Tuesday 28 August 2012

कोरियामा हावाहुरिका कारण पांच बिदेशि सहित आठको मृत्यु ,दर्जनौ बेपत्ता(फोटो फिचर सहित)



कोरिया सन्देश -




सउल ,
दक्षिणकोरियामा मंग्लबार  आएको आधिहुरी बाट आठ जानाको ज्यान गएको छ भने दुई दर्जन भन्दा बढी बेपत्ता भएका छन् ।
कोरियाको जेजु टापुमा मात्छय उत्पादन  कार्यमा संलग्न  ५ जना चाईनिज नागरिकको हाबाहुरिका कारण मृत्यु भएको हो । यसै गरी सोही क्षेत्रको समुन्द्रि सतहमा हाबाहुरिकै कारण भुईँमा बाजारिएर ३ जाना कोरियन नागरिकको मृत्यु भएको कोरिया स्थित आपतकालिन राहात तथा उद्धार मुख्यालयले जनाएको छ । उता  बेपत्ता हुनेको सङ्ख्या दुई दर्जन भन्दा बढी भएको मुख्यालयको सूचनामा उल्लेख गरिएको छ ।यसैगरि घाइतेको सङ्ख्या दुईसय चालिस भएको बाताईएको  छ ।एक हजार भन्दा बढी परिवारलाई सुरुक्षित ठाउँमा सारिएको छ भने करोडौको सम्पति क्ष्यति भएको छ ।
 पुर्णबिवरण नआई सकेको हुदा  हताहतहुनेको संख्या बढ्नसक्ने सुचनामा उल्लेख  गरिएको छ ।
    दुईलाख घरमा बिधुत आपुर्ति बन्द भएको, एक सय चौरानब्बे उडान रद्ध गरिएको ,छयानब्बे वाटा समन्द्रि मार्ग बन्द गरिएको, छब्बिस वाटा सडक अस्थाई रुपममा बन्द गरिएको  छ ।
  उक्त क्षेत्रमा  हावाहुरि एकसय पचासि किलोमिटर प्रति घण्टाको गतिममा आएको थियो । सो क्षेत्रमा बुधवार साँझ सम्म सोही अवस्था रहिरहने कोरियाको विज्ञान तथा जलबायु विभागले जनाएको छ ।
 बोलाभेन टाईफनमा हुरी बतासका साथमा प्रति घण्टा ३५ मिलिमिटिर बर्षात भएको छ भने जेजिदो क्षेत्रमा ३०५ सय मिटिमिटर सम्म पानी परेको थियो  ।दुईहाजार किलोमिटर क्षेत्रको वरपर यसको असर देखा परेको थियो ।
 यस अघिनै कोरियन सकारले सन २००० देखि यताको भयानक आधिहुरि हुनसक्ने जनाउदै सर्तक रहन आव्हान गरेको थियो । कोरियाका कतिपय क्षेत्रका बिधालय र कंम्पनिहरुमा आपत् कालिन बिदा समेत दिईसकिएको छ ।
दक्षिणकोरियामा यस किसिमका आधिहुरि आइरहने गरेको छ भने यसबाट धेरै जनधनको क्ष्यति हुने गरेको छ ।
 यसै बिच हावाहुरिमा हाल सम्म कुनै नेपाली नपरेको राजदूत कमान सिह लामाले जानकारी गराउनु भएको छ ।

Thursday 9 August 2012

कोरियामा एक नेपाली मृत अवस्थामा


मीन प्रकाश उप्रेती ,
कोरिया-
रोजगारका लागि कोरिया आएका एक नेपाली बिहिाबार बिहान मृत अवस्थामा फेला परेका छन् । ईलाम का  तीस वर्षीय  सिद्धी राई यसरि मृत अवस्थामा फेला परेका हुन । राई कोरियाको योङ्गगिन क्षेत्रमा रहेको यामेङ्ग सानक नाम गरेको फलाम कम्पनीमा कार्यरथ थिए । रोज गार अनुमति प्रणाली अन्तर्गत राई दुई वर्ष अघि कोरिया आएका थिए भने नौ महिना अघि मात्र कम्पनी परिर्वतन गरी राई उक्त फलाम कंम्पनिमा सरेका थिए ।
 बुधवार बेलुका सँगै खाना खाई साढे दश बजे छुटेर आ-आफ्नो कोठामा सुतेका राई बिहान आठ बजे मृत अवस्थाममा रहेको सँगै काम गर्ने सुनसरिका उमेश अधिकारीले बताए ।  सँगै काम गर्ने साथी बिहान आठ बजे काममा नआए पछि उनको खोजी भएको र कोठामा हेर्दा उनी उत्तानो सुतेको अवस्थामा  मृत भेटिएको अधिकारीको भनाई थियो ।त्यसपछि  अधिकारी र कंम्पनि साहुले त्तकाल प्रहरीलाई  खबर गरेका थिए ।
 प्रकरिले राईको घटना समन्धि अनुसन्धानका लागि कंमपनि मालिक र सँगै कार्यरथ उमेश अधिकारी सँगै आवश्यक बयान र जनाकारि लिएको थियो । हाल राईको शव आशान प्रहरि चौकिमा राखिएको छ । प्रहरीले आवश्यक सहयोग र जानकारीका लागि प्रवासी मजदुर सहयोग केन्द्र छनानमा गिता राई सँगै संम्पर्ग राखेको गिता राईले जनाएकि छन् । यो समाचार तयार पार्दा सम्म कोरिया स्थित नेपाली दुतावशका कुनै प्रतिनिधि घटना स्थलमा पुगेका छैनन् ।

Wednesday 25 July 2012

कोरियामा दिनदिनै नेपालीको आत्महत्या

टप नेको-
सोल (दक्षिण कोरिया) ,
रोजगारका लागि कोरिया छिरेका दुई नेपालीले दुईदिन भित्र आत्माहत्या गरेका  छन् । यसरि आत्माहत्या गर्ने हरुमा पोखरा बगर टेयाक्सिी चोकका नबिन कुमार गुरुङ्ग रहेका छन् भने अर्का प्यूठान स्याउलीबाङ ५ का ओमप्रसाद शेरचन रहेका छन् ।
गुरुङ्गले बुधवार बिहान १४ तलामाथिबाट हामफलि देह त्याग गरेका हुन भने शेरचनले मङ्गलवार  बिहान झुण्डीएर आत्माहत्या गरेका हुन ।
  गुरुङ्ग चौध महिना अघि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया प्रावेश गरेका थिए ।उनी थेगु स्थित  दोङ्ग जिन वोल्डिङ्ग कम्पनीमा कार्यरथ थिए  ।   गुरुङ्ग केही मैना अघि देखि मानसिक तनावमा रहेको सँगै कार्यरथ झापाका अर्जुन पनेरुले बताए । पनेरुले दिएको जानकारी अनुसार उनीले नेपाल फिर्ता हुनका लागि सोमबार बेलुका नौ तीसको थाईईयरको टिकट समेत गरेका थिए । साथी सँगै बिदाको हात मिलाउदै हिडेका गुरुङ्गको मृत्यु भएको सुन्दा आफू दुखी भएको पनेरुको भनाई थियो । पनेरुले अगाडि भने 'मलाई प्रहरीले फोनबाटै गुरुङ्गको मृत्यु भएको जानकारी गराउदै आवश्यक सोध पुछका लागि बोलाएको थियो " ।  तिन घण्टाको बयान पछि आफू फर्किएको पनेरुले बताए ।
              गुरुङ्ग सोमबार बिहान बिदा भई अर्को सहर आन्शानमा पुगेको र म घर फर्कन लागेको भन्दै हिडेको साथी दुर्गा दाहालले बताए । तर सोमबारको उडानमा उनी नभए पछि  उनको खोजिकार्य सुरु भएको थियो ।
गुरुङ्गले उनी कार्यरथ कम्पनी बाट नजिकै रहेको थेगु दङ्गदेगु रेल स्टेसनको पछाडि पट्टि यस डि अपार्टको १४ तलाबाट हामफालेको प्रहरी र स्थानीय वासीले बताएका छन् । उनी १४ तलामाथिको बाहिरी भागमा रहेको फलामको डण्डि हातले समाएर झुण्डिएको अवस्थामा प्रहरीले देखेका थिए । उनलाई बचाउन आवश्यक प्रवन्ध मिलाउनु दुईमिनट पूर्व उनी माथिबाट भुईँमा बजारिन पुगेको प्रहरीले जनाएको छ ।
  यसैं गरी    शेरचनले मङ्गलवार बिहान  आफू कार्यरथ कम्पनीकै शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी छनान फेक्सकदोङमा रहेको ‘सामा सिजन’ नामक कम्पनीमा काम गर्दै आएका थिए । आत्माहत्या गर्नु पूर्व उनी उपचारको लागि भन्दै मङ्गलवार बिहान  कंम्पनिबाट बिदामा बाहिर निस्किएका थिए भने करिब १२ बजेतिर उनी शौचालयमा झुण्डिएर मृत अवस्थामा रहेको सोही कम्पनीमा कार्यरथ  एक बिदेशिकामदारले फेला पारेका थिए ।
                  रोजगार अनुमति प्रणाली लागू भएयता यसरि कोरियामा आत्माहत्या गर्नेको सङ्ख्या दश पुगेको छ ।

Tuesday 17 July 2012

योङ्ग स्टार ग्रुप कोरियाले थप्यो समाज सेवाको अर्को स्टार




टप नेको-

कोरिया, सउल

समाजीक कार्यमा अग्रगतिमा रहेको कोरियाको एक नेपाली संस्था नेपाल योंग स्टार ग्रुप कोरियाले सहयोगको अर्को स्टार थपेको छ ।ब्लड क्यान्सरबाट मृत्यु सँग लडिरहेकी खोटाङ्गकी चार वर्षीय सरिता कार्कीको उपचारका लागि चार लाख रुपया प्रधान गरेर उसले अकर्को स्टार थप गरेको हो । सोमबार एक कार्यक्रम बिच काठमाण्डौ स्थित रक्षा नेपालको कार्यलयमा सरिताको आमा गीता कार्कीले उक्त रकम बुझेकी हुन । लामो समय देखि कान्ति अस्पतालमा उपचार गराई राखेकी सरिता खर्चको अभावमा छटपटाई राखेकि थिइन ।
  रकम हस्तान्तरण कार्यक्रममा  गहभरि आशु पार्दै आमा गिताले भनिन "  आज मेरोलागि भगवान् योंग स्टार ग्रुप कोरिया भएको छ जसले मेरी छोरीको जीवन रक्षाका लागि यति ठुलो सहयोग गर्‍यो " यो रकम जुटाउन पहल गर्ने योंग स्टार ग्रुप र सहयोग गर्नुहुने कोरियाका सम्पूर्ण नेपालीलाई धन्यवाद दिन चाहान्छु गिताको भानाई थियो ।
यसै गरी योंग स्टार ग्रुप कोरिया अध्क्षय याम श्रेष्ठ अबोध बालीका सरताको  उपचारका लागि रकम उपलब्ध गराउन पाउदा ज्यादै खुसी भएको बताउछन । याम भन्छन् "हाम्रा यी सहयोगी हातहरु सधैँ गरिबी अशाहाय र बिमारिका लागि हुनेछन र कहिल्यै थाक्ने छैनन् । हाम्रो सानो सहयोगले कसैको प्रण बच्छ भने किन पछि पर्ने ? आउँ सबैले यस्ता कार्यमा हातमा हात मिलाऊ श्रेष्ठको सबैमा आव्हान थियो ।
कोरियामा ब्रेन टुयुमरका बिमारि विज्ञान  राईलाई यस संस्थाले सबै भन्दा बढी रकम उपलब्ध गराएको थियो भने  आपत् बिपतका विभिन्न  क्षेत्रमा यस संस्थाले सहयोग गर्दै आइरहेको छ ।

Saturday 14 July 2012

एन आर एन कोरियाले सेप्टेम्बर २९ मा सांस्कृतिककार्यक्रम गर्ने


टप नेको,
 कोरिया- सउल,
गौर आवाशिय नेपाली स‌‍घ कोरियाले आगमि सेप्टेम्बर २९ मा सांस्कृतिककार्यक्रम गर्ने भएको छ ।सो संस्थाले पूर्व घोषित सूचना अनुसार उक्त कार्यक्रम गर्न लागेको हो । यस अघि नेपाली संम्पर्ग समिति कोरियालाई नेपाल हाउसको सहयोगार्थ कार्यक्रम गर्नको लागि एन आर एन कोरियाले निवेदन दिएको थियो । जसमा कार्यक्रमका दावेदार १२ संस्था मध्ये आठ संस्थाले सामूहिक अवधारणा लिएको नेपाल हाउसको सहयोगार्थ एन आर एन कोरियालाई कार्यक्रम गर्न दिने निर्णय गरेका थिए । तर निर्णय मण्डलमा बसेका व्यक्तिहरूले आफू नजिकका संस्थालाई कार्यक्रदिने छनौट गरे पछि सभाहल तनाव ग्रस्थ बनेको थियो ।
हात हालाहालको स्थितिमा पुगेको उक्त सभाहलमा एन आर एन कोरिया कोषाध्क्षय सिर्जना नेपालीले माईनट च्यतने प्रयत्ना गरेकी थिइन ।
सोही क्रममा कोरियाका कृयाशिल संस्थाहरू नेपाल पत्रकार माहासंघ कोरिया शाखा, सुनसरि हेल्पिङ्ग समाज ,एन आर एन कोरिया, नेको परिवार ,जनजाति माहासंघ कोरिया, झापामिलन समाज, ईलामेलि परिवार लगाएत दुई दर्जन बढी सङ्घ सस्थाहरुले नेपाली संम्पर्ग समितिको उक्त निणर्य नमान्ने घोषणा गरेका थिए ।
 यसै बिच यिनै सङ्घ सस्था र आमसर्वसाधारणको सल्लाह र मागलाई ध्यानमा राख्दै नेपालहाउस सञ्चालन गर्न उक्त कार्यक्रम गर्न लागिएको एन आर एन कोरियाका माहासचिव प्रकाश धमलाले बताए । संस्था छनौट निर्णायक मण्डलबाट पूर्वाग्रही ढङ्गले गरेको निर्णय एन आर एन कोरिया लगायत दुई दर्जनबढि सङ्घ संस्था लाई मान्य नभएको भन्दै सबैको भावा अनुरूप कार्यक्रम गर्नलागिएको हो । धमलाले अगाडि भने "यो समुहिक हितको विषय र चुनौती भएकोहुदा सबैबाट खुलेर सहयोगको आशा गर्दछौ "

Monday 9 July 2012

नेपाली स‌‍ंम्पर्ग समिति (NCC)कोरियाको गलत कार्यको पर्दाफास ।(भिडियो सहित)

टप नेको -
एन सि सि कोरियाले कोरियन पर्व २ ०१२ मा कायर्क्रम गर्नका लागि आवेदन गरिएको छलफल कार्यक्रममा समूहमा एउटा निर्णयमा हस्ताक्षर गराई घोषणा आफ्नै बलमचाईले अर्कै गरे पछि एन सि सि कोरियाको अस्तित्व अब कोरियामा समाप्त हुने देखिएको छ।
 
     नेपाली स‌‍ंम्पर्ग समितिकोरियाका केहि ब्याक्ति संस्था छनौट प्रकृयामा बसेका कारण यस्तो हुनगएको अन्य सदश्यहरुले बताएका छन ।





Sunday 1 July 2012

झापा मिलनसमाज कोरियाको बृहत भेला सम्मपन्न बारह् बुदे नायां कार्यनिति पारित

टपनेको -
झापा मिलनसमाज कोरियाले  बारह् बुदे नाया कार्य नीति पारित गर्दै बृहत् भेला संम्मपन्न गरेको छ । कोरियाको सुवन स्थित सयम्भु रेष्टुरेण्टमा  आइतबार आयोजित समाजको भेलाले उक्त  कार्य नीति पारित गरेको हो ।
  समाजका अधक्ष्य मीन प्रकाश उप्रेती द्धरा प्रस्तुत गरिएको बारह् बुदे नाया कार्यपत्र सर्वसम्मतले पारित गरिएको थियो । पारित भएको नयाँ कार्य पत्रमा अगाडि भनिएको छ   ।झापा जिल्ला स्थित कंन्कार्इमार्इमा सर्वसाधारणमा परेको मार्कालार्इ ध्यानमा राख्दै लाश जलाउने स्थानमा भवन निर्माण सहयोग सञ्चालन गर्ने,कोरियामा रहेका झापालिहरुलाई समेटि झापा संस्मारिका कोरिया प्रकाशन गर्ने   ,नेपाल हाउस संन्चालनका निम्ति एन आर एन कोरियालाई दिने रकमलाई निरन्तरता प्रधान गर्ने,संस्थाका विविध क्षेत्र जस्तै  खेलकुद , आर्थिकसहयोग लगाएतका क्षेत्रमा  जोड दिने ।
       यसै गरी  संस्था प्रति आवद्ध सदस्यहरूलाई कोरियामा पर्ने विविध समस्यामा प्रथमिकताका साथ सहयोग गर्ने , कार्यसमितिले निर्णय गरेको उपचार समंन्धि आफ्नैलागि मानवन भन्ने कार्यलाई लागू गर्ने ,  झापा जिल्लाको पछाडिएका ,जनजाति र दलित समुदायको बाहुल्यता रहेको डांगिबारि स्थित पंञ्चमणि निमाबि बाह्रदशिलाई सहयोग जुटाउन पहल गर्ने ,आर्थिक रकम सङ्कलनका निम्ति संस्कृतिको कार्यक्रम र चलचित्र कोरियामा प्रर्दशन गर्न आवश्यक परामर्श र सल्लाह गरी कार्य तर्जुमा गर्ने ,   यस संस्थाको पुरानो समितिका पदाधिकारिहरु सँग रहेको मौजाद रकम संस्थामा त्तकाल जम्मा गर्न  जोडदार माग गर्ने र उक्त रकम संस्थालाई हस्तान्तरण नगरे कानुनी उपचारको मार्ग अवलम्बन गर्ने , अधिवेशनको मिति तय गरी नयाँ कार्य तर्जुमा गर्ने,कोरियाका विभिन्न क्षेत्रमा संस्थाको शाखा बिस्तार गर्ने जनाईएको छ ।
 यसै गरी सो भेलाले कार्य ब्यस्थताका कारण संस्थालाई समय दिन नसक्ने सचिव दुर्गा दाहाल ,स -सचिव रबिन श्रेष्ठ सदस्य डिल्ली ढकाल र केही समय अघि नेपाल फर्कीएका अर्का सदस्य श्री खनाललाई पद मुक्त गरी  सचिवमा राजकुमार रार्इ र स-सचिवमा राजु सन्तोषि थापा लाई चयन गरेको छ । उता सदश्यहरुमा टेक खनाल,सुमन मैनाली ,यामेश केदेम , निरज खतिवडा , सनिल सुब्बा , सुवाश मोक्तान , सुरज गुरुङ्ग ,केदार न्यौपाने , प्रदिप थापालाई चयन गरिएको छ भने अन्य पदाधिकारी यथावत् रहेका छन्।
सो भेलाले संस्थाले हाल सम्मगरेका कार्य प्रगतिको उच्च मुल्याङ्गकन गरेको थियो ।
कार्यक्रममा समाजका सल्लकार तथा एन आर एन कोरियनका उपाध्क्षय लोचन राईले समाजले हाल सम्म गरेका कार्यहरु सरहानायोग्य रहेको चर्चा गर्दै आउदा दिनहरूमा अझ प्रवाभकारि ढंङ्गले लानु पर्ने कुरामा जोड दिएका थिए भने संस्थाका अध्क्षय मीन प्रकाश उप्रेतीले सबैको साथ र सहयोग पाए नेपालका समाजिक क्षेत्रमा जुनसुकै सहयोग गर्न सकिने बताएका थिए ।
सामजका उपाध्क्षय सन्तोष श्रेष्ठले स्वागत मनतब्य राखेको उक्त भेलाको सञ्चालन सचिव राज कुमार राईले गरेका थिए भने अध्क्षय मीन प्रकाश उप्रेतीको भेलाको अध्क्षयता गरेका थिए ।