Saturday, 7 April 2012

आजका दैनिक पत्रिकाहरुमा यस्तो छापियो


आज मिति २०६८ साल चैत २६ गते आइतवार । काठमाण्डौबाट प्रकाशित हुने सवैजसो दैनिक पत्रिकाहरुले संबिधान बनाउन केन्द्रीत हुनुपर्ने मुख्य दलका शीर्ष नेताहरु कहाँ के गरिरहेका छन भन्ने गतिबिधिलाई मुख्य समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकले जेठ १४ मै पूर्ण संबिधान ल्याउन दलहरु संघीयताको बिबाद समाधान गर्ने पहलमा लागेको समाचार छापेको छ । राजधानी दैनिकले संबिधानका बिबादित बिषयमा तीन दलका शीर्ष नेताहरुवीच अनौपचारिक सहमति जुटेको दावी गर्दै मुख्य समाचार छापेको छ । जसमा संवैधानिक अदालतको सट्टा इजलास बनाउने, मिश्रति निर्वाचन प्रणाली, पहिचान र सार्मथ्यसहित ६ देखि आठ प्रदेश बनाउने र राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक प्रत्यक्ष निर्वाचित हुने बिषयमा दलहरु सहमत भएको वताइएको छ ।

यो नियति कतिन्जेल दोहोरिने ?( पत्रकार हत्या प्रशंङ्ग)


बिष्णुप्रसाद खरेल
यादव हामीबीच रहेनन् । उनको भौतिक अन्त्यले हामी सबैलाई दुखिःत तुल्याएको छ । परिवारमा परेको असिम पीडा, सपत्नी सोनम र छोराछोरीहरुको असह्य बेदना र जीवनभरको पीडा हाम्रोभन्दा अग्लो छ । पत्रकारिता जगतले एक साहसी र कर्मठ ब्यक्तिलाई गुमाएको छ । मानवअधिकार रक्षकहरुवीच पौडेलको अभाव सदैव खड्की रहन्छ । वीधिको बिडम्बना भन्नेहरुको कमी छैन । तर, कीन सदैव जनतालाई सूचना दिनेहरुमाथि यो बिडम्बना !
मैले आफ्ना लेखहरुमा बारम्बार उठाइरहेको बिषयको चरमोत्कर्षका रुपमा यो घटनालाई लिएको छु । नेपाली समाजमा बढिरहेको अपराधिकरण र हिंसाउन्मुख चरित्रको उत्कर्स परिणाम हो हत्या । बढिरहेको अपराधको राजनीति संरक्षण र अपराधिहरुको उन्मुक्तिको अन्तिम परिणाम हो हत्या । त्यसैले अपराधमा संलग्नहरुमात्र होइन अपराधिलाई संरक्षण र उन्मुक्ति दिनेहरुपनि अपराधिनै हुन् ।
आज पत्रकारहरु मानवअधिकार रक्षकका रुपमा जोखिममा रहेर कार्य गरिरहेका छन् । उनिहरुको सुरक्षा जटिल बन्दै गएको सन्दर्भ बारम्बार उठिरहेको छ । तरपनि किन झन असुरक्षा बढिरहेको छ ? पत्रकारहरुको विगतमा भएका हत्याका योजनाकार, हत्यामा संलग्नहरुलाई दिइएको रजनीतिक संरक्षण र उन्मुक्ति यस्ता घटनाहरु बढाउने प्रेरित कारण हुन की होइनन् ? असुरक्षित अवस्थामा निष्पक्षता कायम राख्न सकिन्छ ?
यसै जिल्लामा विगतमा पत्रकारहरुमाथि गरिएका आक्रमणहरु, उनिहरुमाथि गरिएको अपमान र दुब्र्यवहारका घटनाहरु र अभद्र ब्यवहारका पीडकहरुले पाएको उन्मुक्तिले यस्ता घटना बढाउन प्रेरित गरेको छ । राज्यका निकायहरुवाटै पीडित बनेका पत्रकारहरुमाथि अपराधिक समुह र ब्यक्तिहरुवाट समेत आक्रमण हुने खतरा बढिरहेको छ । झापाकै सन्दर्भमा भन्ने हो भने अपराधिक समुह र प्रबृत्ति संस्थागत बन्दै गएको अवस्थामा भोलिका दिनहरुमा अरु यादवहरुमाथि पनि यस्ता घटना नहोलान भन्न सकिन्न ।
यादवको जघन्य हत्याले अनेकौं प्रश्न खडा गरेको छ । यस घटनाले हामिमा अनेकौं दायित्व समेत थपेको छ । अपराधको संरक्षण गर्नेहरु सवै अपराधि हुन र उनिहरुलाई समेत कानूनी दायरामा ल्याएर कडा कारवाही गर्नुपर्दछ भन्ने शिक्षा दिएको छ । आज विभिन्न रुपमा अपराधको संरक्षण हुन थालेको छ । राजनीतिक रुपमा होस या ब्यापारिक प्रयोजनका लागि होस अपराधिहरु र अराजक गुण्डाहरुको जमातको प्रयोग बढिरहेको छ । यस्ता संरक्षणवाटै बिस्तारै अपराधले संस्थागत आकार लिने हो ।
हामिले देखेका छौं, एउटा ठेक्का टेण्डरमा बाहुबलको प्रयोग हुने गरेको, एउटा तस्करले तस्करीका लागि त्यस्ता जमातहरुको प्रयोग गरेको, बैदेशिक रोजगार ब्यवशायिहरुवाट बाहुबलको प्रयोग गरेको र राजनीतिक नेताहरुले समेत त्यस्ता समुहसंग संम्बन्ध कायम राखेको । यी प्रयोजन र प्रबृत्ति अपराधिक हुन की होईनन् ? अब नागरिक समुदायले बहस चलाउनु जरुरी छ । गुण्डा प्रयोग गर्ने ठेकेदारको लाइसेन्स खोस्न किन नसक्ने ? त्यस्ता ठेकेदारलाई कारवाही गर्न किन नसक्ने? गुण्डा र बाहुबलको प्रयोग गरेर ब्यवशाय चलाउनेहरुलाई कारवबहि किन नगर्ने ? कारबाहिलाई प्रभावित पार्न दवाव दिने राजनीतिक दलका कार्यकर्ताहरुलाई समेत अपराधिकै रुपमा कारवाही किन नचलाउने ?
यो घटना संगै मलाई भन्न मन लागेको छ, ए राजनीतिक दलहरु हो ! तिमिहरु ‘हामी गुण्डा र अपराधीको संरक्षण गर्दैनौं त्यसो गरेमा हामीलाईपनि कारवाही गर’ भनेर सार्वजनिक घोषण गर्न सक्छौ ? या हाम्रा कार्यकर्तावाट त्यस्ता कार्य भएमा त्यसको संरक्षण हामिवाट हुदैन भनेर सार्वजनिक घोषणा गर्न सक्दछौ ? अझ गर्न सक्दछौ भने ‘हामी तस्करसंग संलग्न कार्यकर्ताका वारेमा जाँचपडताल गर्दछौं र हाम्रा कार्यकर्ताको सम्पत्तिको श्रोतको खोजि गरेर अनियमित ढंगले सम्पत्ति कमाउने कार्यकर्तालाई पार्टिवाट निस्कासन गर्दछौं’ भनेर सार्वजनिक घोषण गर । तिमीहरुले प्रमाण खाज्नै पर्दैन जनताले आफै कस्को सम्पत्ति अनियमित हो भन्ने प्रमाण जुटाईदिने छन् ।
जवसम्म राजनीति तस्कर, अपराधीहरुको चंगुलवाट मुक्त हुदैन तबसम्म समाजमा अपराध नियन्त्रण हुन सक्दैन । तसर्थ, यो बेला राजनीतिक दलहरुको बक्तब्य र सहानुभूति भन्दा उनिहरु त्यसवाट मुक्तहुन गरिने अठोट समाज र नागरिकहरुका लागि महत्वपुर्ण हुन्छ । आफुभित्र सुद्धिकरण नगर्ने अनि फोस्रा बक्तब्य र प्रतिबद्धताको कुनै बजन मैले देखेको छैन ।
अपराधको अर्को मुख्य श्रोत दण्डहिनता हो । सक्रमणकालको नाममा बढिरहेको दण्डहिनतापनि राजनीतिक दलहरुमा नै गएर ठोकिन्छ । राजनीतिक दलहरुले सर्वदलिय सहमतिका नाममा कानूको खिल्लि उडाउदै अपराधिहरुलाई उन्मुक्ति दिएर दण्डहिनतालाई बढाई रहेकाछन् । दलहरुका यस्ता क्रियाकलापहरु नै कानूनी शासनका बाधक देखिदैछन् । दलहरु न्ययधिश होइनन् बरु उनिहरु सहजकर्तामात्र हुन । राजनीतिक हस्तक्षेका कारण जेलमा परेका अपराधिहरुलाई छुटाउन दलहरु संलग्न रहेको र सरकारलाई प्रभावित पारेर अपराधिहरुलाई आममाफी दिन खोजिएका घटनाहरुले अपराधिहरुको मनोबल बढाएको छ ।
भोलिका दिनहरु झन कठिन छन् भन्ने संकेत यादवको हत्याले देखाएको छ । राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारहरुमाथि त यस्तो घटना सहजरुमा घट्न सक्छ भने सामान्य नागरिकहरुको अवस्था कस्तो हुने हो ? यादवको हत्याले आफ्नो वीचारलाई स्वतन्त्ररुपमा राख्न पाउने मनोबल खस्केको छ । स्वतन्त्र चिन्तन र निर्धक्क भएर बोल्नेहरुको अनुहारमा उदाशी छाएको छ । उनिहरु खुल्लारुपमा कसरी बोल्ने र लेख्ने भन्ने चिन्तामा परेका छन् । यस्तो अवस्थामा उनिहरुको मनोबल उकास्न र सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । आज संचार जगत मात्र होइन सिंगो नेपाली समाज हिंसामुक्त समाजको माग गरिरहेको छ । उक्त मागको संम्बोधन राज्यलेमात्र गरेर पुग्दैन त्यसका लागि राजनीतिक दलहरुको प्रतिबद्धता र परिपालनापनि उतिकै महत्वपुर्ण छ ।
आज निर्धक्क पत्रकारितालाई समाप्तपार्ने दुस्प्रयास भएको छ । त्यसैको प्रतिफल हो यादवको हत्या । आज स्वतन्त्र पत्रकारितालाई निस्तेज पार्ने प्रयास हुदैछ, त्यसैको रुप हो यादवको हत्या र आज समाजलाई अपराधिहरुले चुनौति दिन थालेकाछन् त्यसैको उत्कर्ष हो यादवको हत्या । आज मानवअधिकार रक्षकहरुको सुरक्षामा राज्य उदाशिन र लापरवाह छ, त्यसैको अन्तिम परिणाम हो यो घटना ।
अब सोचौं, बोलौं र बहश चलाऔं समाजमा अपराधको अन्त्य कसरी गर्ने ? हिंसा र अपराधको निवारण कसरी गर्ने? त्यस कार्यको मूख्य जवाफदेहिता, दायित्व र जिम्बेवारी कस्को हो ? जवाफदेहिता कमजोर बनिरहेको बर्तमान समाजमा बहश नचलाउने हो भने यस्ता घटनाको पुनराबृत्ति नहोला भन्न सकिन्न । आखिर हामी कहिलेसम्म चुप रहने अनि यो नियती कतिन्जेलसम्म दोहोरी रहने ?
( लेखक - मानवअघिकारवादी तथा आ डि एफ नेपाल संगसमन्धित हुनुहुन्छ)


Friday, 6 April 2012

पत्रकार यादवको यादमा…………….

पदम गौतम
गत २१ चैतको राति झापामा हत्या गरिएको पत्रकार साथी यादव पौडेल मेरो सहकर्मी र सहयात्री मात्र थिएन, एक कक्षादेखि अहिलेसम्मको लगातार उस्तै सम्बन्ध भएको एक मात्र साथी पनि थियो । उसँगका नयाँ पुराना कतिपय घटना, संस्मरण र अनुभूतिहरुले मलाई अहिले घेरिरहेका छन् । काम र अन्तै पुगेजस्तो बिर्सन खोज्छु तर साथीभाइ र घरगाउँबाट आउने टेलिफोन कलले मलाई झस्काइरहन्छ । ३५ बर्षदेखि निकै नजिकको साथी,उही पेशा र उस्तै पृष्ठभूमि आदिका कारण म ऊसँगको संस्मरण कहाँबाट शुरु गरुँ भन्ने अन्यौलमा छु ।
घटना भएको रात म केही पढ्ने मुडमा भएका कारण टेलिफोन बन्द गरेर सुतेको थिएँ । भोलिपल्ट मोबाइल खोल्ने बित्तिकै बुधबार बिहानै राजधानी दैनिकका सहकर्मी मित्र डिल्ली आचार्यले टेलिफोन गरेर यादवको हत्या भएको समाचार सुनाउँदा म स्तब्ध भएँ । मेरो मुखबाट कुनै शव्द निस्किएनन्, हिक्कहिक्क भयो र के गर्ने,के भन्ने भन्ने अन्यौलमा परेँ । पूर्वका साथीभाइ र आफन्तहरुसँग सम्पर्क गर्न थालेँ । मेरो घरमा चार दिन पछि हुन लागेको हजुरआमाको चौरासी र भाइको ब्रतबन्ध कार्यक्रम पनि खल्लो हुन लागेको टिप्पणी सुनियो । गाउँमा प्रायः सबैका घरमा रुवाबासी चलेको थियो । गाउँका नयाँ पुस्ताका लागि आदर्श र पुराना पुस्ताका लागि मायाको पात्र थियो ऊ । श्रीमती र छोरा आफूसँगै झापामा राखेका कारण करिब सात दशक उमेर पार गरेकी आमा मात्र उसको घरमा एक्लो सदस्य थिइन् । यो परिवेश पनि थाहा पाएका मेरा गाउँले र त्यही घर भएका अन्य पत्रकार साथी अझ बढी स्तब्ध थिए । राजधानीकर्मी हुन् वा पूर्वतिरका अन्य पत्रकार साथीहरु, सबैजसोले मेरो र यादवको मित्रता र आबद्धता बुझेका कारण पनि उसका बिषयमा मसँग चासो राख्नेहरुको संख्या निकै बढी देखियो ।
२०६२ सालको आन्दोलन अघिको समयमा हाम्रो गाउँ सौंठा बजारमा भेट हुँदा ऊ अब गाउँको कपडा पसल छाडेर पत्रकारिता गर्ने भन्दै थियो । सोचेँ- यो उमेरमा आएर यसले पत्रकारिता सुरु गरेर के पो गर्ला र Û मुलुकको शासन व्यवस्था र परिवर्तनकामी बिचार नै कुल्चिइएको समयमा यो मान्छेले के गर्न खोजेको होला ?
यादवले मलाई त्यसको करिब डेढ बर्षपछि अनौठो निजी समाचार र आग्रहसहित झापाबाट फोन गर्‍यो । हाम्रै सहपाठी साथी तीर्थ सिग्देल झापामा स्थापित पत्रकार थिए । उनकै सहयोगमा यादवले झापाबाट पत्रकारिता शुरु गरेको रहेछ । म चाहिँ लोकतन्त्र आगमनसँगै शिक्षा पत्रकार समूहको एनजीओ शैलीको पत्रकारिता छाडेर मूलधारको लोभमा राजधानी दैनिक छिरिसकेको थिएँ । उसले मलाई राजधानीमा झापा प्रतिनिधि खाली भएका कारण आफूलाई त्यसमा राखिदिन आग्रह गर्‍यो । म उसको नजिकको साथी भएका कारण उसलाई सहयोग गर्नु मेरो कर्तव्य पनि थियो । तर, तत्कालीन सम्पादक मोहन दाहालसँग झ्वाट्टै मैले उसको नाम सिफारिस गर्न सकिन । अर्का राजधानी सहकर्मी गजेन्द्र बुढाथोकीमार्फत् उसलाई केही साता परीक्षणमा राख्ने निर्णय मात्र गराउँन सकेँ । मेरो डर ३० बर्ष कटेपछि पत्रकारिता सुरु गरेको यादवले केन्द्रको मर्म र भावना अनुसार काम गर्न सक्दैन कि भन्ने कुरामा थियो । स्थानीय पत्रिकामा काम गर्ने साथीका जोश, जाँगर र सपनालाई अवमूल्यन गर्न खोजिएको होइन, तर व्यक्तिगत रुपमा मेरो साथी भए पनि उसको कामको स्तर र पेशाप्रतिको इमान्दारीका बिषयमा मैले केही पनि जान्न पाएको थिइँन । अर्कोतिर आफैंले समयमा काम गरेको ज्याला त पाइएन भने अर्को साथीलाई किन पीडित बनाउने भन्ने सोच पनि पलायो । तर, यादव निस्कियो निकै अब्बल । दुई साताको परीक्षणपछि कुनै साथीले पनि समाचारमा गुनासो गर्नुपर्ने मौका नै दिएन उसले । त्यसपछि हामी ऊ बाँचुन्जेल सहकर्मी पनि बन्यौं । सहकर्मी मात्र होइन, ऊ जिल्ला रिपोर्टर र म जिल्लाव्यूरो प्रमुख भएका कारण दैनिकजसो नै सम्पर्क गर्नुपर्ने अवस्था रहृयो । दशैंतिहार वा अन्य जमघटमा हामी प्रायः सँगै नै हुन्थ्यौं,गाउँ वा राजधानीमा । मुलुकको राजनीतिदेखि सन् २०१२ को प्रलय मात्र होइन बाल्यकालको निकै फटाहा साथी ढके दमाईदेखि बाल्यकालमा स्कूलबाट भागेर पौडी खेल्दाको बदमासीका बिषयसम्म हाम्रा कुराकानीमा आउँथे ।
हामी सानो छँदा गाउँमा मण्डले र कम्युनिष्ट, कांग्रेस र कम्युनिष्ट वा अन्य बिभिन्न बिषयमा झगडा र झडपहरु भइरहन्थे । हामी भने सुइको पाउनेबित्तिकै कुलेलम ठोक्थ्यौं । तर यादव चाहिँ ऊबेला नै भालेहरुको झगडा मिलाउने भन्दै अघि सथ्र्यो । खतरासँग खेल्ने उसको यो आदत बाँचुन्जेल जारी रहृयो भन्न सकिन्छ । ऊ समाचार नबन्ने सामाजिक बिषयमा पनि उसले समाजमा सकैको हित हुन्छ भने त्यसमा आफ्नो धारणा राख्दै कामकालागि दवाव दिने गथ्र्यो । पछिल्लो समयमा पत्रकारितामा लागेर झापामा बस्दा उसले देखाएको सक्रियताले पनि उसमा रहेको यो शैली जीवन्त नै रहेको प्रमाणित गर्छ । के थाहा र उसको हत्याका पछाडि हत्यारालाई उसको यो आदत मन नपरेको पनि हुनसक्छ ।
अहिले मलाई सम्झना आउँछ, यादव अत्यन्तै स्वप्नजीवी मानिस थियो । त्यसैले गर्दा नै ऊ गाउँको व्यापार छाडेर पत्रकारिताजस्तो जोखिमपूर्ण पेशामा फाल हान्न आइपुगेको थियो । हामीसँग गरेका बाल्यकालका हरेक उट्पट्याङ काममा उसले देखाउने गरेको प्रतिक्रिया म अहिले संझिरहेको छु । उसको प्रतिक्रिया हामीभन्दा फरक,तीखो र निकै पछिसम्म सोच्न बाध्य पार्ने किसिमको हुन्थ्यो । पछिल्लो समयमा मोफसलमा बसेर पनि पत्रकारितामा भएको लगानी र श्रमजीवीका अपेक्षा, पत्रकारिता र राज्यको अवस्थाजस्ता बिषयमा उसले निकै परिपक्व धारणा बनाएको थियो । आखिर नेपाली भाषामा नै काम गर्ने त हो नि Û भन्दै हामी दुईभाइ झण्डै सीमापारीको प्रवासमा बसेर पत्रकारिता गर्ने भन्दे मेची तरेका थियौं तीन बर्षअघि ।
अहिले यादवका बिषयमा केही लेख्न बस्दा म शव्दबिहीन भएको छु । पेशाका कारण भएका भेटघाटले होइन, बाल्यकाल अर्थात् पहिलो दिन स्कुल जाँदा भेटिएको उसको अनुहारले मलाई अझै जिस्क्याइ रहेजस्तो लाग्छ । बीचको तीन दशकको लामो संगत । अहिलेकै सन्दर्भमा हाम्रो पेशामाथि उसले टिप्पणी गरिरहेजस्तो लाग्छ-कायरहरुले मलाई मारेपनि पदम, तँ छस् र धेरै साथीहरु छन् । म चाहिँ भारी मनले भनिरहेको छु- अलबिदा यादव

Wednesday, 4 April 2012

झापाका पत्रकार पौडेलको हत्या-अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा छानविन समिति गठन

२२ चैत,  । झापाका पत्रकार यादव पौडेलको अज्ञात समूहले हत्या गरेको छ । एभिन्यूज टेलिभिजनका झपा संवाददाता पौडलको शव मंगलबारराति बिर्तामोड बसपार्क नजिक फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका ५/६ जनाको समूहले आक्रमण गरेको बताइएको छ । प्रहरीका अनुसार पौडेलको घाँटी रअनुहारमा धारिलो हतियारले प्रहार भएको छ ।
घटनामा संलग्न रहेको आशंकामा होटल व्यवसायी संघझापाका पूर्व अध्यक्ष युवराज गिरी होटल पूर्वाञ्चलका संचालक सोम ढकालसहितका १६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मोरङ्गको सिंजुवा घर भएका ३८ वषर्ीय पौडेल गएको ८ वर्षदेखि बिर्तामोडमा बसेर पत्रकारिता गर्दै आउनुभएको थियो ।
यादवको हत्याबारे छानविन गर्न नेपालपत्रकार महासंघले सात सदस्यीय समिति गठन गरेको छ । महासंघको आज विहान बसेको आकस्मिकबैठकले अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समिति आजैघटनास्थलतर्फ जाने छ । महासंघको आहृवानमा देशभर श्रद्धान्जिली सभा हुँदैछ ।
यसैबीच प्रधानमन्त्री डाक्टर बाबुरामभट्टराईले पत्रकार यादवको हत्यामा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ। प्रधानमन्त्री भट्टराईले पत्रकार महासंघका अध्यक्ष गाउँलेलाई फोन गरी घटनाकोछानविन र दोषीमाथि कारवाही गर्ने बताउनु भएको हो ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोगले पनि विज्ञप्ती निकालेर घटनाको भत्सना गरेको छ । आयोगले घट्नाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गरेर दोषी उपर कारबाही गर्न तथा मृतकका परिवारलाई छतिपूर्ति र राहतको व्यवस्था यथाशीघ्र गर्न पनि सरकारसंग माग गरेको छ । घट्नाको अनुगमनका लागि आयोगको विराटनगरस्थित क्षेत्रीय कार्यालयबाट टोली गएको छ ।

Sunday, 1 April 2012

अप्रिल फुलले सबैलाई हैरान




१९ चैत, काठमाडौं । आइतबार बिहानै भक्तपुरको लोकन्थली चोकमा बम राखेको हल्ला फैलियो । साँच्चै बम नै भएको आशंकाले स्थानीयबासिन्दा त्रसिद भए । प्रहरी र पत्रकार जम्मा भए । एकघण्टासम्म खोजतलास गर्दा पनि कहीँ कतै शंकास्पद बस्तु भेटिएन । कसैले अप्रिल फुल मनाएछन् भन्ने कुरा बल्ल मात्र पत्तो भयो ।
आइतबार धेरैले यसैगरी साथीभाइ र आफन्तसित ख्याल ठट्टा गरेर रमाइलो र हाँसिमजाक गरिरहेका छन् । फलानो ठाउँमा साथीले बोलाएको छ, अस्पतालमा आफन्त बिरामी भएर बसेको छ, मुलुकमा राजनीतिक परिवर्तन भयो जस्ता नभएका कुरा गरेर धेरैले छकाउन खोजे । अपि्रल फुल भन्ने थाहा नपाएका कतिले हो क्यारे भनेर पत्याए र दुःख पनि पाए । कतिले हैन झुक्यायो भनेर वास्ता गरेनन् । सामाजिक सञ्जाल फेसबुक मार्फत पनि धेरैले अपि्रल फुल मनाए । फेसबुकमा आइतबार बिहानैदेखि पोष्ट भएका अपि्रल फुल मनाउने खबरहरु यस्ता भेटिएः
‘लामो समयको परखाइ पछि आज देशमा खुशीयाली छाएको छ ।१० बर्से जन युद तथा दोश्रो आन्दोलनको चाहना, तेस्तै नेपाली जनताले चाहे आनुरुपको नयाँ संविधान आज बाट जारी हुँदै छ ।’
‘भर्खरै प्राप्त समाचार अनुसार नेपालमा नेपाली सेनाले सत्ता कब्जा ‘कू’ गरेको छ। प्रधानमन्त्री र बरिस्ठ नेताहरुलाइ सेनाले नजरबंदमा राखेको छ। काठमाण्डौ र देसका प्रमुख सहरमा कर्फ़्यु आदेस जारी गरिएको छ। ठुलो संख्यामा हतियारधारी सेना परिचालन गरिएको छ। नेपाल टेलिभिजनलाई अन्तर्बार्ता दिदै सेना प्रमुख़ छत्रमान गुरुंगले संविधान नबन्ने पक्कापक्कि भैसकेपछि आफ़ुले यो कदम उठाउनु परेको जानकारी दिनुभयो। जर्नेल गुरुंगले केहि दिन मै राजालाइ प्रत्यक्ष शसनमा ल्याई सत्ता हस्तांतरण गर्ने समेत बताउनुभयो।’
‘माओवादीका उपाध्यक्ष मोहन वैद्यले राजनैतिक सन्यासको घोषणा गर्नुभएको छ । संस्थापन पक्ष पार्टी हित विपरित हिँडेको र जनयुद्धको मर्मलाई लत्याउँदै आत्मर्समर्पण गर्ने दिशामा गएको निश्कर्षनिकालेका वैद्यले आजदेखि राजनैतिक सन्यास लिएको घोषणा गर्नुभएको हो । आज विहानै आफ्नै निवास गोँगबुमा केहि संचारकर्मीलाई बोलाएर वैद्यले आफु अब स्वतन्त्र भएको जानकारी दिनुभयो । आफु नेपालको राजनीतिबाट विरक्तिएर सन्यास घोषणा गरेको उहाँले बताउनुभएको छ । माओबादी पार्टीभित्र असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वैद्य आफ्नै समुहभित्रका नेताहरुबीच पनि पार्टी फुटाउने र जुटाउने विषयमा विभाजित भएपछि धर्मसंकटमा पर्नुभएको थियो । उहाँ आफैँ संस्थापन पक्षलाई आफ्नो कार्यदिशामा ल्याउन अधिकतम प्रयास गर्नुपर्ने तर पार्टी विभाजन गर्न नहुने पक्षमा रहनुभएको थियो । तर, वैद्य समुहका सचिव सिपी गजुरेल र स्थायी समिति सदस्य नेत्र विक्रम चन्द विप्लव कुनै हालतमा पार्टी फुटाउने मनस्थितिमा पुगेपछि वैद्य विरक्तिएको स्रोतले बताएको छ । संचारकर्मीसँग छोटो कुराकानी गर्नुभएका वैद्यले भने पार्टीका कुनै विषय उठान गर्नुभएन ।
यसैबीच मोहन वैद्य पक्षीय मानिने संसदीय दलका मुख्य सचेतक देव गुरुङ हिजो नेपालगंजमा आयोजित संस्थापन पक्षीय प्रशिक्षणमा सहभागि भएपछि वैद्य समुहमा अनेक आशंका गरिएको छ । असन्तुष्ट पक्षको नेतृत्व गर्नुभएका वैद्यले राजनीतिक सन्यास लिनु र गुरुङ संस्थापन पक्षको प्रशिक्षणमा जानु अनौठो संयोग मानिएको छ ।’
‘नेपाल चलचित्र विकास बोर्डले वयस्क चलचित्र चपली हाइटलाई आजदेखि नेपालमा सार्वजनिक प्रर्दशनमा प्रतिबन्ध लगाएको छ। चलचित्रले यौनविकृति बढाउनमा प्रोत्साहित गरेको, खासगरी प्लसटु पढ्ने विद्यार्थीहरुमाझ गलत सन्देश प्रवाह गरी यौन विकृति बढाएको भनि अभिभावकहरुले हेलो सरकारमा उजुरी गरेपछि बोर्डले प्रधानमन्त्रीको सोझो आदेशमा चपलीहाइटमाथि प्रतिबन्ध लगाएको हो। सूचना तथा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हाली रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले बोर्डका अध्यक्ष गणेश भण्डारीलाई बालुवाटारमा चपलीहाइटमा प्रतिबन्ध लगाउन निर्देशन दिएको स्रोतले जनाएको छ।
साथै, मास्क लगाएका लुटेराहरूको तस्बिर राखेर अपाराधिक क्रियाकलापलाई प्रोत्साहित हुने गरी समाचारको शैलीमा विज्ञापन सामग्री तयार पार्ने गोल्छा समूहसहित विज्ञापन एजेन्सी र त्यसलाई प्रकासित गर्ने सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताअनुसार कारबाही अगाडि बढाउन प्रधानमन्त्रीले प्रेस काउन्सिललाई निर्देशन दिएका छन्  ’
अप्रिल फुल मनाउने उदेश्य सहित पोष्ट भएका यस्ता खबरलाई धेरैले पत्याएनन् । थाहा नभएका कतिलाई अन्योल र अलमल भयो । शनिबार मात्रै परेको चैते दशैं र रामनवमीको ख्याल नगर्नेहरुले पनि आइतबारको अप्रिल फुललाई महत्व दिए । तर, यसले धेरैलाई दुःख र हैरानी व्यहोर्ने परेकोमा ख्याल चाहिं गरेनन् । नभएका कुरा गरेर अप्रिल फुल मनाउनेहरुको कारण आज आइतबार भएका वास्तविक घटना पनि अप्रिल फुल हो कि भनेर पत्याउन गाह्रो हुने स्थिति देखिएको छ ।

चलचित्र चपलीहाईट कोरियामा -लाइबेरी स्थापना सहयोगका लागि


रामु लम्साल ,सिओल ,कोरिया।
 
नेपाली चलचीत्र क्षेत्रमा हंगामा मच्याउन सफल र नेपाली दर्शकले अत्याधिक मन पराएका सुपर हिट चलचित्र 'चपलीहाइट 'अब कोरियामा रहेका नेपालीहरूले पनी ह्रेर्न पाउने भएका छन्। चलचित्रको छ्यांकन देखी चर्चामा आएको उक्त चलचित्र अहिले नेपाली दर्शकहरूको ढुकढुकी  बनेको छ। 
काभ्रेका दुर्गम ५ बिद्यालयमा लाईबेरी स्थापना गर्न आगमी मई ६ तारिखमा प्रदर्शन गर्न लागिएको उक्त चलचित्र नेपालकोरियाटाइमस डट कम र मेरो सिनेमा डट कमले संयुक्त रुपमा प्रदर्शन गर्न लागिएको बताइएको छ। 
यौन मनोविज्ञानमा आधारित उक्त चलचित्र दीपेन्द्र के खनालले निर्देशन गर्नुभएको हो । विनीता बराल, अमिर गौतम, राज घिमिरे आदिको मुख्य अभिनय रहेको चलचित्र अर्जुनकुमारले निर्माण गरेका हुन् । तीन पात्रबीचको मनोविज्ञान, सेक्स र मानवीय सम्बन्धको उतारचढाबलाई चलचित्रको मुख्य विषयवस्तु बनाईएको छ। । विश्वको चलचित्र बजारमा आफ्नो साम्राज्य विस्तार गर्दै अगाडि बढेको भारतीय चलचित्र अहिले संसारमा सबैभन्दा बढी दर्शकहरूले हेर्नेमा पर्दछ। तर गत साता भने काठमाडौंवासी दर्शकहरूले एउटा भारतीय चलचित्र नहेरेर नेपाली चलचित्र हेरिदिँदा भारतीय चलचित्रको नेपाल अधिकार किन्ने वितरकले घाटा सहनुपर्‍यो। कुरा चलचित्र ‘एजेन्ट विनोद’को हो। यो चलचित्रमा दुई भारतीय स्टार छन् सेफ अली खान र करिना कपुर। यो चलचित्रलाई २५ लाख नेपाली रकममा प्रदर्शन अधिकार किन्ने चलचित्र वितरक यतिबेला तिनछक परेका छन् नेपाली चलचित्र चपली हाइटको बजार देखेर। उता चलचित्रका निर्माता अर्जुनकुमारले राम्रो चलचित्र भएको र नेपाली दर्शकले अत्याधिक मनपराएको चपली हाईट हेर्न सम्पुर्ण कोरियाबासी नेपालीहरूलाई अनुरोध गर्नुभएको छ भने आयोजक नेपालकोरियाटाइम्स र मेरो सिनेमा डटकमले आज संयुक्त रुपमा एक बिज्ञप्ती निकालेर दुर्गमका बिद्यालयमा लाइबेरी स्थापना गर्ने पवित्र उदेश्य राखेर उक्त चलचित्र प्रदर्शन गर्न लागिएकोले सहयोग गर्न सम्पुर्ण संघ संस्था लगाएत कोरियाबासी नेपालिलाई आग्रह गरिएको छ। साथै बिज्ञप्तीमा उक्त चलचित्र प्रदर्शन हुने दिन अन्य कुनै पनी कार्यक्रम नजुधाइदिनुहुन पनीअपिल गरिएको छ।