वैठकमा सहभागी एक नेताका अनुसार
दाहालले 'वैद्य पक्षले अहिले उठाइरहेका विषयहरु छापामार युद्धबा मात्रै
प्राप्त हुने भएकाले पनि त्यो वाटो आत्मघाती भएको' बताएका थिए। 'किरण
(वैद्य)जीहरुले जे कुरा उठाइरहनुभएको छ, त्यो प्राप्त गर्न छापामार युद्धमा
नै जानुपर्ने हुन्छ जुन आत्मघाती हो' दाहालको भनाई उद्धृत गर्दै ती नेताले
भने। दाहालले यसो भनेर 'वैद्य पक्षले छापामार युद्धको कार्यदिशा लिएको'
संकेत गरेका थिए।
दाहालले आफुले वैद्य पक्षसँग छलफल
गरेर पार्टीलाई एकवद्ध बनाउन अन्तिम प्रयास गर्ने जानकारी पनि गराएका थिए।
त्यसको लागि वैद्य पक्षसँग छलफल गरी केन्द्रीय समितिको पुर्ण वैठक वोलाउने
र त्यही सबै विषयहरुमाथि छलफल गर्ने दाहालको भनाई थियो। 'अध्यक्षले किरण
(वैद्य) पक्षसँग छलफल गरेर केन्द्रीय समितको वैठक बोलाउँछु भन्नुभयो। र,
त्यही वैठकमा सबै विषयमा छलफल गर्ने जानकारी गराउनुभयो', वैठकमा सहभागी
केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने।
सरकार र पार्टीको नेतृत्व विरुद्ध
आन्दोलनको घोषणा नै गरेको वैद्य पक्ष केन्द्रीय समिति वैठकमा अनुपस्थित हुन
सक्नेतर्फ पनि दाहालले संकेत गरेका थिए। उनले वैद्य पक्ष नआए संस्थापनको
मात्रै भएपनि वैठक गरेर अघि बढ्ने योजना पनि सुनाएका थिए। 'किरण
(वैद्य)जीहरु नआए अकर्मण्डय भएर बस्न मिल्दैन। अहिलेकै वैठकलाई निरन्तरता
दिएर निर्णय गर्नुपर्ने स्थिति आउनसक्छ', दाहालको भनाई थियो। उनले त्यस्तो
स्थितिमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने पनि बताएका थिए।
पोखरेलका अनुसार अध्यक्ष दाहालले
'पार्टीलाई कसरी एकवद्ध गर्न सकिन्छ? भन्नेमा विगतमा आफुले गरेको विषय
सबैका सामु जगजाहेर रहेको' बताएका थिए। 'मेरो आफ्नो कुरा गर्ने हो भने
पार्टीलाई मात्रै होइन, सिंगो कम्युनिष्ट आन्दोलनलाई नै एकतावद्ध बनाउन
लागेको छु', दाहालको भनाई उद्धृत गर्दै पोखरेलले भने।
दाहालले समग्र कम्युनिष्ट आन्दोलनलाई
एकतावद्ध गर्न सके आन्दोलनमा देखा पर्ने अन्य प्रवृतिहरुलाई समेटेर लैजान
सकिने बताएका थिए। 'मुल प्रवृति क्रान्तिकारी नै हो, त्यसो भए अरु
प्रवृतिलाई समेटेर लैजान सकिन्छ', दाहालको भनाई थियो।
दाहालले केन्द्रीय समितिको वैठकमा
छलफल गर्दा 'सरकारको विषय पेचिलो' बन्न सक्ने बताएका थिए। 'सरकार, अघिल्लो
केन्द्रीय समितिको निर्णयको कार्यन्वयनदेखि संगठनका विषय सबै केन्द्रीय
समितिमा नै छलफल गरौंला', दाहालले भने।
संस्थापनको केन्द्रीय सदस्यहरुको
विशेष भेलाको संज्ञा दिइएको कार्यक्रमको दोस्रो दिन करीव २० जना
पोलिटब्युरो सदस्यहरुले वोलेपछि दाहालले बीचमै रुलिङ गर्दै वोलेका थिए,
'तपाईहरु सबैको कुरा सुनेपछि पार्टीमा देखिएको समस्या छलफलवाटै समाधान
गर्नुपर्छ भन्ने भावना आयो। त्यसका लागि म केन्द्रीय पदाधिकारीबीच छलफल
गरेर केन्द्रीय समितिको वैठक वोलाउँछु।'
दाहालको सम्बोधनपछि भेलाले 'केन्द्रीय
समितिको पुर्ण वैठक वोलाउने र त्यसका लागि अध्यक्षले पहलकदमी लिने' निर्णय
भएको केन्द्रीय सदस्य पोखरेलले जानकारी दिए। त्यसअघि वैठकमा पोलिटब्युरो
सदस्यहरु अग्नि सापकोटा, शक्ति वस्नेत, गोपाल किराँती, भीम प्रसाद गौतम,
नवराज सुवेदी, अमिक शेरचन लगायतका नेताहरुले बोलेका थिए।
' केन्द्रीय समिति वैठकको औचित्य छैन'
एकीकृत माओवादीका उपाध्यक्ष मोहन
वैद्यले भने पार्टीको संस्थापन पक्षले वोलाउने केन्द्रीय समिति वैठकको कुनै
औचित्य नभएको बताएका छन्। 'केन्द्रीय समितिको अघिल्लो वैठकले गरेको निर्णय
नै कार्यन्वयन भएको छैन। यस्तो अवस्थामा अर्को वैठक वोलाउनुको औचित्य
छैन', वैद्यले नागरिकसँग भने।
वैद्यले यसअघिको केन्द्रीय समिति
वैठकले तय गरेको साझा सहमतिको प्रस्ताव कार्यन्वयन हुनुपर्नेमा जोड दिए।
अघिल्लो वैठकले 'एक साताभित्र राष्ट्रिय सहमतिको सरकार बनाउन ठोस रुपमा अघि
बढ्ने निर्णय गरेको' सम्झाउदै वैद्यले त्यसको कार्यन्वयनमा जोड दिएका
हुन्।
वैद्यले संस्थापन पक्षको भेलाको
निर्णय आफुलाई जानकारी नगराइएको बताए। साथै पार्टी अध्यक्षले केन्द्रीय
समिति वैठकका विषयमा छलफल नगरेको पनि उनले बताए। वैठकमा वोलाए के
गर्नुहुन्छ भन्ने प्रश्नमा वैद्यले 'त्यो विषयमा आफनो विचार समुहमा छलफल
गरेर मात्रै निर्णय लिने' बताए। 'वैठक वस्ने विषयमा नै जानकारी छैन भने
उपस्थित हुने/नहुने विषमयमा छलफल हुने कुरा भएन', उनले भने, 'तर, अहिलेको
यथास्थितिमै फेरी अर्को वैठक गर्नुको कुनै औचित्य छैन।' निर्णय कार्यन्वयन
गर्नुको सट्टा छुट्टै भेला गरेको देख्दा आफुलाई आश्चर्य लागेको पनि वैद्यले
बताए ।
No comments:
Post a Comment