Thursday, 22 March 2012

फ्रिज खोल्दा करेन्ट लागेर झापामा एकको मृत्यु

राजु अधिकारी, झापा, चैत ९- घरैको रेफ्रिजरेटर खोल्ने क्रममा करेण्ट लागेर बिहीबार बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ। पृथ्वीनगर-५ निवासी ४२ वर्षीय तुलसीराम श्रेष्ठको करेण्ट लाग्दा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान पौने आठमा श्रेष्ठले फ्रिज खोलेका थिए। त्यसको ढोका खोल्नासाथ उनलाई करेण्ट लागेको थियो। त्यहीँ ढलेका श्रेष्ठलाई उपचारका लागि तत्कालै मेची अञ्चल अस्पताल लगिएको थियो।तर, उनको ज्यान जोगिन सकेन।

No comments:

Post a Comment