१९ चैत, काठमाडौं । आइतबार बिहानै
भक्तपुरको लोकन्थली चोकमा बम राखेको हल्ला फैलियो । साँच्चै बम नै भएको
आशंकाले स्थानीयबासिन्दा त्रसिद भए । प्रहरी र पत्रकार जम्मा भए ।
एकघण्टासम्म खोजतलास गर्दा पनि कहीँ कतै शंकास्पद बस्तु भेटिएन । कसैले
अप्रिल फुल मनाएछन् भन्ने कुरा बल्ल मात्र पत्तो भयो ।
आइतबार धेरैले यसैगरी साथीभाइ र आफन्तसित
ख्याल ठट्टा गरेर रमाइलो र हाँसिमजाक गरिरहेका छन् । फलानो ठाउँमा साथीले
बोलाएको छ, अस्पतालमा आफन्त बिरामी भएर बसेको छ, मुलुकमा राजनीतिक परिवर्तन
भयो जस्ता नभएका कुरा गरेर धेरैले छकाउन खोजे । अपि्रल फुल भन्ने थाहा
नपाएका कतिले हो क्यारे भनेर पत्याए र दुःख पनि पाए । कतिले हैन झुक्यायो
भनेर वास्ता गरेनन् । सामाजिक सञ्जाल फेसबुक मार्फत पनि धेरैले अपि्रल फुल
मनाए । फेसबुकमा आइतबार बिहानैदेखि पोष्ट भएका अपि्रल फुल मनाउने खबरहरु
यस्ता भेटिएः
‘लामो समयको परखाइ पछि आज देशमा
खुशीयाली छाएको छ ।१० बर्से जन युद तथा दोश्रो आन्दोलनको चाहना, तेस्तै
नेपाली जनताले चाहे आनुरुपको नयाँ संविधान आज बाट जारी हुँदै छ ।’
‘भर्खरै प्राप्त समाचार अनुसार
नेपालमा नेपाली सेनाले सत्ता कब्जा ‘कू’ गरेको छ। प्रधानमन्त्री र बरिस्ठ
नेताहरुलाइ सेनाले नजरबंदमा राखेको छ। काठमाण्डौ र देसका प्रमुख सहरमा
कर्फ़्यु आदेस जारी गरिएको छ। ठुलो संख्यामा हतियारधारी सेना परिचालन
गरिएको छ। नेपाल टेलिभिजनलाई अन्तर्बार्ता दिदै सेना प्रमुख़ छत्रमान
गुरुंगले संविधान नबन्ने पक्कापक्कि भैसकेपछि आफ़ुले यो कदम उठाउनु परेको
जानकारी दिनुभयो। जर्नेल गुरुंगले केहि दिन मै राजालाइ प्रत्यक्ष शसनमा
ल्याई सत्ता हस्तांतरण गर्ने समेत बताउनुभयो।’
‘माओवादीका उपाध्यक्ष मोहन वैद्यले
राजनैतिक सन्यासको घोषणा गर्नुभएको छ । संस्थापन पक्ष पार्टी हित विपरित
हिँडेको र जनयुद्धको मर्मलाई लत्याउँदै आत्मर्समर्पण गर्ने दिशामा गएको
निश्कर्षनिकालेका वैद्यले आजदेखि राजनैतिक सन्यास लिएको घोषणा गर्नुभएको हो
। आज विहानै आफ्नै निवास गोँगबुमा केहि संचारकर्मीलाई बोलाएर वैद्यले आफु
अब स्वतन्त्र भएको जानकारी दिनुभयो । आफु नेपालको राजनीतिबाट विरक्तिएर
सन्यास घोषणा गरेको उहाँले बताउनुभएको छ । माओबादी पार्टीभित्र असन्तुष्ट
पक्षको नेतृत्व गर्दै आउनुभएका वैद्य आफ्नै समुहभित्रका नेताहरुबीच पनि
पार्टी फुटाउने र जुटाउने विषयमा विभाजित भएपछि धर्मसंकटमा पर्नुभएको थियो ।
उहाँ आफैँ संस्थापन पक्षलाई आफ्नो कार्यदिशामा ल्याउन अधिकतम प्रयास
गर्नुपर्ने तर पार्टी विभाजन गर्न नहुने पक्षमा रहनुभएको थियो । तर, वैद्य
समुहका सचिव सिपी गजुरेल र स्थायी समिति सदस्य नेत्र विक्रम चन्द विप्लव
कुनै हालतमा पार्टी फुटाउने मनस्थितिमा पुगेपछि वैद्य विरक्तिएको स्रोतले
बताएको छ । संचारकर्मीसँग छोटो कुराकानी गर्नुभएका वैद्यले भने पार्टीका
कुनै विषय उठान गर्नुभएन ।
यसैबीच मोहन वैद्य पक्षीय मानिने
संसदीय दलका मुख्य सचेतक देव गुरुङ हिजो नेपालगंजमा आयोजित संस्थापन पक्षीय
प्रशिक्षणमा सहभागि भएपछि वैद्य समुहमा अनेक आशंका गरिएको छ । असन्तुष्ट
पक्षको नेतृत्व गर्नुभएका वैद्यले राजनीतिक सन्यास लिनु र गुरुङ संस्थापन
पक्षको प्रशिक्षणमा जानु अनौठो संयोग मानिएको छ ।’
‘नेपाल चलचित्र विकास बोर्डले वयस्क
चलचित्र चपली हाइटलाई आजदेखि नेपालमा सार्वजनिक प्रर्दशनमा प्रतिबन्ध
लगाएको छ। चलचित्रले यौनविकृति बढाउनमा प्रोत्साहित गरेको, खासगरी प्लसटु
पढ्ने विद्यार्थीहरुमाझ गलत सन्देश प्रवाह गरी यौन विकृति बढाएको भनि
अभिभावकहरुले हेलो सरकारमा उजुरी गरेपछि बोर्डले प्रधानमन्त्रीको सोझो
आदेशमा चपलीहाइटमाथि प्रतिबन्ध लगाएको हो। सूचना तथा सञ्चार मन्त्रालयको
समेत कार्यभार सम्हाली रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले बोर्डका
अध्यक्ष गणेश भण्डारीलाई बालुवाटारमा चपलीहाइटमा प्रतिबन्ध लगाउन निर्देशन
दिएको स्रोतले जनाएको छ।
साथै, मास्क लगाएका लुटेराहरूको
तस्बिर राखेर अपाराधिक क्रियाकलापलाई प्रोत्साहित हुने गरी समाचारको शैलीमा
विज्ञापन सामग्री तयार पार्ने गोल्छा समूहसहित विज्ञापन एजेन्सी र त्यसलाई
प्रकासित गर्ने सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताअनुसार कारबाही अगाडि
बढाउन प्रधानमन्त्रीले प्रेस काउन्सिललाई निर्देशन दिएका छन् ’
अप्रिल फुल मनाउने उदेश्य सहित पोष्ट भएका
यस्ता खबरलाई धेरैले पत्याएनन् । थाहा नभएका कतिलाई अन्योल र अलमल भयो ।
शनिबार मात्रै परेको चैते दशैं र रामनवमीको ख्याल नगर्नेहरुले पनि आइतबारको
अप्रिल फुललाई महत्व दिए । तर, यसले धेरैलाई दुःख र हैरानी व्यहोर्ने
परेकोमा ख्याल चाहिं गरेनन् । नभएका कुरा गरेर अप्रिल फुल मनाउनेहरुको कारण
आज आइतबार भएका वास्तविक घटना पनि अप्रिल फुल हो कि भनेर पत्याउन गाह्रो
हुने स्थिति देखिएको छ ।
No comments:
Post a Comment