टप नेको-
सोल (दक्षिण कोरिया) ,
रोजगारका लागि कोरिया छिरेका दुई नेपालीले दुईदिन भित्र आत्माहत्या गरेका छन् । यसरि आत्माहत्या गर्ने हरुमा पोखरा बगर टेयाक्सिी चोकका नबिन कुमार गुरुङ्ग रहेका छन् भने अर्का प्यूठान स्याउलीबाङ ५ का ओमप्रसाद शेरचन रहेका छन् ।
गुरुङ्गले बुधवार बिहान १४ तलामाथिबाट हामफलि देह त्याग गरेका हुन भने शेरचनले मङ्गलवार बिहान झुण्डीएर आत्माहत्या गरेका हुन ।
गुरुङ्ग चौध महिना अघि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया प्रावेश गरेका थिए ।उनी थेगु स्थित दोङ्ग जिन वोल्डिङ्ग कम्पनीमा कार्यरथ थिए । गुरुङ्ग केही मैना अघि देखि मानसिक तनावमा रहेको सँगै कार्यरथ झापाका अर्जुन पनेरुले बताए । पनेरुले दिएको जानकारी अनुसार उनीले नेपाल फिर्ता हुनका लागि सोमबार बेलुका नौ तीसको थाईईयरको टिकट समेत गरेका थिए । साथी सँगै बिदाको हात मिलाउदै हिडेका गुरुङ्गको मृत्यु भएको सुन्दा आफू दुखी भएको पनेरुको भनाई थियो । पनेरुले अगाडि भने 'मलाई प्रहरीले फोनबाटै गुरुङ्गको मृत्यु भएको जानकारी गराउदै आवश्यक सोध पुछका लागि बोलाएको थियो " । तिन घण्टाको बयान पछि आफू फर्किएको पनेरुले बताए ।
गुरुङ्ग सोमबार बिहान बिदा भई अर्को सहर आन्शानमा पुगेको र म घर फर्कन लागेको भन्दै हिडेको साथी दुर्गा दाहालले बताए । तर सोमबारको उडानमा उनी नभए पछि उनको खोजिकार्य सुरु भएको थियो ।
गुरुङ्गले उनी कार्यरथ कम्पनी बाट नजिकै रहेको थेगु दङ्गदेगु रेल स्टेसनको पछाडि पट्टि यस डि अपार्टको १४ तलाबाट हामफालेको प्रहरी र स्थानीय वासीले बताएका छन् । उनी १४ तलामाथिको बाहिरी भागमा रहेको फलामको डण्डि हातले समाएर झुण्डिएको अवस्थामा प्रहरीले देखेका थिए । उनलाई बचाउन आवश्यक प्रवन्ध मिलाउनु दुईमिनट पूर्व उनी माथिबाट भुईँमा बजारिन पुगेको प्रहरीले जनाएको छ ।
यसैं गरी शेरचनले मङ्गलवार बिहान आफू कार्यरथ कम्पनीकै शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी छनान फेक्सकदोङमा रहेको ‘सामा सिजन’ नामक कम्पनीमा काम गर्दै आएका थिए । आत्माहत्या गर्नु पूर्व उनी उपचारको लागि भन्दै मङ्गलवार बिहान कंम्पनिबाट बिदामा बाहिर निस्किएका थिए भने करिब १२ बजेतिर उनी शौचालयमा झुण्डिएर मृत अवस्थामा रहेको सोही कम्पनीमा कार्यरथ एक बिदेशिकामदारले फेला पारेका थिए ।
रोजगार अनुमति प्रणाली लागू भएयता यसरि कोरियामा आत्माहत्या गर्नेको सङ्ख्या दश पुगेको छ ।

कतै १५ तला , कतै १४ तला कतै त ५ तला नि देखियो | हैन हामफालेको चाहिं कति औं तलाबाट हो ? सबै चोरेको समाचार सम्प्रेसण गररे केहि फरक पारु भन्दा यथार्थ नै हराउने समाचार बनिरहेको छ यहाँ |
ReplyDelete