पदम गौतम
गत २१ चैतको राति झापामा हत्या गरिएको पत्रकार साथी यादव पौडेल मेरो सहकर्मी र सहयात्री मात्र थिएन, एक कक्षादेखि अहिलेसम्मको लगातार उस्तै सम्बन्ध भएको एक मात्र साथी पनि थियो । उसँगका नयाँ पुराना कतिपय घटना, संस्मरण र अनुभूतिहरुले मलाई अहिले घेरिरहेका छन् । काम र अन्तै पुगेजस्तो बिर्सन खोज्छु तर साथीभाइ र घरगाउँबाट आउने टेलिफोन कलले मलाई झस्काइरहन्छ । ३५ बर्षदेखि निकै नजिकको साथी,उही पेशा र उस्तै पृष्ठभूमि आदिका कारण म ऊसँगको संस्मरण कहाँबाट शुरु गरुँ भन्ने अन्यौलमा छु ।
घटना भएको रात म केही पढ्ने मुडमा भएका कारण टेलिफोन बन्द गरेर सुतेको थिएँ । भोलिपल्ट मोबाइल खोल्ने बित्तिकै बुधबार बिहानै राजधानी दैनिकका सहकर्मी मित्र डिल्ली आचार्यले टेलिफोन गरेर यादवको हत्या भएको समाचार सुनाउँदा म स्तब्ध भएँ । मेरो मुखबाट कुनै शव्द निस्किएनन्, हिक्कहिक्क भयो र के गर्ने,के भन्ने भन्ने अन्यौलमा परेँ । पूर्वका साथीभाइ र आफन्तहरुसँग सम्पर्क गर्न थालेँ । मेरो घरमा चार दिन पछि हुन लागेको हजुरआमाको चौरासी र भाइको ब्रतबन्ध कार्यक्रम पनि खल्लो हुन लागेको टिप्पणी सुनियो । गाउँमा प्रायः सबैका घरमा रुवाबासी चलेको थियो । गाउँका नयाँ पुस्ताका लागि आदर्श र पुराना पुस्ताका लागि मायाको पात्र थियो ऊ । श्रीमती र छोरा आफूसँगै झापामा राखेका कारण करिब सात दशक उमेर पार गरेकी आमा मात्र उसको घरमा एक्लो सदस्य थिइन् । यो परिवेश पनि थाहा पाएका मेरा गाउँले र त्यही घर भएका अन्य पत्रकार साथी अझ बढी स्तब्ध थिए । राजधानीकर्मी हुन् वा पूर्वतिरका अन्य पत्रकार साथीहरु, सबैजसोले मेरो र यादवको मित्रता र आबद्धता बुझेका कारण पनि उसका बिषयमा मसँग चासो राख्नेहरुको संख्या निकै बढी देखियो ।
२०६२ सालको आन्दोलन अघिको समयमा हाम्रो गाउँ सौंठा बजारमा भेट हुँदा ऊ अब गाउँको कपडा पसल छाडेर पत्रकारिता गर्ने भन्दै थियो । सोचेँ- यो उमेरमा आएर यसले पत्रकारिता सुरु गरेर के पो गर्ला र Û मुलुकको शासन व्यवस्था र परिवर्तनकामी बिचार नै कुल्चिइएको समयमा यो मान्छेले के गर्न खोजेको होला ?
यादवले मलाई त्यसको करिब डेढ बर्षपछि अनौठो निजी समाचार र आग्रहसहित झापाबाट फोन गर्यो । हाम्रै सहपाठी साथी तीर्थ सिग्देल झापामा स्थापित पत्रकार थिए । उनकै सहयोगमा यादवले झापाबाट पत्रकारिता शुरु गरेको रहेछ । म चाहिँ लोकतन्त्र आगमनसँगै शिक्षा पत्रकार समूहको एनजीओ शैलीको पत्रकारिता छाडेर मूलधारको लोभमा राजधानी दैनिक छिरिसकेको थिएँ । उसले मलाई राजधानीमा झापा प्रतिनिधि खाली भएका कारण आफूलाई त्यसमा राखिदिन आग्रह गर्यो । म उसको नजिकको साथी भएका कारण उसलाई सहयोग गर्नु मेरो कर्तव्य पनि थियो । तर, तत्कालीन सम्पादक मोहन दाहालसँग झ्वाट्टै मैले उसको नाम सिफारिस गर्न सकिन । अर्का राजधानी सहकर्मी गजेन्द्र बुढाथोकीमार्फत् उसलाई केही साता परीक्षणमा राख्ने निर्णय मात्र गराउँन सकेँ । मेरो डर ३० बर्ष कटेपछि पत्रकारिता सुरु गरेको यादवले केन्द्रको मर्म र भावना अनुसार काम गर्न सक्दैन कि भन्ने कुरामा थियो । स्थानीय पत्रिकामा काम गर्ने साथीका जोश, जाँगर र सपनालाई अवमूल्यन गर्न खोजिएको होइन, तर व्यक्तिगत रुपमा मेरो साथी भए पनि उसको कामको स्तर र पेशाप्रतिको इमान्दारीका बिषयमा मैले केही पनि जान्न पाएको थिइँन । अर्कोतिर आफैंले समयमा काम गरेको ज्याला त पाइएन भने अर्को साथीलाई किन पीडित बनाउने भन्ने सोच पनि पलायो । तर, यादव निस्कियो निकै अब्बल । दुई साताको परीक्षणपछि कुनै साथीले पनि समाचारमा गुनासो गर्नुपर्ने मौका नै दिएन उसले । त्यसपछि हामी ऊ बाँचुन्जेल सहकर्मी पनि बन्यौं । सहकर्मी मात्र होइन, ऊ जिल्ला रिपोर्टर र म जिल्लाव्यूरो प्रमुख भएका कारण दैनिकजसो नै सम्पर्क गर्नुपर्ने अवस्था रहृयो । दशैंतिहार वा अन्य जमघटमा हामी प्रायः सँगै नै हुन्थ्यौं,गाउँ वा राजधानीमा । मुलुकको राजनीतिदेखि सन् २०१२ को प्रलय मात्र होइन बाल्यकालको निकै फटाहा साथी ढके दमाईदेखि बाल्यकालमा स्कूलबाट भागेर पौडी खेल्दाको बदमासीका बिषयसम्म हाम्रा कुराकानीमा आउँथे ।
हामी सानो छँदा गाउँमा मण्डले र कम्युनिष्ट, कांग्रेस र कम्युनिष्ट वा अन्य बिभिन्न बिषयमा झगडा र झडपहरु भइरहन्थे । हामी भने सुइको पाउनेबित्तिकै कुलेलम ठोक्थ्यौं । तर यादव चाहिँ ऊबेला नै भालेहरुको झगडा मिलाउने भन्दै अघि सथ्र्यो । खतरासँग खेल्ने उसको यो आदत बाँचुन्जेल जारी रहृयो भन्न सकिन्छ । ऊ समाचार नबन्ने सामाजिक बिषयमा पनि उसले समाजमा सकैको हित हुन्छ भने त्यसमा आफ्नो धारणा राख्दै कामकालागि दवाव दिने गथ्र्यो । पछिल्लो समयमा पत्रकारितामा लागेर झापामा बस्दा उसले देखाएको सक्रियताले पनि उसमा रहेको यो शैली जीवन्त नै रहेको प्रमाणित गर्छ । के थाहा र उसको हत्याका पछाडि हत्यारालाई उसको यो आदत मन नपरेको पनि हुनसक्छ ।
अहिले मलाई सम्झना आउँछ, यादव अत्यन्तै स्वप्नजीवी मानिस थियो । त्यसैले गर्दा नै ऊ गाउँको व्यापार छाडेर पत्रकारिताजस्तो जोखिमपूर्ण पेशामा फाल हान्न आइपुगेको थियो । हामीसँग गरेका बाल्यकालका हरेक उट्पट्याङ काममा उसले देखाउने गरेको प्रतिक्रिया म अहिले संझिरहेको छु । उसको प्रतिक्रिया हामीभन्दा फरक,तीखो र निकै पछिसम्म सोच्न बाध्य पार्ने किसिमको हुन्थ्यो । पछिल्लो समयमा मोफसलमा बसेर पनि पत्रकारितामा भएको लगानी र श्रमजीवीका अपेक्षा, पत्रकारिता र राज्यको अवस्थाजस्ता बिषयमा उसले निकै परिपक्व धारणा बनाएको थियो । आखिर नेपाली भाषामा नै काम गर्ने त हो नि Û भन्दै हामी दुईभाइ झण्डै सीमापारीको प्रवासमा बसेर पत्रकारिता गर्ने भन्दे मेची तरेका थियौं तीन बर्षअघि ।
अहिले यादवका बिषयमा केही लेख्न बस्दा म शव्दबिहीन भएको छु । पेशाका कारण भएका भेटघाटले होइन, बाल्यकाल अर्थात् पहिलो दिन स्कुल जाँदा भेटिएको उसको अनुहारले मलाई अझै जिस्क्याइ रहेजस्तो लाग्छ । बीचको तीन दशकको लामो संगत । अहिलेकै सन्दर्भमा हाम्रो पेशामाथि उसले टिप्पणी गरिरहेजस्तो लाग्छ-कायरहरुले मलाई मारेपनि पदम, तँ छस् र धेरै साथीहरु छन् । म चाहिँ भारी मनले भनिरहेको छु- अलबिदा यादव

No comments:
Post a Comment