Tuesday, 20 March 2012

कोरियाली भूमिमा नेपाली अन्तराष्ट्रिय नारिदिबस

मीन प्रकाश उप्रेती
कोरिया( सउल)
दक्षिणकोरियाको राजधानी सउलमा नेपाली हरुले एक कार्यक्रमका बिच अन्तराष्ट्रिय नारिदिवस सम्पन्न गरेका छन् । संसार भरका संम्पुर्ण महिला एक हैा भन्ने मुलनाराका साथ कोरिया स्थित नेपाली महिलाहरुको संस्था माईग्रेण्ट वुमन फर वुमनले आयोजना गरेको उत्तकार्क्रम नेपाली दूतावासको सभाहलमा आइतबार सम्पन्न भएको हो ।
उक्तकार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपालिदुतावास कोरियाका कार्यवाहाक राजदूत राजाराम र्वतैोलाले महिला अधिकारका लागि शिक्षा र चेतनाको आवश्यकता भएको बताए । नेपाली महिला हरू बस्तवमानै अझै सम्म पनि पिडा र घरेलु हिङ्गसाको सिकार भैरेहेको बताउदै बलियो कानुन र त्यसको कडाईका साथ पालना गराउन राज्य सम्मेदनशिल हुनु पर्ने बताउदै कोरियामा नेपाली महिलाका लागि पर्ने समस्यामा दूतावास सहयोगका लागि तयार रहेको बताए । यसै गरी एन. आर. एन .कोरियाका अध्क्षय के पी सीटैालाले राजनैतिक अस्थिरताका कारण महिलामा पिडां र हिङ्गसा कम नभएको धारणा राखेका थिए । उता पत्रकार माहासंघका केन्द्रीय पार्शद तथा झापा मिलनसमाजका अध्क्षय मीन प्रकाश उप्रेतोले प्रवाशि भूमिमा नेपाली महिलाले सङ्गठन निर्मार्ण गरी महिला हितका लागि गरेको कार्यको प्रशंसा गर्दै आफ्नो कलम पीडित र अपहेलित महिलाहरुको लागि सदा सर्मपित रहने बताउदै झापामिलन समाजले महिला अधिकारका लागि सदा हातेमालो गर्दै सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । पत्रकार माशासंघ कोरिया शाखाका सचिव अशोक मैनालिले हालसालै पनि बोक्सीको आरोपमा एक महिलालाई छोरीका अगाडि जलाएर मारिएको प्रशंङ्ग उल्लेख गर्दै यस्ता दमनलाई रोक्न राज्य कडाईका साथ लाग्नु पर्ने बताए ।
यसै गरी एन आर एन आई सि सि प्रतिनिधि डा. देवी बाहादुर बस्नेत ,नेपाल कोरिया ब्यपार सङ्घका अध्क्षय मदन केसी,आदिबाशि जनजाति माहासंघका कोरिया अध्क्षय चङ्ग कुमार गुरुङ्ग , एन डि एफ कोरियाका अध्क्षय कुमार राई , जनसंम्पर्ग समिति कोरियाका अध्क्षय गंगाराई , महिला प्रतिनिधि साहारा राई, नेपाली संम्पर्ग समितिका कार्यबाहाक अध्क्षय शंखर बस्नेत ,एच आर डि का प्रतिनिधि राजु कार्कि, मगर सङ्घ कोरियाका प्रतिनिधि लगाएतका बक्ताहरुले महिला दमनको चर्को विरोध गरेका थिए ।
नेपाली संस्था माईग्रेण्ट वुमन फर वुमनलाई सहयोग गरेबापत एम टि यु प्रतिनिधि उदय राई , पत्रकार माहासंघ कोरिया शाखाका पूर्व अध्क्षय रघु त्रीपाठि ,नेपाल कोरिया ब्यपार सङ्घका अध्क्षय मदन केसी लगाएतका समाज सेबिहरुलाई नेपालिदुतावास कोरियाका कार्यवाहाक राजदूत राजाराम र्वतैोलाले खादा पहिराई सम्मान गरेका थिए ।
कार्यक्रममा महिला प्रतिनिधि तथा साहित्यकार प्रगति राईले महिला हिङ्गसा विरुद्धको पिडादाई कविता प्रस्तुत गरेकी थिइन ।
संस्थाकि अध्क्षय कोपिला राईको सभापतित्वमा सम्मपन्न कार्क्रको सञ्चालन सचिव बीमला श्रेष्ठ ले गरेकी थिइन भने स्वागत मनत्वय साहारा राईले गरेकी थिइन ।

No comments:

Post a Comment