कोरिया सन्देश -
सउल ,
दक्षिणकोरियामा मंग्लबार आएको आधिहुरी बाट आठ जानाको ज्यान गएको छ भने दुई
दर्जन भन्दा बढी बेपत्ता भएका छन् ।
कोरियाको जेजु टापुमा मात्छय
उत्पादन कार्यमा संलग्न ५ जना चाईनिज नागरिकको हाबाहुरिका कारण मृत्यु
भएको हो । यसै गरी सोही क्षेत्रको समुन्द्रि सतहमा हाबाहुरिकै कारण भुईँमा
बाजारिएर ३ जाना कोरियन नागरिकको मृत्यु भएको कोरिया स्थित आपतकालिन राहात तथा
उद्धार मुख्यालयले जनाएको छ । उता बेपत्ता
हुनेको सङ्ख्या दुई दर्जन भन्दा बढी भएको मुख्यालयको सूचनामा उल्लेख गरिएको छ ।यसैगरि
घाइतेको सङ्ख्या दुईसय चालिस भएको बाताईएको
छ ।एक हजार भन्दा बढी परिवारलाई सुरुक्षित ठाउँमा सारिएको छ भने करोडौको
सम्पति क्ष्यति भएको छ ।
पुर्णबिवरण नआई सकेको हुदा हताहतहुनेको संख्या बढ्नसक्ने सुचनामा उल्लेख गरिएको छ ।
दुईलाख
घरमा बिधुत आपुर्ति बन्द भएको, एक सय
चौरानब्बे उडान रद्ध गरिएको ,छयानब्बे वाटा समन्द्रि मार्ग
बन्द गरिएको, छब्बिस वाटा सडक अस्थाई रुपममा बन्द
गरिएको छ ।
उक्त क्षेत्रमा हावाहुरि एकसय
पचासि किलोमिटर प्रति घण्टाको गतिममा आएको थियो । सो क्षेत्रमा बुधवार साँझ सम्म
सोही अवस्था रहिरहने कोरियाको विज्ञान तथा जलबायु विभागले जनाएको छ ।
बोलाभेन टाईफनमा हुरी बतासका साथमा प्रति घण्टा
३५ मिलिमिटिर बर्षात भएको छ भने जेजिदो क्षेत्रमा ३०५ सय मिटिमिटर सम्म पानी परेको
थियो ।दुईहाजार किलोमिटर क्षेत्रको वरपर
यसको असर देखा परेको थियो ।
यस अघिनै कोरियन सकारले सन २००० देखि यताको
भयानक आधिहुरि हुनसक्ने जनाउदै सर्तक रहन आव्हान गरेको थियो । कोरियाका कतिपय
क्षेत्रका बिधालय र कंम्पनिहरुमा आपत् कालिन बिदा समेत दिईसकिएको छ ।
दक्षिणकोरियामा यस किसिमका आधिहुरि
आइरहने गरेको छ भने यसबाट धेरै जनधनको क्ष्यति हुने गरेको छ ।
यसै बिच हावाहुरिमा हाल सम्म कुनै नेपाली नपरेको
राजदूत कमान सिह लामाले जानकारी गराउनु भएको छ ।