रामु लम्साल ,सिओल ,कोरिया।
नेपाली
चलचीत्र क्षेत्रमा हंगामा मच्याउन सफल र नेपाली दर्शकले अत्याधिक मन
पराएका सुपर हिट चलचित्र 'चपलीहाइट 'अब कोरियामा रहेका नेपालीहरूले पनी
ह्रेर्न पाउने भएका छन्। चलचित्रको छ्यांकन देखी चर्चामा आएको उक्त चलचित्र
अहिले नेपाली दर्शकहरूको ढुकढुकी बनेको छ।
काभ्रेका दुर्गम ५
बिद्यालयमा लाईबेरी स्थापना गर्न आगमी मई ६ तारिखमा प्रदर्शन गर्न लागिएको
उक्त चलचित्र नेपालकोरियाटाइमस डट कम र मेरो सिनेमा डट कमले संयुक्त रुपमा
प्रदर्शन गर्न लागिएको बताइएको छ।
यौन मनोविज्ञानमा आधारित उक्त
चलचित्र दीपेन्द्र के खनालले निर्देशन गर्नुभएको हो । विनीता बराल, अमिर
गौतम, राज घिमिरे आदिको मुख्य अभिनय रहेको चलचित्र अर्जुनकुमारले निर्माण
गरेका हुन् । तीन पात्रबीचको मनोविज्ञान, सेक्स र मानवीय सम्बन्धको
उतारचढाबलाई चलचित्रको मुख्य विषयवस्तु बनाईएको छ। । विश्वको चलचित्र
बजारमा आफ्नो साम्राज्य विस्तार गर्दै अगाडि बढेको भारतीय चलचित्र अहिले
संसारमा सबैभन्दा बढी दर्शकहरूले हेर्नेमा पर्दछ। तर गत साता भने
काठमाडौंवासी दर्शकहरूले एउटा भारतीय चलचित्र नहेरेर नेपाली चलचित्र
हेरिदिँदा भारतीय चलचित्रको नेपाल अधिकार किन्ने वितरकले घाटा सहनुपर्यो।
कुरा चलचित्र ‘एजेन्ट विनोद’को हो। यो चलचित्रमा दुई भारतीय स्टार छन् सेफ
अली खान र करिना कपुर। यो चलचित्रलाई २५ लाख नेपाली रकममा प्रदर्शन अधिकार
किन्ने चलचित्र वितरक यतिबेला तिनछक परेका छन् नेपाली चलचित्र चपली हाइटको
बजार देखेर। उता चलचित्रका निर्माता अर्जुनकुमारले राम्रो चलचित्र भएको र
नेपाली दर्शकले अत्याधिक मनपराएको चपली हाईट हेर्न सम्पुर्ण कोरियाबासी
नेपालीहरूलाई अनुरोध गर्नुभएको छ भने आयोजक नेपालकोरियाटाइम्स र मेरो
सिनेमा डटकमले आज संयुक्त रुपमा एक बिज्ञप्ती निकालेर दुर्गमका बिद्यालयमा
लाइबेरी स्थापना गर्ने पवित्र उदेश्य राखेर उक्त चलचित्र प्रदर्शन गर्न
लागिएकोले सहयोग गर्न सम्पुर्ण संघ संस्था लगाएत कोरियाबासी नेपालिलाई
आग्रह गरिएको छ। साथै बिज्ञप्तीमा उक्त चलचित्र प्रदर्शन हुने दिन अन्य
कुनै पनी कार्यक्रम नजुधाइदिनुहुन पनीअपिल गरिएको छ।
No comments:
Post a Comment