१८ जेठ, काठमाण्डौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
बंगलामुखी मन्दिरमा पूजा गरेर फर्कँदै
गरेका न्यायाधीश बममाथि ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै अज्ञात
समूहले गोली हानेको थियो । आक्रमणमा गम्भीर घाइते भएका न्यायाधीश बमको
थापाथलीस्थित नर्भिक अस्पतालमा उयपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक
रक्तश्रावका कारण बमको मृत्यु भएको अस्पतालका निर्देशक भरत राउतले जानकारी
दिनुभयो ।
पल्सर मोटरसाइकलमा आएको समूहले बा ८ च
९८५३ नम्बरको गाडीमा सवार बममाथि विहान ११ बजेतिर गोली प्रहार गरेको थियो ।
निकै साँघुरो सडकमा मोटरसाइकल आएपछि साइड दिन गाडी रोकेको समयमा बममाथि
गोली प्रहार भएको थियो । न्यायाधीश बमको मुख, घाँटी, छाती र हातमा गोली
लागेको प्रहरी महानिरीक्षक रविन्द्रप्रातप शाहले सञ्चारकर्मीहरुलाई जानकारी
दिनु भएको छ । घटनास्थलमा ५ ओटा गोलीको खोकासमेत भेटिएको प्रहरीले जनाएको छ
।
घटनास्थलमा ‘अमर नेपाल’ नामक पार्टीको पर्चा भेटिएको छ । उक्त पर्चामा देशलाई अधोगति तिर धकेल्ने सबैको अवस्था यस्तै हुने उल्लेख छ ।
घटनामा न्यायाधीश बममा अंग रक्षक महेश
गिरी र सँगै रहेका कलाकार दिपकराज गिरीका बुबा रामजी गिरीको भने अस्पतालमा
उपचार भइरहेको छ । दुबैको सशल्यक्रिया भएको छ । उहाँहरुको अवस्था खतरामुक्त
नरहेको बताइएको छ । बमका गाडी चालक अश्व लामालाई प्रहरीले अनुसन्धानका
लागि नियन्त्रणमा लिएको छ ।
न्यायपरिषद्ले महाअभियोग लगाउन सिफरिस गरेपछि बमले लामो समयदेखि काम गर्नु भएको थिएन ।
यसैबीच न्यायाधीश बमको हत्याको विरोधमा
आइतबार देशभरका सबै न्यायालय बन्द गरिने भएको छ । सर्वोच्च अदालतले पत्रकार
सम्मेलन गरी बमको शव भोलि श्रद्धान्जलीका लागि सर्वोच्चमा राख्ने र भोलि
नै अन्तिम संकार गर्ने बताएको छ ।
No comments:
Post a Comment