Saturday, 19 May 2012

कोरियामा नेपाल चिनाउने नेपालि



मीन प्रकाश उप्रेती
सोल (दक्षिण कोरिया)
दक्षिण कोरियाको ईन्छन सहर मानिसले भरिभराउ छ । सगरमाथा, बुद्ध र नेपाल झल्काउने  तस्बिर र लेखनहरु जताततै देखिएका छन् ।
नेपाली गीत र नृत्यले उत्तर क्षेत्र गुन्जमान छ । त्यहाँ प्रवेश गर्ने जो कोहीलाई पनि नेपालीपनले छोएको परैबाट देख्न पाइन्थ्ययो । दक्षिणकोरियामा गतआइतबार भएको ईन्छन महोत्सव २०१२ को दृश्य हो यो ।ईन्छन माहानगरपालिकाले आयोजना गरेको १५ राष्ट्र सम्मिलित अन्तराष्ट्रि ईन्छन् महोत्समामा नेपालीले जनस्थरबाटै सबै सामु नेपाललाई चिनाएको यो पहिलो पटक थियो ।
विदेशीको बाक्लो उपस्थिति रहेको  उक्त महोत्सवमा सगरमाथाको तस्बिर देखाउँदै एकजाना इन्डोनेसियन उनका साथीलाई उनकै भाषामा सोध्दै थिए, 'थाहा छ हिमालय कति उचाइमा छ ? ' उता "बुद्धको जन्म स्थान नेपाल" लेखिएको पोस्टर देखाउदै एक कोरियन प्रश्न गर्दै थिए बुद्ध नेपालमा जन्मिएका रहेछन् नि  मानौ उनी दुबिधामा थिए ।
 जतिबेला राष्ट्रिय भेषभुषामा सजिएका नेपालीहरूले नेपाली कला संस्कृति झल्काउने मादल,खैजडी, बा‌सुरि ,मुजुरा जस्ता बाद्यवादन  बजाउदै सांस्कृतिक झाँकी सहित कला प्रर्दशन गरे त्यतिबेला जोकोहि विदेशी पनि नेपाल हेर्न लालहित देखिन्थे ।
सो महोत्सवमा   नेपाल कोरिया सांस्कृतिक मन्चका अध्यक्ष रमेश श्रेष्ठको टोलीले  नेपाली गित,संगित तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रममा थप ऊर्जा यतिबेला आएको थियो  जतिबेला एचआरडीकोरियामा कार्यरत राजु कार्कीको नेतृत्वमा नेपाली पहिरनमा सजिएर राष्ट्रिय झण्डा फहराउदै नेपाली सो क्षेत्रमा प्रवेश गरेका थिए
 सो कार्यक्रमलाई सफल पार्न नेपाल कोरिया सांस्कृतिक मन्चले प्रमुख भूमिका निर्वाह गरेको थियो  भने नेवाःपुचले प्रदर्शनी स्थल राखेर नेपाल पर्यटन प्रवर्धन तथा लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार गरेको  थियो ।
निर्धारित समय भन्दा ठिला कार्यक्रम स्थलमा पुगेका राजदूत कमान सिह लामाले कार्यक्रममा नेपाललीले देखाएको नेपाली पनको खुलेर प्रश‌सा गरेका थिए । उक्त कार्क्रमा कोरिन मंन्त्रि  लगाएत उच्च पदश्त ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।













Friday, 18 May 2012

राजदूत लामा द्धवारा ओहदाको प्रमाण पत्र पेस ।

टप नेको -

 कोरियाका लागि नवनियुक्त नेपाली राजदूत कमानसिंह लामाले कोरियाका राष्ट्रपति ली मेयुङ वाक् समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गर्नु भएको छ ।  आफ्नो ४ वर्षे कार्यकालका लागि राजदूतको पद समहाल्न  लामाले उक्त ओहोदाको प्रमाण पत्र पेस गर्नु भएको  हो

ओहोदाको प्रमाणपत्र पेस गरे लगत्तै  राजदूत लामाले समाचार पत्र कर्मी मीन प्रकाश उप्रेती स‌ग कुरा गर्दै भन्नु भयो दुई देशबीचको मैत्री सम्बन्ध आगामी दिनमा अझै बढेर जाने विश्वास व्यक्त गरेको छु । सोही क्रममा कोरियाली राष्ट्रपति वाक्‌ले राजदूत लामाको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने वताउनुभएको राजदूत लामाले जानकारी दिनुभयो ।

उक्त  अवसरमा कोरियाका परराष्ट्र तथा व्यापार मन्त्री किम सुङ हृवाङ, नेपालका लागि राजदूत चाङ होजिन एवम् राष्ट्रपतिका सचिवहरुलगायत दूतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेको उपनियोग प्रमुख राजा राम वर्तौलाले बताउनु भयो ।