कोरियामा प्रवाशि फुटबल खेलको आयोजना- नेपालको प्रतिनिधित्व एन आर एन कोरियाले गर्ने
सउल,
कोरियाको सउल ग्लोबल माइग्रेन्ट सेन्टरले विदेशी कामदारहरूको कोरियाको बसाइ सहज बनाउन साथै कोरियन र विदेशीहरूबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पुर्र्याउने हेतुले यही आउँदो अप्रिल १५तारिकका दिन फुटबल खेलको आयोजना गर्ने भएको छ । उक्त खेलमा कोरियन तथा विदेशी कामदारहरूले टिम बनाइ भाग लिन सक्ने बताइएको छन् । फुटबल खेलप्रेमी विदेशी नागरिकहरूका लागि यो कार्यक्रम आफ्नो रुचि र खेलप्रेम दर्शाउने थलो बन्न सक्ने र एउटा अवसर हुनसक्ने देखिन्छ । यस खेलमा नेपालको प्रतिनिधित्व एन आर एन कोरियाले गर्ने भएको छ भने हाल कोरियामा बसोबास गरिरहनुभएका फुटबल खेलाडीहरू लगायत फुटबल प्रेमीहरूलाइ नेपालको टिमलाइ सफल बनाउन सक्दो सहयोग र प्रचार प्रसार गरिदिनुहुन एन आर एन कोरिया हार्दिक अनुरोध गर्दछ । साथै खेलमा भाग लिन इच्छुक नेपाली फूटबलप्रेमी खेलाडीहhttp://a8.sphotos.ak.fbcdn.net/hphotos-ak-ash4/s320x320/293699_2477325872159_1822875033_1546224_816277898_n.jpgरूलाइ निम्नलिखित व्यक्तिहरूसँग सम्पर्क राख्न अनुरोध गरिन्छ ।
एन आर एन कोरिया - उपाध्यक्ष –फूटबल कोअर्डिनेटर – राजु क्षेत्री(010-5098-7604)।
एन आर एन कोरिया - अध्यक्ष - के. पि. सिटौला (010-4767-5248)
फुटबल खेल हुने मितिः २०१२/०४/१५ १३:००~१६:००
स्थानः सउलयङदोङ छोदङहाक्यो 서울영동초등학교(यङदोङ प्राइमरि स्कुल ~ सउल यङदङफोगु दाङसान्दोङमा रहेको 서울영등포구 당산동 )
(यङदङफो सिजाङ 영등포시장역(5호선) स्टेसन - लाइन नं.५, गेट नं. १ बाट करिब १५ मिनेट ->सउल सङमो फ्यङवन서울 성모병원 ->देउ अपार्ट छेउको
No comments:
Post a Comment