टप नेको ,कोरिया
सउल। रोजगारीका लागि आकर्षक
मानिएको दक्षिण कोरिया पछिलो समयमा नेपाली सामाग्रीहरुको आकर्षक
बजार बन्दै गएको छ । नेपाली सामान र नेपाली होटलमा बनाईने खाना कोरियन
लगाएत अन्य देशका नागरिकको आर्कषण बनेको छ । कोरियामा ब्यपारिक भिसामा प्रवेश गर्ने नेपालीको संख्या तीन सयको
हाराहारीमा रहे पनि एक सय पचास नेपालीले मात्र ब्यबसाय सञ्चालन गर्दै आएका
छन् । जस मध्ये करिब दश जना नेपालीहरू कोरियामा सफल ब्यबसायीका रूपमा
स्थापित भएका छन् ।
बाग्लुङ्गका विनोद कुवँरले
कोरियामा होटल व्यवसाय संन्चालन गरी पैतिस जाना नेपालीलाई रोजगार दिएका
गरेका छन् भने दशजना कोरियन पनि उनको होटलमा काम गर्छन् ।
कोरियामा व्यवसाय सञ्चालनका
लागि आयात निर्यातमा आधारित सामान प्रसस्त रहेपनि नेपाल सरकारको असहयोगका कारण कठिनाई भएको कुवँरको
अनुभव छ । उनले भने-’आयात निर्यातका लागि कोरियन सरकारसंग कुरा राख्न हामीले
नेपाल सरकार सँगै अनुरोध गर्यौं, तर कुनै सुनवाई भएन ।’
कास्कीका मदन केसी नेपालकोरिया ब्यपार सङ्घका अध्क्षय
हुन् । उनी कोरियामा रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् । केसीको पनि गुनासो
उस्तै छ-नेपाली
दूतावास कोरियाले ब्यपार प्रर्बद्धनका
लागि आवश्यक सहयोग गरेन् निवर्तमान राजदूत कमल कोइराला र उपनियोग
प्रमुख यादव खनालबाट पाएको सहयोगसमेत हालका पदाधिकारिबाट पाउन नसकेको
उनको गुनासो छ ।
पर्वतका रुद्र शर्मा कोरियामा
लामो
समयदेखि
व्यवसाय सञ्चालक गर्दै आएका छन् । आयात निर्यात र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका शर्मा
कोरियामा भएको कृषि क्रान्तिलाई नेपालले अनुशरण गर्नु पर्ने बताउँछन्
। कृषिप्रधान देश नेपाललाई कोरियामा भएका सामाग्री निर्यात गर्न सके ठूलो
उपलब्धि हुने उनको धारणा छ । यसका लागि नेपाल सरकारले आवश्यक पहल गर्न
नसकेको शर्माको भनाई छ ।
झापाका केपी सिटौला कोरियामा
लामो समयदेखि पर्यटन र होटल ब्यबसायमा संलग्न छन् । कोरियामा सफल ब्यबसायीका रुपमा
चिनिएका सिटौला
कोरियाको मानार्थ नागरिकता पाउने
पहिलो
नेपाली पनि हुन् । हाल उनी एनआरएन
कोरियाका अध्यक्षयसमेत छन् । कोरिया र नेपालबिच धेरै ब्यापार सम्भावना
भएपनि नेपाल सरकारको ठोस नीति नभएका कारण सानो आकारमा खुम्चिनु परेको
बताउँछन सिटौला । अन्य कोरियामा सफल ब्यवशाहिका रूपमा भीम गुरुङ्ग, गंगा राई, बुद्धि गुरुङ्ग, बिपिन तामाङ्ग, राजेश लामा लक्ष्मण बोगटी लगाएत छन्
।
No comments:
Post a Comment