Saturday, 26 May 2012

हउ कोरियापो आईपुगियो है -तोक्मे बुढा


टप नेको संवाददाता

नेपाल कोरिया व्यापार संघले आयोजनामा आईतबार हुने सांस्कृतिक कार्यक्रमका लागि कलाकार हरु कोरिया आईपुगेका छन । कोरियामा दिउसो आईपुगेका कलाकारहरुलाई व्यापार संघका अध्यक्ष लगायत नेपालीहरुले स्वागत गरेका छन ।
स्वागतको लागि संघका अध्यक्ष मदन केसी ,जनअधिकार मन्च कोरियाका प्रमुख सल्लाहाकार बिनोद कुंवर ,सन्तोष थापा ,ऋष मान गुरुङ ,प्रेम ज्ञवाली ,एन बी बोगटी र टिका राम तामाङ् ईन्छ्न बिमान स्थल पुग्नुभएको थियो। ब्यावसायीकहरुको एकता ,नेपाल र नेपालीहरुको सफलता’ भन्ने नारासाथ आयोजना गरिएको उक्त कार्यक्रममा हट सेक्सीका रुपमा चर्चा पाएकी नायीका सुष्मा कार्की ,नायक तथा पप गायक बाबु बोगटीको गायन, लोक गायक ,गायीका प्रजापति पराजुली र कृष्णकुमारी गरुङक आएका छन्। सास्कृतिक कार्यक्रममा नायीका सुष्मा कार्कीको नृत्यका साथै नयां क्षेत्र र ,नायक तथा पप गायक बाबु बोगटीको गायन, लोक गायक ,गायीका प्रजापति पराजुली र कृष्णकुमारी गरुङको दोहोरी प्रस्तुत हुने छ । आइटम डान्सबाट चर्चा पाइरहेकी कार्कीको ‘उद्रेको चोली छ है’ नृत्य कोरियामा रहेका नेपाली दर्शकले लुट चलचित्रमा हेरी सकेका छन् | तक्मे बुढाको प्रहसन हेरीरहेका दर्शकको लागि कार्यक्रम एउटा सुनौलो अवसर हुने आयोजकहरुले लिएका छन् |
व्यापार संघले महिलाको लागि कोरियामा आपतकालिन कोषको लागि र व्यापारिको कोषको लागि रकम सदुपायोग गर्ने नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसीले जानकारी दिएका छन ।

नारायणकाजीले रुदै भने देशमा अनिष्ठता छायो

१३ जेठ, काठमाडौं ।
   संविधानसभाको म्याद अब एक दिन र केही घण्टामात्र रहँदा पनि प्रमुख दलहरुबीच संघीयताबारे सहमति हुन नसकेपछि माओवादी र मधेसी मोर्चाले संविधानसभा विघटनतर्फ गएको निष्कर्ष निकालेका हुन् । ‘अत्यन्त दुःखद खबर छ, चार पक्षका बीचमा चलिरहेको वार्ता विफल भएको छ । कसरी सहमति गर्न सकिन्छ भन्नेमा केन्द्रीत हुन धेरै अपिल गर्‍यौं, केही लागेन’ माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ श्रेष्ठ प्रकाशले भन्नुभयो-’संविधानसभालाई के के विषयमा सहमति हुन सकेन भनेर जानकारी समेत नदिए संविधानसभाको विघटन भयो ।’ गहभरी आँसु पार्दै श्रेष्ठले अब संविधानसभा विघटनतर्फ गएको बताउनु भयो ।
माओवादी र मधेसी मोर्चाले संविधानसभा विघटन भए त्यसको जिम्मा कांग्रेस र एमालेले लिनु पर्ने बताएका छन् । फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले भन्नुभयो-’यदि संविधान बनेन र संविधानसभा विघटन भयो भने कांग्रेस र एमालेले जिम्मेबारी लिनुपर्छ ।’ १४ प्रदेशको पक्षमा दुई तिहाई सभासद उभिएपछि कांग्रेस र एमालेेले सहमति पनि नगर्ने र मतदानमा पनि नजाने पक्षमा उभिएको माओवादी र मधेसी मोर्चाको आरोप छ ।
बैठकमा माओवादी र मधेसी मोर्चाले एकल पहिचानका आधारमा १० वा १४ प्रदेश हुनु पर्ने अडान लिएका छन् । १० वा १४ प्रदेशका बीचमा सहमति खोज्ने र सीमांकन लगायतका प्राविधिक विषय टुङ्गाउन संघीय आयोग बनाउने वा मतदानमा जाने प्रस्ताव आफूहरुले राखेको उहाँले जानकारी दिनुभयो ।
शीर्ष नेताहरुको बैठकमा कांग्रेस र एमालेले भने बहुपहिचानका आधारमा प्रदेशहरु बनाउनु पर्ने अडान लिएका छन् । दुई दलले सहमति भएका विषयलाई संविधान बनाएर पारित गर्न र बाँकी विषयलाई रुपान्तरित संसदबाट टुङ्गो लगाउनु पर्ने अडान लिएका छन् ।

Sunday, 20 May 2012

जानजाति महासंघका समाचार बहिस्कार गरिने

टप नेको-
काठमाडौं । नेपाल आदिवासी जानजाति महासंघका महासचिव आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघलाई ‘ब्राम्हण पत्रकार महासंघ’ भन्दै पत्रकारहरूमाथि भौतिक आक्रमणको चेतावनी दिएका छन् ।
अखण्ड सुदूरपश्चिमको बन्दमा नबोल्ने पत्रकारले आफूहरुको आन्दोलनको विरोधमा र्‍याली निकाल्न लागेको भन्दै आक्रमण गर्ने चेतावनी दिएका हुन् । रिपोटर्स क्लबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा शेर्पाले भने-’जनताले दुःख पाए भनेर ब्राम्हण पत्रकार महासंघले र्‍याली निकाल्दैछ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार महासंघले र्‍याली निकाले बाँकी राख्ने छैन ।’
शेर्पाले भौतिक आक्रमण दिएपछि कार्यक्रममा सहभागी पत्रकारहरुले विरोध गरेपनि केहीबेर भनाभन समेत भएको थियो । त्यसक्रममा प्रहरी आएर छुट्याउनु परेको थियो ।
पत्रकारहरुले शेर्पाको समाचार बहिस्कार गर्ने बताएपछि क्लबबाट बाहिरिएका जनजाति महासंघका महासचिव शेर्पाले केही पत्रकारलाई बाँकी छोडि्दन भन्दै धम्की दिएका छन् ।