Friday, 13 April 2012
कोरियामा निशुल्क पाइने मोबाइल सेट र चिठ्ठा बारे नलेखि नसक्दा ।
मीन प्रकाश उप्रेती
कोरिया (सउल)
दक्षिणाकोरियामा श्रमिक ब्यपारि बिधायार्थि कूटनीतिज्ञ वैवाहिक लागाएत विभिन्न भिसामा रहने नेपाली हरुको सङ्ख्या पच्चिसहजारको हाराहारीमा पुगि सकेको छ । यी सबै नेपालीहरू आ-आफ्नो क्षेत्रमा पसिना बगाउननै कोरिया आएका हुन । अझ रोजगार अनुमति प्रणाली (ई पि एस) अन्तर्गत कोरिया प्रवेश गरेका नेपालीहरू जीवनलाई मृत्यु सँग प्रवाह नगरी सुन्दर भविष्यको कल्पनामा जीवनको आयु घटाई रहेका छन् । थाहा छैन कुन बेला काहा के हुने हो घर सग्लो पुगिने हो, कि होइन तर पनि लक्ष्य लाई छाडेका छैनन् ।
तर आज यी परिश्रमि र ईमान्दार नेपालीहरूको कमाईमा कोरियाका केही ब्यपारिहरुको गिद्धे दृष्टि नराम्रो गरी गाडिन पुगेको छ । निशुल्क मोबाइल र चिठ्ठाको नाममा नेपाली लाई भ्रममा पार्नेकाम चारै तिर बाट हुन थालेको छ । अझ नेपाल स्थित कोरिया प्रवेशका लागि तयार रहेका नेपालिहरुलाई यसले बढी भ्रमित बनाएको छ । साच्चै निशुल्कनै होकि भनेर । अनि यिनै कुरा हरुलाई स्सतो लोक प्रियता र आर्थिक प्रलोभनमा केही संचारकर्मि मित्रहरुले समाचार बनाई रहनु भएको छ मानौ अरू समाचारनै नभए जस्तो । यो विडम्बना र दुखको कुराहो । हामीले सिगान पुछि दिने नाममा आफ्नो नाक नै काटि दिएको थाहा नपाउनु अरूको दोष होइन जुनकाम आज निशुल्क मोबाइल सेट र चिठ्ठा ब्यपारिहरुले गरिरहेका छन् ।
सबैलाई थाहा छ पैसाले कसैलाई पुग्दैन भनेर ,मलाई पैसाले पुग्यो अब चाईदैन भनेको उदाहरण काहि कतै पनि छैन भने आज कोरियामा को त्यस्तो दाता आयो जो उसको स्वर्थ बेगर मोबाइल सेट निशुल्क उपलब्ध गराउने र चिठ्ठाले घर भरिदिने ? संसारकै धनी भनिएका विलग्रेटले त स्वर्थ बेगर धन बाड्ने हिम्मत गरेका छैनन् भने सितैमा मोबाइल सेट र चिट्टाको प्रलोभन का पछाडि के छ भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ ।
आज नेपाल लगाएत संसारबाटै नेटवर्क ब्यपारले ठगि गरेको प्रमाण सहित बिस्थापित भई सके भने त्यसैको अर्को रूप निशुल्क र चिठ्ठाले लिई रहेको छ।
तपाईँ हामीलाई सित्तैमा दिन खोजेको मोबाइल सेटले थाहै नपाई धेरै पैसा काटि सकेको हुन्छ ।अझ लाइन फोनको नाममा त आर्थिक भार मात्र थपिन जान्छ त्यो सित्तैको सेटको प्रलोभनमा पर्दा । मित्रहरु तपाईँ हामीले बगाएको पसिनाको कमाई होसियारि साथ खर्चनु जरुरी छ । आज कोरियामा सहजै खर्च गरिने “मानवन” नेपालको लागि ठुलो हो यसलाई सस्तो र सितैको नाममा थाहानै नपाई खर्च र्गयौ भने भोलि पछुताउनु सिवाय केही हुदैन । त्यसैले गर्दा निशुल्कको नामको ब्यपार र चिठ्ठाको व्यवसायलाई अध्यान सहित प्रयोगमा ल्याउदा राम्रो होला कि ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment