजनी गरेका छन्। उनीहरुले नाराबाजी पनि गरेका छन्। यो घटनापछि प्रधान मन्त्रीले यस्तो निर्देशन दिएका हुन।

उक्त घटनामा बझाङ सदरमुकाम चैनपुरबाट तमैल जाँदै गरेको से १ च ३५१ नम्बरको जीप दुर्घट्ना भएको हो। रिठापाटा गाविस–७ देउलमा जीप सड्कबाट तीन सय मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। मृत्यु हुनेमा एक बालक र दुई महिलासमेत छन्। घटनास्थल पुगेका स्थानीय राकेश सिंहले दिएको जानकारीअनुसार दुर्घटनामा परी रिठापाटा–६ का निमेश खड्का, भैरवनाथ गाविस–१ का मेघराज गिरी र गोरख गिरी, चैनपुर–६ का केशरीदेवी रोकाया र सैनपसेला–२ का अमृला जप्रेल छन्।

घटनास्थल सदरमुकामदेखि दश मिनट पैदल दूरीमा पर्छ। जिल्ला अस्पतालका कार्यालय सहायक जगतप्रसाद जोशीका अनुसार १६ जना यात्रुलाई अस्पतालमा उपचारका लागि ल्याइएको छ। उनीहरुको अवस्था गम्भीर छ। 'यात्रु ल्याउने क्रम चलेकै छ', जोशीले नागरिकन्युजसित फोनमा भने- भीरमा भएकाले उद्दारमा ढिलाई भएको छ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज वा राजधानी कता लैजाने भन्नेबारे सुरक्षा निकाय र स्थानीय प्रशासन अन्यौलमा छ। 'हेलिकप्टर र जहाज मगाउने पहल भइरहेको छ', एक प्रहरीले भने- हेरौं कुन सम्भव हुन्छ। गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभएपछि उनीहरुका आफन्त आत्तिएको ती प्रहरीले बताए। सदरमुकामबाट ग्रामीण भेगतिर जान लागेको जीपमा ३० जनाभन्दा बढी सवार रहेको घटनास्थलबाट फर्केका सिंहले फोनमा बताए। घटनामा परी तीन प्रहरीसमेत घाइते भएको उनले बताए।

अहिले विद्यार्थी तथा घाइतेका आफन्तजनले जिल्ला प्रशासन कार्यालयमा नारावाजी तथा तोडफोड गरिरहेका छन्। घाइतेलाई उपचारका लागि अन्यत्र लैजान उनीहरुले तत्काल हेलिकप्टर मगाउनुपर्ने भन्दै तोडफोड गर्न थालेका हुन्। 'समयमै उपचार नपाए मृत्यु हुनेको सङ्ख्या बढ्छ' प्रशासनमा रहेका स्थानीय रोकेश सिंहले भने। घाइते भएका यात्रुहरु अस्पताल परिसरमा यत्रतत्र राखिएका छन्। उनीहरुको उपचार हुन सकेको छैन।
                                                            साभार - नागरिक दैनिक

Sunday, 25 March 2012

एस एल सि मा निश्कासन गरिएपछि छात्राले आत्मा हत्या गरिन

मेचीकाली -चैत १२- चिट चोरेको भन्दै एसएलसी परीक्षामा निश्कासनमा परेकी एक छात्राले 'भविष्य बिग्रिएकोले बाँच्नुको अर्थ नभएको' चिट्ठी लेख्दै प्राण त्यागेकी छिन्। परीक्षामा चिट चोरेको भेट्टाएपछि जिल्ला सदरमुकाम खलंगाबाट अनुगमनको लागि गएको टोलीले नेपाल राष्ट्रिय माद्यमिक विद्यालय चुनवांगकी छात्रा अदना पुनलाई शुक्रबार निष्काशित गरेको थियो।

परीक्षा हलबाट निष्काशनमा परे लगत्तै उनी रुँदै अर्धबेहोस अवस्थामा गहुँबारीमा ढलेको अवस्थामा उनका साथीहरुले फेला परेका थिए। निश्काशनमा परेपछि उनले आफ्नो भविष्य बिग्रिएकोले बाँच्नुको अर्थ नभएको भन्दै चिनेजतिका साथीहरुलाई राम्रोसँग परीक्षा गरेर घर फर्कनुहोला भनेर पत्रसमेत लेखेकी अदनाकी साथी दिपशिखा ओलीले बताइन्।
अदनाले लेखेको पत्र।
'उसले लेखेको पत्रले हामीलाई झन पीडा दिएको छ,' दिपशिखाले भनिन्, 'सँगसँगै आएकी साथीलाई छोडेर घर फर्कदा उनका आमावावुको मन हामीलाई देखेर कति रोला?' एउटै कोठमा बस्ने साथीको मृत्युले आफूहरुले परीक्षा दिँदासमेत तनाव भोग्नुपरेको दिपशिखाको भनाई छ।
'मेरो भविष्य बिग्रियो, मेरो शरीर अब माटोमा मिल्दैछ', भन्ने अदनाले साथीहरु र घर परिवारलाई लेखेको पत्रमा उल्लेख छ। पत्रसँगै उनले निराशाजनक केही कवितासमेत लेखेर छोडेकी थिइन्। अर्ध बेहोस अवस्थामा भेटिएकी छात्रा अदनालाई शिक्षक र सहकर्मी विद्यार्थीहरुले शुक्रबार नै जिल्ला अस्पताल पुर्‍याएका थिए। अस्पतालको इमर्जेन्सी कक्षमा राखेर ३ वटा सुई लगाएर अक्सिजन दिएपछि होस खुल्दा उनले भविष्य विग्रिएको भन्दै रोइरहेकी थिइन्। आधा घण्टा पछि पुनः होस गुमेपछि मृत्यु भएको डा.कल्याण वाग्लेले जानकारी दिए।
उनी सानैदेखि मुटुको रोगी भएको बाबु पुरबहादुरले बताए। गत वर्ष उपचारको लागि भारतको लखनउ लगिएको भए पनि आर्थिक अवस्थाले गर्दा उपचार रोकिएको उनले बताए।
'उपचारको लागि गत वर्ष लखनउ लगेको थियौँ, तर आर्थिक अभाव भएकाले फर्काएका थियौं,' बाबु पुरबहादुरले भने, 'मुटुको रोगी भएकोले परिवारले पनि उनलाई धेरै माया गरेको थियौं, उतिबेलै डाक्टर धेरै बचाउन सकिन्न भनेका थिए, उस्तै भयो।' उनले भने, 'परीक्षा दिएर उत्साहसाथ छोरी घर फर्केलिन् भनेको शव पो आयो।' आफ्नो घरमा शोक माथि शोक थपिएको उनले बताए। पुन दम्पतीका ३ छोरी र १ छोरा छन्। माइली छोरी अदनाको मृत्यु भयो। त्यस्तै एउटै छोरा कालीबहादुरको समेत द्वन्द्वकालमा हत्या भइसकेको छ।
एकातिर एक मात्र छोराका हत्या र अर्कोतिर छोरीको मृत्युले आमा मनसराको आँखाको आँसु सुकेका छैनन्।
अदना गाउँकै साथीहरुसँग ट्युसन पढ्ने र उतै परीक्षा केन्द्र भएकोले परीक्षा दिनको लागि गत फागुन ३ गते घरबाट साँख गाविसको झूलखेत बजार आएकी थिइन्। ट्युसन र होटेलमा लाग्ने खाना बस्ने खर्च ५ हजार रुपैयाँ थमाएर पुन दम्पतीले घरबाट विदाइ गरेका थिए। निधारमा चामलको टिका र झोलामा मकैभटमासको खाजा राखिदिएर गरेको छोरीको विदाई नै अन्तिम भयो।

तपस्वी बम्जनले बनाए महिलालाई बन्धक

चैत १२- आफूलाई बुद्धत्व प्राप्त भएको दाबी गर्ने रामबहादुर बम्जनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म सङ्घका कार्यकर्ताले दुई महिलालाई तीन महिनादेखि बन्धक बनाएर राखेका छन्। बम्जनको तपस्या भङ्ग गर्न खोजेको भन्दै स्लोभाकियाकी मारिची र सिन्धुपाल्चोककी माता (आनी) नामकी महिलालाई बन्धक बनाइएको हो।
इलाका प्रहरी कार्यालय सिमराले पनि दुई महिलालाई सङ्घले बन्धक बनाएर राखेको भन्दै उजुरी परेपछि अनुसन्धान थालेको जनाएको छ। प्रहरी निरीक्षक केपी शर्माले बम्जनको तपस्यास्थल भनिएको हलखोरिया जङ्गलमा दुई महिला बन्धक भएको उजुरी परेको र त्यस सम्बन्धमा अनुसन्धान हुँदै गरेको बताए।

सङ्घका सदस्यसहित केही व्यक्तिसँग बयान लिएकोसमेत शर्माले जानकारी दिए। बम्जनलाई अवरोध पुर्‍याउन खोजेकाले नियन्त्रणमा लिएको र १५ गते छाडिने बताएको सङ्घका व्यक्तिलाई उद्धृत गर्दै निरीक्षक केपी शर्माले बताए।

बम्जनको दर्शन गर्न भन्दै गत वर्षको जेष्ठमा नेपाल आएकी मारिची पुस १३ गतेदेखि बेपत्ता छिन्। नेपाल आएलगत्तै स्थानीय लामा होटलमा बसेकी उनी केही समययता सिमरास्थित गुम्बामा बस्दै आएकी थिइन। दिनभर हलखोरिया जङ्गलमा ध्यान गर्न पुग्ने उनी साँझ भने गुम्बामा फर्किने गरेकी थिइन्। ध्यान गर्न बढी रुचाउने मारिची पुस १३ गते हलखोरिया गएको र त्यस दिनदेखि नफर्किएको सिमरास्थित गुम्बाको रेखदेख गर्दै आएकी कृष्णमाया लामाले बताइन्।

मारिची बेपत्ता भएको केही दिनपछि सङ्घका दुई जना आएर गुम्बामा रहेको उनको ल्यापटप, कपडालगायत् अन्य सामानसमेत लगेको कृष्णमायाले बताइन्। लिभर रोगको बिरामी मारिचीको औषधी भने आफूहरुले पुर्‍याइदिएको उनले जानकारी दिइन्। यसअघि बेपत्ता हुने दिन मारिची पथलैया–निजगढ सडकखण्डको पसाहामा साँझपख देखिएकी थिइन। पसाहाको एक होटलमा चिया पिउँदै गरेकी मारिचीलाई सङ्घका दुई व्यक्तिले नै मोटसाइकलमा हालेर हलखोरियतातर्फ लगेको स्थानीयले जानकारी दिएका छन्। हात भाँचिएर काम्रो बानेको र घाइते देखिएकी मारिची डराएको अवस्थामा रहेकोसमेत स्थानीयको भनाई छ। 

रतनपुरीका केही स्थानीयले भने मारिचीसँगै मातालाई पनि सङ्घले बन्धक बनाएर राखेको बताउँछन्। बम्जनको तपस्या भङ्ग खोजेको भन्दै बोक्सीको आरोप लगाएर उनीहरुलाई कारबाहीस्वरुप सङ्घले बन्धक बनाएको स्थानीयको भनाई छ। उनीहरुलाई हलखोरियाको एक कोठामा बन्धक बनाएर राखिएको सङ्घ निकट स्रोतले जानकारी दिएको छ। तपस्वीको आदेशमा उनीहरुलाई बन्धक बनाएको पनि स्रोतले बतायो।

त्यस्तै माता भनिने महिला भने लामो समयदेखि हलखोरिया क्षेत्रमै बस्दै आएकी थिइन। सिन्धुपाल्चोक घर भए पनि उनी लामो समयदेखि तपस्यास्थल क्षेत्रमा ध्यान गर्ने र सेवक बनेर बसेकी थिइन्। उनलाई पनि सङ्घले बोक्सी भन्दै बन्धक बनाएको स्थानीयको दाबी छ।