Sunday, 24 June 2012

को को हुन कोरियाका सफल नेपाली व्यवशायि



 टप नेको ,कोरिया
सउल। रोजगारीका लागि आकर्षक मानिएको दक्षिण कोरिया पछिलो समयमा नेपाली सामाग्रीहरुको आकर्षक बजार बन्दै गएको छ । नेपाली सामान र नेपाली होटलमा बनाईने खाना कोरियन लगाएत अन्य देशका नागरिकको आर्कषण बनेको छ । कोरियामा ब्यपारिक भिसामा प्रवेश गर्ने नेपालीको संख्या तीन सयको हाराहारीमा रहे पनि एक सय पचास नेपालीले मात्र ब्यबसाय सञ्चालन गर्दै आएका छन् । जस मध्ये करिब दश जना नेपालीहरू कोरियामा सफल ब्यबसायीका रूपमा स्थापित भएका छन् ।
बाग्लुङ्गका विनोद कुवँरले कोरियामा होटल व्यवसाय संन्चालन गरी पैतिस जाना नेपालीलाई रोजगार दिएका गरेका छन् भने दशजना कोरियन पनि उनको होटलमा काम गर्छन् ।
कोरियामा व्यवसाय सञ्चालनका लागि आयात निर्यातमा आधारित सामान प्रसस्त रहेपनि नेपाल सरकारको असहयोगका कारण कठिनाई भएको कुवँरको अनुभव छ । उनले भने-आयात निर्यातका लागि कोरियन सरकारसंग कुरा राख्न हामीले नेपाल सरकार सँगै अनुरोध गर्‍यौं, तर कुनै सुनवाई भएन ।
कास्कीका मदन केसी नेपालकोरिया ब्यपार सङ्घका अध्क्षय हुन् । उनी कोरियामा रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् । केसीको पनि गुनासो उस्तै छ-नेपाली दूतावास कोरियाले ब्यपार प्रर्बद्धनका लागि आवश्यक सहयोग गरेन् निवर्तमान राजदूत कमल कोइराला र उपनियोग प्रमुख यादव खनालबाट पाएको सहयोगसमेत हालका पदाधिकारिबाट पाउन नसकेको उनको गुनासो छ ।
पर्वतका रुद्र शर्मा कोरियामा लामो समयदेखि व्यवसाय सञ्चालक गर्दै आएका छन् । आयात निर्यात र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका शर्मा कोरियामा भएको कृषि क्रान्तिलाई नेपालले अनुशरण गर्नु पर्ने बताउँछन् । कृषिप्रधान देश नेपाललाई कोरियामा भएका सामाग्री निर्यात गर्न सके ठूलो उपलब्धि हुने उनको धारणा छ । यसका लागि नेपाल सरकारले आवश्यक पहल गर्न नसकेको शर्माको भनाई छ ।
झापाका केपी सिटौला कोरियामा लामो समयदेखि पर्यटन र होटल ब्यबसायमा संलग्न छन् । कोरियामा सफल ब्यबसायीका रुपमा चिनिएका सिटौला कोरियाको मानार्थ नागरिकता पाउने पहिलो नेपाली पनि हुन् । हाल उनी एनआरएन कोरियाका अध्यक्षयसमेत छन् । कोरिया र नेपालबिच धेरै ब्यापार सम्भावना भएपनि नेपाल सरकारको ठोस नीति नभएका कारण सानो आकारमा खुम्चिनु परेको बताउँछन सिटौला । अन्य कोरियामा सफल ब्यवशाहिका रूपमा भीम गुरुङ्ग, गंगा राई, बुद्धि गुरुङ्ग, बिपिन तामाङ्ग, राजेश लामा लक्ष्मण बोगटी लगाएत छन् ।