Thursday, 31 May 2012

सर्वोच्चका न्यायाधीश को गोली हानी हत्या (भिडियो सहित)





१८ जेठ, काठमाण्डौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
बंगलामुखी मन्दिरमा पूजा गरेर फर्कँदै गरेका न्यायाधीश बममाथि ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै अज्ञात समूहले गोली हानेको थियो । आक्रमणमा गम्भीर घाइते भएका न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उयपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक रक्तश्रावका कारण बमको मृत्यु भएको अस्पतालका निर्देशक भरत राउतले जानकारी दिनुभयो ।
पल्सर मोटरसाइकलमा आएको समूहले बा ८ च ९८५३ नम्बरको गाडीमा सवार बममाथि विहान ११ बजेतिर गोली प्रहार गरेको थियो । निकै साँघुरो सडकमा मोटरसाइकल आएपछि साइड दिन गाडी रोकेको समयमा बममाथि गोली प्रहार भएको थियो । न्यायाधीश बमको मुख, घाँटी, छाती र हातमा गोली लागेको प्रहरी महानिरीक्षक रविन्द्रप्रातप शाहले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको छ । घटनास्थलमा ५ ओटा गोलीको खोकासमेत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ‘अमर नेपाल’ नामक पार्टीको पर्चा भेटिएको छ । उक्त पर्चामा देशलाई अधोगति तिर धकेल्ने सबैको अवस्था यस्तै हुने उल्लेख छ ।
घटनामा न्यायाधीश बममा अंग रक्षक महेश गिरी र सँगै रहेका कलाकार दिपकराज गिरीका बुबा रामजी गिरीको भने अस्पतालमा उपचार भइरहेको छ । दुबैको सशल्यक्रिया भएको छ । उहाँहरुको अवस्था खतरामुक्त नरहेको बताइएको छ । बमका गाडी चालक अश्व लामालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
न्यायपरिषद्ले महाअभियोग लगाउन सिफरिस गरेपछि बमले लामो समयदेखि काम गर्नु भएको थिएन ।
यसैबीच न्यायाधीश बमको हत्याको विरोधमा आइतबार देशभरका सबै न्यायालय बन्द गरिने भएको छ । सर्वोच्च अदालतले पत्रकार सम्मेलन गरी बमको शव भोलि श्रद्धान्जलीका लागि सर्वोच्चमा राख्ने र भोलि नै अन्तिम संकार गर्ने बताएको छ ।
 

Monday, 28 May 2012

तोक्मे बुढालाई कोरियामा अभिन्नदन (फोटो फिचर सहित)


मीन प्रकाश उप्रेती (सोल)






दक्षिण कोरिया - चर्चित हास्यकलाकार तोक्मे बुढा(वोल्सन बिक्रम राई)लाइ कोरिया वासी नेपालीहरूले अभिन्दन गरेका छन् ।सोमबार झापामिलन समाज कोरियाले सोउलको ओम रेष्टुरेण्टमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई यसरि अभिन्दन गरिएको हो। नेपालकोरिया ब्यपार सङ्घले आयोजना गरेको सांकृतिक कार्यक्रमका लागि कोरिया आई पुगेका राईलाई एन आर एन कोरियाका अध्क्षय तथा झापा मिलन समाज कोरियाका सल्लाहकार के पि सिटौला   , झापा मिलन समाज कोरियाका अध्क्षय मीन प्रकाश उप्रेती, नेपाली दुतावासकोरियाका सहचारि तुलशि कोइराला लगाएत दर्जन बढी सङ्घ सस्थाहरुले  दोसल्ला ओढार्इ अभिन्दन गरेका थिए ।
मैले प्रवाशमा पाएको पहिलो अभिन्नदन हो भन्दै कालाकार  राईले भने ‘मलाइ आज अर्को थप प्रेण मिलेको छ,म मेरा पाइलाहरूलाइ अझ सशक्त बनाउदै तपाइहरूलाइ नयाँ कलाहरु पस्कदै जाने छु”।“प्रवाशमा पाएको तपाइहरूको अपार माया मेरोलागि मार्ग दर्शक हुने छ ”अभिन्नदन पछि बोल्दै चर्चित हास्यकलाकार वोल्सन बिक्रम राईले आफू जाहाँ र जस्तो सुकै अवस्थामा रहेपनि आफ्नो जन्म स्थान झापालाई कहिल्यै पनि भुल्न नसक्ने बताए । 'आफू राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रकै कलाकार किन नहुन कलाकारिताको पाठ पढेको स्थान झापा आफ्नो आत्मामा रहेको छ' राईको भनाई थियो । आफू जाहाँ भए पनि देश र जन्म स्थानलाई नभुल्न राईले अनुरोध गरे ।
  यसैगरि अभिन्दन कार्यक्रमका वक्ताहरूले आफूहरू जांहा भएपनि नेपाली कलालार्इ भुल्न नसक्ने बताउदै चर्चित  हांस्यकलाकार वोल्सन बिक्रम राई लाई कोरियामा अभिन्दन गर्न पाउदा गौरव लागेको बताए ।
 उता कार्यक्रमको उद्धेश्यबारे प्रस्ट पार्दै समाजका अध्यक्ष मीन प्रकाश उप्रेतीले भने कलाकार राष्ट्रिय गहना भएका कारण जाहाँ अनि जुन सुकै ठाउँमा भए पनि सजाएर राख्नु पर्ने बताए । अन्य देशको तुलनामा नेपालका कलाकारलाई राष्ट्रिय सम्मान कमी भएको चर्चा गर्दै कलाकारिता हाँस्ने र रमाउने मात्र नभई ज्ञानको श्रोत समेत भएको उप्रेतीको भनाई थियो ।
   यसै गरी अतिथिको आसनबाट बोल्दै एन आर एन कोरियाका अध्क्षय तथा झापा मिलन समाज कोरियाका सल्लाहकार के पि सिटौलाले  झापामिलन समाज दक्षिण कोरियाले गरेको कालाकार अभिन्नदन कार्यक्रमलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमलाई प्रवाशमा रहेका अन्य सङ्घ संस्थाहरुले शिक्षाको रूपमा लिनु पर्ने बताए ।देशका जुन सुकै कुनाका कलाकार किन नहुन यी हाम्रा सम्पतिहुन सिटौलाको भनाई थियो ।
उता अतिथिकै आशनबाट बोल्दै नेपाली दूतावास कोरियाका प्रतिनिधि सहचारि तुलशि कोइरालाले अभिनयको माध्याम बाट जनमानशमा सन्तुष्ति दिनु समान्य कुरा नभएको बताउदै  आफू यस्ताकुराको सधैँ सम्मान गर्न बताए ।

झापामिलन समाज दक्षिण कोरियाका अध्यक्ष मीन प्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजका सदस्य राजु सन्तोषि थापालेगरेका थिए भने स्वागत मन्तव्य समाजका सदस्य यामेश केदेम लिम्बुले गरेका थिए ।

Sunday, 27 May 2012

अर्को चुनाव मंसिर ७ मा,संविधान जारी नगरी संविधान सभा विघटन

१४ जेठ, काठमाडौं ।रजनैतिकदलका असक्षताका कारण  ६० वर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौंको रगतसँग साटिएको संविधानसभा आइतबार मध्यरात १२ बजे स्वत भंग भएको छ ।
यससँगै सरकारले दलहरुको असहमतिका बीच आगामी मंसिर ७ गते संविधानसभाको अर्को चुनाव गर्ने घोषणा गरेको छ । कांग्रेस र एमालेले निर्वाचन गर्ने निर्णय स्वीकार्य नभएको बताएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । अप्रिय हुँदा हुँदै पनि एक मात्र विकल्प भएकाले निर्वाचनमा जाने निर्णय गर्नु परेको अर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठक लगतै प्रधानमन्त्रीले राष्ट्रपति डा. रामवरण यादवलाई निर्णयबारे जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि निर्वाचन गर्ने प्रस्ताव गरेपछि एमालेसहितका दलका मन्त्रीहरुले बैठक बहिस्कार गरेका थिए । एमाले, राप्रपा, परिवार दलका मन्त्रीहरुले फेरि निर्वाचन गर्ने प्रस्तावमा असहमति जनाएका हुन् ।
यसअघि २०६४ साल चैत्र २८ गते संविधानसभाको निर्वाचन भएको थियो । निर्वाचनपछि ०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक बसेको थियो । २ वर्षका लागि गठन भएको संविधानसभाको म्याद पटक पटक थपेर आइतबार जेठ १४ सम्म अर्थात ४ वर्ष पुर्‍याइएको थियो । तर, अधिकांश विषयमा सहमति जुटेपनि संघीयताबारे सहमति हुन नसकेपछि संविधानसभा असफल भएको हो ।
सर्वोच्च अदालतले जेठ १४ भित्र संविधान निर्माण गर्न र नसके अर्को निर्वाचन, जनमत संकलन लगायतका संवैधानिक विकल्प खोज्न निर्देशन दिएको थियो ।