Wednesday, 21 March 2012

भारतिय सभासद सभाहलमै अश्लिल भिडियो हेर्दै

नयाँ दिल्ली, चैत ८ (एजेन्सी) - संसद भवनभित्र गुजरातका दुई सांसदहरु टेबलेटमा अश्लिल भिडियो क्लिप हेरिरहेको अवस्थामा भेटिएका छन्। कर्नाटकमा संसादको चालुसत्रमा यस्तै भिडियो हेर्ने तीन सांसद निलम्बनमा परेको खबर सेलाउन नपाउँदै गुजरातको सांसदमा भारतीय जनता पार्टी (बिजेपी)का सांसदको यस्तो चर्तिकला सार्वजनिक भएको हो।
शंकर चौधरी र जेथाह धारवादले दुई पोर्न क्लिप हेरिरहेको टेलिभिजनहरुले देखाएका छन्। स्थानीय टेलिभिजन च्यानलका रिपोर्टरले उनीहरुको यस्तो गतिविधिलाई कैद गरेका थिए। उनीहरुले पोर्न भिडियो हेरिरहँदा राज्यका बिजेपी अध्यक्ष संसदमा प्रवेश गरिरहेका थिए। उनलाई देखेपछि उनीहरुले पोर्न भिडियो छाडेर स्वामी विवेकानन्दको क्लिक हेर्न थालेका थिए।

बिजेपी सांसदहरुले भने घटनाको खण्डन गर्दै कङ्ग्रेसको चालबाजी भएको बताएका छन्। एक महिना अघि यस्तै गरी बिजेपीकै तीन सांसदहरु कर्नाटकमा अश्लिल भिडियो हेर्दा समातिएका थिए।

No comments:

Post a Comment