लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक हिनामिना ।
मीन प्रकाश उप्रेती
कोरिया (सउल)
संघिय लोकतान्त्रिक लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक अनियमितता भएको खुलासा भएको छ ।
कोरिया शाखा परिषदका उपाध्क्षय लक्ष्मन राई ,सचिव नन्दु काबंङ्ग र सदस्य नगेन लिम्बुले संयुक्त सरुपमा सोमवार एक विज्ञप्ति प्रकाशित गरी युक्त कुराको खुलाशा गरेका हुन । उनी हरुले बिज्ञप्तिमा अगाडि भनेका छन् " गत मङ्सिर १० गते परिषदको बिराटनगरको आमसभाका लागि सङ्कलन गरिएको ६० हजार रुपया परिषदका कोरिया अध्क्षय नारद लिम्बुले हिनामिना गरेका कारण त्तकाल उक्त रकम सार्जनिक गर्न माग गर्दछैा " यसै गरी उनीहरूले आर्थिक सहयोग गर्नेहरुको नामावलि समेत लुकाई सहयोग दाताहरुको मनोबल गिराउने काम भएको भन्दै अभिलम्व सहयोग दाताहरुको नामावलि सार्वजनिक गर्न माग गरेका छन् ।
यसै प्रसङ्गमा परिषदका कोरिया उपाध्क्षय लक्ष्मन राईले भने अध्क्षय नारद लिम्बु को आर्थिक हिनामिना र अपारदर्शिताका कारण हामीले समाजमा प्रतिष्ठा गुमाउनु परेको छ । राईले अगअडि भने परिषदका केन्द्रीय अध्क्षय कुमार लिङ्गदेनले समेत त्तकाल कमिटिमा आर्थिक हिसाब किताब सार्वजनिक गर्न निर्देशन दिदा समेत अध्क्षय लिम्बुले सुनवाज्ञ नगरेको बताए ।उता सचिव नन्दु काबांङ्गले यसै बिषयकालागि कमिटिको बैठक बोलाउदा समेत अध्क्षय लिम्बु अनुपस्थित भएको बताए । यस्तो आर्थिक अनियमितता भएको शाखाका अध्क्षयलाई त्तकाल केन्द्रले बर्खास्त गर्नु पर्ने काबांङ्गको धारणा थियो ।
No comments:
Post a Comment