काठमाडौं, चैत १०- प्रधानमन्त्री निर्वाचनमा बाबुराम भट्टराईले श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई बर्खास्त गरेका छन्। मागे बमोजिम गिरीले पदबाट राजिनामा नदिएपछि शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनलाई बर्खास्त गरिएको हो। यसअघि बुधबार प्रधानमन्त्रीले गिरीलाई राजिनामा दिन आग्रह गरेका थिए।
आफ्नो आग्रहलाई बेवास्ता गर्दै गिरीले बचाउका लागि पत्रकार सम्मेलन गरेपछि प्रधानमन्त्री असन्तुष्ट थिए। 'आफूलाई सच्याउने भन्दा पनि उहाँ बढी प्रचारबाजी गर्नतिर लाग्नु भयो' प्रधानमन्त्री निकट स्रोतले भन्यो- 'म्यानपावर एजेन्सीसँगको मिलेमतोमा विदेश जाने गरिब नेपालीसँग पैसा असुलेको थाहा पाएपछि प्रधानमन्त्रीले राजिनामा गर्न भन्नुभएको थियो तर उहाँ मन्त्री पद जोगाउन शक्ति केन्द्र पो धाउन थाल्नु भयो।' बर्खास्त गर्न लागेको थाहा पाएकी मन्त्री गिरीले हिजो दिनभरि मन्त्री पद बचाउका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न खोजेकी थिइन्। गिरीको फोन अध्यक्ष दाहालका स्वकिय सचिव समीर दाहालले उठाएनन्। दाहालसँग छलफल गर्ने गिरीको प्रयास कतिसम्म भयो भने हिजो साँझतिर उनले अध्यक्ष दाहालका सुरक्षामा खटिएका एक इन्स्पेक्टरलाई फोन गरी उनले दाहालको समय मिलाइदिन आग्रह गरिन्। 'हामीले त्यस्तो कुरा गर्न मिल्दैन', ती सुरक्षाकर्मीले भने।
रोजगारीका लागि विदेश जाने नेपालीलाई आधिकारिक अनुमति दिने निकाय वैदेशिक रोजगार विभागमा ठूलो भ्रष्टाचार भइरहेको भन्ने गुनासो आएपछि यसलाई रोक्न प्रधानमन्त्री भट्टराईले श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशक नियुक्त गरेका थिए। भट्टराईले ठगी गर्ने म्यानपावरलाई तत्काल कारवाही गर्ने र बैंक मार्फत् मात्र आर्थिक कारोबार गर्ने व्यवस्था सुरु गरेका थिए। व्यक्तिगत रुपमा कामदार पठाउन समेत कडाइ गरिएको थियो। विभागमार्फत् अनियमितता हुन नपाउँदा व्यवसायीहरुको खाइपाइ आएको स्रोत बन्द हुन पुगेको थियो। यही कारण म्यानपावर व्यवसायीले महानिर्देशक भट्टराई हटाउन ठूलो लबिङ गरे र मन्त्री गिरीको सहमतिमा उनलाई केही दिनअघि मन्त्रालय सरुवा गरियो।
सरकारी अध्ययन अनुसार विभागमार्फत् दैनिक २० लाख रुपैयाँको भ्रष्टाचार हुनेगर्छ। विभागको गिरोह यतिसम्म बलियो हुने गरेको मानिन्छ कि घुसको भाग विभाग महानिर्देशकदेखि विमानस्थल अध्यागमनसम्म पुग्ने गर्छ।

good step we have to stop her to come as minister again if some one is remove from the coureptin case dont give him or her the same post again.
ReplyDelete