Tuesday, 28 August 2012

कोरियामा हावाहुरिका कारण पांच बिदेशि सहित आठको मृत्यु ,दर्जनौ बेपत्ता(फोटो फिचर सहित)



कोरिया सन्देश -




सउल ,
दक्षिणकोरियामा मंग्लबार  आएको आधिहुरी बाट आठ जानाको ज्यान गएको छ भने दुई दर्जन भन्दा बढी बेपत्ता भएका छन् ।
कोरियाको जेजु टापुमा मात्छय उत्पादन  कार्यमा संलग्न  ५ जना चाईनिज नागरिकको हाबाहुरिका कारण मृत्यु भएको हो । यसै गरी सोही क्षेत्रको समुन्द्रि सतहमा हाबाहुरिकै कारण भुईँमा बाजारिएर ३ जाना कोरियन नागरिकको मृत्यु भएको कोरिया स्थित आपतकालिन राहात तथा उद्धार मुख्यालयले जनाएको छ । उता  बेपत्ता हुनेको सङ्ख्या दुई दर्जन भन्दा बढी भएको मुख्यालयको सूचनामा उल्लेख गरिएको छ ।यसैगरि घाइतेको सङ्ख्या दुईसय चालिस भएको बाताईएको  छ ।एक हजार भन्दा बढी परिवारलाई सुरुक्षित ठाउँमा सारिएको छ भने करोडौको सम्पति क्ष्यति भएको छ ।
 पुर्णबिवरण नआई सकेको हुदा  हताहतहुनेको संख्या बढ्नसक्ने सुचनामा उल्लेख  गरिएको छ ।
    दुईलाख घरमा बिधुत आपुर्ति बन्द भएको, एक सय चौरानब्बे उडान रद्ध गरिएको ,छयानब्बे वाटा समन्द्रि मार्ग बन्द गरिएको, छब्बिस वाटा सडक अस्थाई रुपममा बन्द गरिएको  छ ।
  उक्त क्षेत्रमा  हावाहुरि एकसय पचासि किलोमिटर प्रति घण्टाको गतिममा आएको थियो । सो क्षेत्रमा बुधवार साँझ सम्म सोही अवस्था रहिरहने कोरियाको विज्ञान तथा जलबायु विभागले जनाएको छ ।
 बोलाभेन टाईफनमा हुरी बतासका साथमा प्रति घण्टा ३५ मिलिमिटिर बर्षात भएको छ भने जेजिदो क्षेत्रमा ३०५ सय मिटिमिटर सम्म पानी परेको थियो  ।दुईहाजार किलोमिटर क्षेत्रको वरपर यसको असर देखा परेको थियो ।
 यस अघिनै कोरियन सकारले सन २००० देखि यताको भयानक आधिहुरि हुनसक्ने जनाउदै सर्तक रहन आव्हान गरेको थियो । कोरियाका कतिपय क्षेत्रका बिधालय र कंम्पनिहरुमा आपत् कालिन बिदा समेत दिईसकिएको छ ।
दक्षिणकोरियामा यस किसिमका आधिहुरि आइरहने गरेको छ भने यसबाट धेरै जनधनको क्ष्यति हुने गरेको छ ।
 यसै बिच हावाहुरिमा हाल सम्म कुनै नेपाली नपरेको राजदूत कमान सिह लामाले जानकारी गराउनु भएको छ ।

Thursday, 9 August 2012

कोरियामा एक नेपाली मृत अवस्थामा


मीन प्रकाश उप्रेती ,
कोरिया-
रोजगारका लागि कोरिया आएका एक नेपाली बिहिाबार बिहान मृत अवस्थामा फेला परेका छन् । ईलाम का  तीस वर्षीय  सिद्धी राई यसरि मृत अवस्थामा फेला परेका हुन । राई कोरियाको योङ्गगिन क्षेत्रमा रहेको यामेङ्ग सानक नाम गरेको फलाम कम्पनीमा कार्यरथ थिए । रोज गार अनुमति प्रणाली अन्तर्गत राई दुई वर्ष अघि कोरिया आएका थिए भने नौ महिना अघि मात्र कम्पनी परिर्वतन गरी राई उक्त फलाम कंम्पनिमा सरेका थिए ।
 बुधवार बेलुका सँगै खाना खाई साढे दश बजे छुटेर आ-आफ्नो कोठामा सुतेका राई बिहान आठ बजे मृत अवस्थाममा रहेको सँगै काम गर्ने सुनसरिका उमेश अधिकारीले बताए ।  सँगै काम गर्ने साथी बिहान आठ बजे काममा नआए पछि उनको खोजी भएको र कोठामा हेर्दा उनी उत्तानो सुतेको अवस्थामा  मृत भेटिएको अधिकारीको भनाई थियो ।त्यसपछि  अधिकारी र कंम्पनि साहुले त्तकाल प्रहरीलाई  खबर गरेका थिए ।
 प्रकरिले राईको घटना समन्धि अनुसन्धानका लागि कंमपनि मालिक र सँगै कार्यरथ उमेश अधिकारी सँगै आवश्यक बयान र जनाकारि लिएको थियो । हाल राईको शव आशान प्रहरि चौकिमा राखिएको छ । प्रहरीले आवश्यक सहयोग र जानकारीका लागि प्रवासी मजदुर सहयोग केन्द्र छनानमा गिता राई सँगै संम्पर्ग राखेको गिता राईले जनाएकि छन् । यो समाचार तयार पार्दा सम्म कोरिया स्थित नेपाली दुतावशका कुनै प्रतिनिधि घटना स्थलमा पुगेका छैनन् ।

Wednesday, 25 July 2012

कोरियामा दिनदिनै नेपालीको आत्महत्या

टप नेको-
सोल (दक्षिण कोरिया) ,
रोजगारका लागि कोरिया छिरेका दुई नेपालीले दुईदिन भित्र आत्माहत्या गरेका  छन् । यसरि आत्माहत्या गर्ने हरुमा पोखरा बगर टेयाक्सिी चोकका नबिन कुमार गुरुङ्ग रहेका छन् भने अर्का प्यूठान स्याउलीबाङ ५ का ओमप्रसाद शेरचन रहेका छन् ।
गुरुङ्गले बुधवार बिहान १४ तलामाथिबाट हामफलि देह त्याग गरेका हुन भने शेरचनले मङ्गलवार  बिहान झुण्डीएर आत्माहत्या गरेका हुन ।
  गुरुङ्ग चौध महिना अघि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया प्रावेश गरेका थिए ।उनी थेगु स्थित  दोङ्ग जिन वोल्डिङ्ग कम्पनीमा कार्यरथ थिए  ।   गुरुङ्ग केही मैना अघि देखि मानसिक तनावमा रहेको सँगै कार्यरथ झापाका अर्जुन पनेरुले बताए । पनेरुले दिएको जानकारी अनुसार उनीले नेपाल फिर्ता हुनका लागि सोमबार बेलुका नौ तीसको थाईईयरको टिकट समेत गरेका थिए । साथी सँगै बिदाको हात मिलाउदै हिडेका गुरुङ्गको मृत्यु भएको सुन्दा आफू दुखी भएको पनेरुको भनाई थियो । पनेरुले अगाडि भने 'मलाई प्रहरीले फोनबाटै गुरुङ्गको मृत्यु भएको जानकारी गराउदै आवश्यक सोध पुछका लागि बोलाएको थियो " ।  तिन घण्टाको बयान पछि आफू फर्किएको पनेरुले बताए ।
              गुरुङ्ग सोमबार बिहान बिदा भई अर्को सहर आन्शानमा पुगेको र म घर फर्कन लागेको भन्दै हिडेको साथी दुर्गा दाहालले बताए । तर सोमबारको उडानमा उनी नभए पछि  उनको खोजिकार्य सुरु भएको थियो ।
गुरुङ्गले उनी कार्यरथ कम्पनी बाट नजिकै रहेको थेगु दङ्गदेगु रेल स्टेसनको पछाडि पट्टि यस डि अपार्टको १४ तलाबाट हामफालेको प्रहरी र स्थानीय वासीले बताएका छन् । उनी १४ तलामाथिको बाहिरी भागमा रहेको फलामको डण्डि हातले समाएर झुण्डिएको अवस्थामा प्रहरीले देखेका थिए । उनलाई बचाउन आवश्यक प्रवन्ध मिलाउनु दुईमिनट पूर्व उनी माथिबाट भुईँमा बजारिन पुगेको प्रहरीले जनाएको छ ।
  यसैं गरी    शेरचनले मङ्गलवार बिहान  आफू कार्यरथ कम्पनीकै शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी छनान फेक्सकदोङमा रहेको ‘सामा सिजन’ नामक कम्पनीमा काम गर्दै आएका थिए । आत्माहत्या गर्नु पूर्व उनी उपचारको लागि भन्दै मङ्गलवार बिहान  कंम्पनिबाट बिदामा बाहिर निस्किएका थिए भने करिब १२ बजेतिर उनी शौचालयमा झुण्डिएर मृत अवस्थामा रहेको सोही कम्पनीमा कार्यरथ  एक बिदेशिकामदारले फेला पारेका थिए ।
                  रोजगार अनुमति प्रणाली लागू भएयता यसरि कोरियामा आत्माहत्या गर्नेको सङ्ख्या दश पुगेको छ ।

Tuesday, 17 July 2012

योङ्ग स्टार ग्रुप कोरियाले थप्यो समाज सेवाको अर्को स्टार




टप नेको-

कोरिया, सउल

समाजीक कार्यमा अग्रगतिमा रहेको कोरियाको एक नेपाली संस्था नेपाल योंग स्टार ग्रुप कोरियाले सहयोगको अर्को स्टार थपेको छ ।ब्लड क्यान्सरबाट मृत्यु सँग लडिरहेकी खोटाङ्गकी चार वर्षीय सरिता कार्कीको उपचारका लागि चार लाख रुपया प्रधान गरेर उसले अकर्को स्टार थप गरेको हो । सोमबार एक कार्यक्रम बिच काठमाण्डौ स्थित रक्षा नेपालको कार्यलयमा सरिताको आमा गीता कार्कीले उक्त रकम बुझेकी हुन । लामो समय देखि कान्ति अस्पतालमा उपचार गराई राखेकी सरिता खर्चको अभावमा छटपटाई राखेकि थिइन ।
  रकम हस्तान्तरण कार्यक्रममा  गहभरि आशु पार्दै आमा गिताले भनिन "  आज मेरोलागि भगवान् योंग स्टार ग्रुप कोरिया भएको छ जसले मेरी छोरीको जीवन रक्षाका लागि यति ठुलो सहयोग गर्‍यो " यो रकम जुटाउन पहल गर्ने योंग स्टार ग्रुप र सहयोग गर्नुहुने कोरियाका सम्पूर्ण नेपालीलाई धन्यवाद दिन चाहान्छु गिताको भानाई थियो ।
यसै गरी योंग स्टार ग्रुप कोरिया अध्क्षय याम श्रेष्ठ अबोध बालीका सरताको  उपचारका लागि रकम उपलब्ध गराउन पाउदा ज्यादै खुसी भएको बताउछन । याम भन्छन् "हाम्रा यी सहयोगी हातहरु सधैँ गरिबी अशाहाय र बिमारिका लागि हुनेछन र कहिल्यै थाक्ने छैनन् । हाम्रो सानो सहयोगले कसैको प्रण बच्छ भने किन पछि पर्ने ? आउँ सबैले यस्ता कार्यमा हातमा हात मिलाऊ श्रेष्ठको सबैमा आव्हान थियो ।
कोरियामा ब्रेन टुयुमरका बिमारि विज्ञान  राईलाई यस संस्थाले सबै भन्दा बढी रकम उपलब्ध गराएको थियो भने  आपत् बिपतका विभिन्न  क्षेत्रमा यस संस्थाले सहयोग गर्दै आइरहेको छ ।

Saturday, 14 July 2012

एन आर एन कोरियाले सेप्टेम्बर २९ मा सांस्कृतिककार्यक्रम गर्ने


टप नेको,
 कोरिया- सउल,
गौर आवाशिय नेपाली स‌‍घ कोरियाले आगमि सेप्टेम्बर २९ मा सांस्कृतिककार्यक्रम गर्ने भएको छ ।सो संस्थाले पूर्व घोषित सूचना अनुसार उक्त कार्यक्रम गर्न लागेको हो । यस अघि नेपाली संम्पर्ग समिति कोरियालाई नेपाल हाउसको सहयोगार्थ कार्यक्रम गर्नको लागि एन आर एन कोरियाले निवेदन दिएको थियो । जसमा कार्यक्रमका दावेदार १२ संस्था मध्ये आठ संस्थाले सामूहिक अवधारणा लिएको नेपाल हाउसको सहयोगार्थ एन आर एन कोरियालाई कार्यक्रम गर्न दिने निर्णय गरेका थिए । तर निर्णय मण्डलमा बसेका व्यक्तिहरूले आफू नजिकका संस्थालाई कार्यक्रदिने छनौट गरे पछि सभाहल तनाव ग्रस्थ बनेको थियो ।
हात हालाहालको स्थितिमा पुगेको उक्त सभाहलमा एन आर एन कोरिया कोषाध्क्षय सिर्जना नेपालीले माईनट च्यतने प्रयत्ना गरेकी थिइन ।
सोही क्रममा कोरियाका कृयाशिल संस्थाहरू नेपाल पत्रकार माहासंघ कोरिया शाखा, सुनसरि हेल्पिङ्ग समाज ,एन आर एन कोरिया, नेको परिवार ,जनजाति माहासंघ कोरिया, झापामिलन समाज, ईलामेलि परिवार लगाएत दुई दर्जन बढी सङ्घ सस्थाहरुले नेपाली संम्पर्ग समितिको उक्त निणर्य नमान्ने घोषणा गरेका थिए ।
 यसै बिच यिनै सङ्घ सस्था र आमसर्वसाधारणको सल्लाह र मागलाई ध्यानमा राख्दै नेपालहाउस सञ्चालन गर्न उक्त कार्यक्रम गर्न लागिएको एन आर एन कोरियाका माहासचिव प्रकाश धमलाले बताए । संस्था छनौट निर्णायक मण्डलबाट पूर्वाग्रही ढङ्गले गरेको निर्णय एन आर एन कोरिया लगायत दुई दर्जनबढि सङ्घ संस्था लाई मान्य नभएको भन्दै सबैको भावा अनुरूप कार्यक्रम गर्नलागिएको हो । धमलाले अगाडि भने "यो समुहिक हितको विषय र चुनौती भएकोहुदा सबैबाट खुलेर सहयोगको आशा गर्दछौ "

Monday, 9 July 2012

नेपाली स‌‍ंम्पर्ग समिति (NCC)कोरियाको गलत कार्यको पर्दाफास ।(भिडियो सहित)

टप नेको -
एन सि सि कोरियाले कोरियन पर्व २ ०१२ मा कायर्क्रम गर्नका लागि आवेदन गरिएको छलफल कार्यक्रममा समूहमा एउटा निर्णयमा हस्ताक्षर गराई घोषणा आफ्नै बलमचाईले अर्कै गरे पछि एन सि सि कोरियाको अस्तित्व अब कोरियामा समाप्त हुने देखिएको छ।
 
     नेपाली स‌‍ंम्पर्ग समितिकोरियाका केहि ब्याक्ति संस्था छनौट प्रकृयामा बसेका कारण यस्तो हुनगएको अन्य सदश्यहरुले बताएका छन ।





Sunday, 1 July 2012

झापा मिलनसमाज कोरियाको बृहत भेला सम्मपन्न बारह् बुदे नायां कार्यनिति पारित

टपनेको -
झापा मिलनसमाज कोरियाले  बारह् बुदे नाया कार्य नीति पारित गर्दै बृहत् भेला संम्मपन्न गरेको छ । कोरियाको सुवन स्थित सयम्भु रेष्टुरेण्टमा  आइतबार आयोजित समाजको भेलाले उक्त  कार्य नीति पारित गरेको हो ।
  समाजका अधक्ष्य मीन प्रकाश उप्रेती द्धरा प्रस्तुत गरिएको बारह् बुदे नाया कार्यपत्र सर्वसम्मतले पारित गरिएको थियो । पारित भएको नयाँ कार्य पत्रमा अगाडि भनिएको छ   ।झापा जिल्ला स्थित कंन्कार्इमार्इमा सर्वसाधारणमा परेको मार्कालार्इ ध्यानमा राख्दै लाश जलाउने स्थानमा भवन निर्माण सहयोग सञ्चालन गर्ने,कोरियामा रहेका झापालिहरुलाई समेटि झापा संस्मारिका कोरिया प्रकाशन गर्ने   ,नेपाल हाउस संन्चालनका निम्ति एन आर एन कोरियालाई दिने रकमलाई निरन्तरता प्रधान गर्ने,संस्थाका विविध क्षेत्र जस्तै  खेलकुद , आर्थिकसहयोग लगाएतका क्षेत्रमा  जोड दिने ।
       यसै गरी  संस्था प्रति आवद्ध सदस्यहरूलाई कोरियामा पर्ने विविध समस्यामा प्रथमिकताका साथ सहयोग गर्ने , कार्यसमितिले निर्णय गरेको उपचार समंन्धि आफ्नैलागि मानवन भन्ने कार्यलाई लागू गर्ने ,  झापा जिल्लाको पछाडिएका ,जनजाति र दलित समुदायको बाहुल्यता रहेको डांगिबारि स्थित पंञ्चमणि निमाबि बाह्रदशिलाई सहयोग जुटाउन पहल गर्ने ,आर्थिक रकम सङ्कलनका निम्ति संस्कृतिको कार्यक्रम र चलचित्र कोरियामा प्रर्दशन गर्न आवश्यक परामर्श र सल्लाह गरी कार्य तर्जुमा गर्ने ,   यस संस्थाको पुरानो समितिका पदाधिकारिहरु सँग रहेको मौजाद रकम संस्थामा त्तकाल जम्मा गर्न  जोडदार माग गर्ने र उक्त रकम संस्थालाई हस्तान्तरण नगरे कानुनी उपचारको मार्ग अवलम्बन गर्ने , अधिवेशनको मिति तय गरी नयाँ कार्य तर्जुमा गर्ने,कोरियाका विभिन्न क्षेत्रमा संस्थाको शाखा बिस्तार गर्ने जनाईएको छ ।
 यसै गरी सो भेलाले कार्य ब्यस्थताका कारण संस्थालाई समय दिन नसक्ने सचिव दुर्गा दाहाल ,स -सचिव रबिन श्रेष्ठ सदस्य डिल्ली ढकाल र केही समय अघि नेपाल फर्कीएका अर्का सदस्य श्री खनाललाई पद मुक्त गरी  सचिवमा राजकुमार रार्इ र स-सचिवमा राजु सन्तोषि थापा लाई चयन गरेको छ । उता सदश्यहरुमा टेक खनाल,सुमन मैनाली ,यामेश केदेम , निरज खतिवडा , सनिल सुब्बा , सुवाश मोक्तान , सुरज गुरुङ्ग ,केदार न्यौपाने , प्रदिप थापालाई चयन गरिएको छ भने अन्य पदाधिकारी यथावत् रहेका छन्।
सो भेलाले संस्थाले हाल सम्मगरेका कार्य प्रगतिको उच्च मुल्याङ्गकन गरेको थियो ।
कार्यक्रममा समाजका सल्लकार तथा एन आर एन कोरियनका उपाध्क्षय लोचन राईले समाजले हाल सम्म गरेका कार्यहरु सरहानायोग्य रहेको चर्चा गर्दै आउदा दिनहरूमा अझ प्रवाभकारि ढंङ्गले लानु पर्ने कुरामा जोड दिएका थिए भने संस्थाका अध्क्षय मीन प्रकाश उप्रेतीले सबैको साथ र सहयोग पाए नेपालका समाजिक क्षेत्रमा जुनसुकै सहयोग गर्न सकिने बताएका थिए ।
सामजका उपाध्क्षय सन्तोष श्रेष्ठले स्वागत मनतब्य राखेको उक्त भेलाको सञ्चालन सचिव राज कुमार राईले गरेका थिए भने अध्क्षय मीन प्रकाश उप्रेतीको भेलाको अध्क्षयता गरेका थिए ।








    

Sunday, 24 June 2012

को को हुन कोरियाका सफल नेपाली व्यवशायि



 टप नेको ,कोरिया
सउल। रोजगारीका लागि आकर्षक मानिएको दक्षिण कोरिया पछिलो समयमा नेपाली सामाग्रीहरुको आकर्षक बजार बन्दै गएको छ । नेपाली सामान र नेपाली होटलमा बनाईने खाना कोरियन लगाएत अन्य देशका नागरिकको आर्कषण बनेको छ । कोरियामा ब्यपारिक भिसामा प्रवेश गर्ने नेपालीको संख्या तीन सयको हाराहारीमा रहे पनि एक सय पचास नेपालीले मात्र ब्यबसाय सञ्चालन गर्दै आएका छन् । जस मध्ये करिब दश जना नेपालीहरू कोरियामा सफल ब्यबसायीका रूपमा स्थापित भएका छन् ।
बाग्लुङ्गका विनोद कुवँरले कोरियामा होटल व्यवसाय संन्चालन गरी पैतिस जाना नेपालीलाई रोजगार दिएका गरेका छन् भने दशजना कोरियन पनि उनको होटलमा काम गर्छन् ।
कोरियामा व्यवसाय सञ्चालनका लागि आयात निर्यातमा आधारित सामान प्रसस्त रहेपनि नेपाल सरकारको असहयोगका कारण कठिनाई भएको कुवँरको अनुभव छ । उनले भने-आयात निर्यातका लागि कोरियन सरकारसंग कुरा राख्न हामीले नेपाल सरकार सँगै अनुरोध गर्‍यौं, तर कुनै सुनवाई भएन ।
कास्कीका मदन केसी नेपालकोरिया ब्यपार सङ्घका अध्क्षय हुन् । उनी कोरियामा रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् । केसीको पनि गुनासो उस्तै छ-नेपाली दूतावास कोरियाले ब्यपार प्रर्बद्धनका लागि आवश्यक सहयोग गरेन् निवर्तमान राजदूत कमल कोइराला र उपनियोग प्रमुख यादव खनालबाट पाएको सहयोगसमेत हालका पदाधिकारिबाट पाउन नसकेको उनको गुनासो छ ।
पर्वतका रुद्र शर्मा कोरियामा लामो समयदेखि व्यवसाय सञ्चालक गर्दै आएका छन् । आयात निर्यात र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका शर्मा कोरियामा भएको कृषि क्रान्तिलाई नेपालले अनुशरण गर्नु पर्ने बताउँछन् । कृषिप्रधान देश नेपाललाई कोरियामा भएका सामाग्री निर्यात गर्न सके ठूलो उपलब्धि हुने उनको धारणा छ । यसका लागि नेपाल सरकारले आवश्यक पहल गर्न नसकेको शर्माको भनाई छ ।
झापाका केपी सिटौला कोरियामा लामो समयदेखि पर्यटन र होटल ब्यबसायमा संलग्न छन् । कोरियामा सफल ब्यबसायीका रुपमा चिनिएका सिटौला कोरियाको मानार्थ नागरिकता पाउने पहिलो नेपाली पनि हुन् । हाल उनी एनआरएन कोरियाका अध्यक्षयसमेत छन् । कोरिया र नेपालबिच धेरै ब्यापार सम्भावना भएपनि नेपाल सरकारको ठोस नीति नभएका कारण सानो आकारमा खुम्चिनु परेको बताउँछन सिटौला । अन्य कोरियामा सफल ब्यवशाहिका रूपमा भीम गुरुङ्ग, गंगा राई, बुद्धि गुरुङ्ग, बिपिन तामाङ्ग, राजेश लामा लक्ष्मण बोगटी लगाएत छन् ।

Wednesday, 20 June 2012

म्यूजिक अवार्ड–२०१२ मनोनयन सर्वाजनिक

टप नेको -काठमाण्डौ

 म्यूजिक अवार्ड २०१२ मनोनयन सर्वाजनिक भएको छ ।नेपाली गीतसंगीतको क्षेत्रमा दिनानुदिन नयाँ नयाँ फड्को मार्ने काम तीब्र रुपमा अगाडि बढिरहेको अवस्थामा www.musickhabar.com ले म्यूजिक खबर म्यूजिक अवार्डको आयोजना गर्न लागेको हो । यसो त मौलिकता हराउँदै गएको आरोप बेलाबेलामा गीतसंगीत उद्योगले खेप्नु परिरहे पनि यस क्षेत्रमा भएका प्रगतिको विवरण लामै छ । लोक, संगीत, दोहोरी, आधुनिक वा सुगम संगीतसम्मको सांगीतिक यात्रा हाम्रो अर्थमा गर्व गर्न लायक छ । प्रविधिको सहजताले आम मानिसमा गीतसंगीत प्रभावकारी हिसाबमा फैलिरहेको छ भने प्रतिभा हुनेको लागि पहुँच अझै फराकिलो बन्दै गइरहेको छ । यसै परिप्रेक्ष्यमा नेपाली गीतसंगीतको प्रबद्र्धन एवं सम्बद्र्धन होस् तथा मौलिक गीतसंगीतले अझै प्रश्रय पाउन सकोस् भन्ने हेतुले रङ्ग पत्रकारिताका माध्यमले विशेषगरी गीतसंगीतलाई आत्मसात गर्दै गत वर्षदेखि संचालन भइरहेको अनलाई पत्रिका www.musickhabar.com ले म्यूजिक खबर म्यूजिक अवार्ड –२०१२ को आयोजना गर्न लागिरहेको कुरा त यहाँहरुलाई विदितै छ ।
गीत संगीतको सरलीकरण आम स्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहित गर्न र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०१२ का लागि आवेदन दिइएका गीतसंगीतहरुलाई जुरीहरुले गर्नुभएको निर्णयका आधारमा मनोनयन सार्वजनिक गरिएको छ । यस अवार्डलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण गीतसंगीत प्रेमी महानुभावहरु, गीत संगीत क्षेत्रमा क्रियाशील तथा कलाप्रेमीहरुलाई सहयोगका लागि अनुरोध गर्दछौं । प्रत्येक विधामा सर्वोत्कृष्ट ५ मा परेका गीतसंगीतहरुको मनोनयन निम्नअनुसार छ ः
सर्वोत्कृष्ट विधा                        भोटिङ कोड
१. सर्वोत्कृष्ट राष्ट्रिय गीत
क) वेलकम टु नेपाल           मिलन लामा       MKA 001
ख) मेरो देश मेरो                 डी.आर.           MKA 002
ग) एक मुठी चामल           रत्नशमशेर थापा       MKA 003
घ) कोही निडर                   हरि विष्ट          MKA 004
ङ) जय जय नेपाल               विरही कार्की       MKA 005
२. सर्वोत्कृष्ट पप गायन
क) शिव थापा मगर         कसरी बाँचु       MKA 006
ख) रेणु विष्ट                   प्रियतम           MKA 007
ग) अजित घिसिङ         ताली          MKA 008
घ) इन्दिरा जोशी            रातो घाँगरा..           MKA 009
ङ) आस्था बी                 एक्काइशौं शताब्दी       MKA 010
३. सर्वोत्कृष्ट लोक दोहोरी गायक
क) विमल डाँगी        यो मुटु तिम्रै हो…           MKA011
ख) कुलेन्द्र वि.क.    डाँडै फुर्के सल्लो…           MKA 012
ग) पशुपति शर्मा    क्याम्पस पढ्न आउनी       MKA 013
घ) मिलन लामा     वेसारेको….           MKA 014
ङ) बद्री पंगेनी         म त नेपाली           MKA 015
४.सर्वोत्कृष्ट लोक दोहोरी गायिका
क) मुना थापा मगर        यो मुटु तिम्रै हो       MKA 016
ख) देवी घर्ती                जिम्वाल बाको आँगनीमा   MKA 017
ग) विष्णु माझी          शित्तल दिने पिपल..       MKA 018
घ) सिन्धु मल्ल        म त नेपाली       MKA 019
ङ) टीका पुन               तिम्रै लागि           MKA 020
५. सर्वोत्कृष्ट लोक दोहोरी भाका
क) डाँडै फुर्के सल्लो        वसन्त थापा       MKA 021
ख) खै त नयाँ कानून    भोजराज काफ्ले       MKA 022
ग) सर्मै रानी                 हरिदेवी कोइराला       MKA 023
घ) सानु कहाँ छौं             नरेश खाती क्षेत्री       MKA 024
ङ) शितल दिने पिपल    एकनारायण भण्डारी       MKA 025
६. सर्वोत्कृष्ट लोक दोहोरी शब्द रचना
क) शिव सुवेदी      कल्पनामै भएनी           MKA 026
ख) बद्री पंगेनी        म त नेपाली           MKA 027
ग) प्रल्हाद सुवेदी     शितल दिने पिपल…           MKA 028
घ) शिव हमाल       सानु कहाँ छौं           MKA 029
ङ) नवराज पन्त     डाँडै फुर्के सल्लो           MKA 030
७. सर्वोत्कृष्ट लोक दोहोरी एल्बम
क) न्याउली        एकनारायण भण्डारी (सितारा म्यूजिक)   MKA 031
ख) म त नेपाली        बद्री पंगेनी (धौलागिरी क्यासेट सेन्टर)   MKA 032
ग) राजधानी        मिलन लामा (हातेमालो क्रियशन प्रा.लि.)   MKA 033
घ) शितल दिने पिपल    याम क्षेत्री (समर्पण म्यूजिक प्रा.लि.)  MKA 034
ङ) क्याम्पस पढ्न आउनी    पशुपति शर्मा (आशिष म्यूजिक प्रा.लि.)   MKA 035
८. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (लोक दोहोरी)
क) शितल दिने पिपल समी छ        प्रसन्न पौडेल       MKA 036
ख) म त नेपाली            शंकर बि.सी       MKA 037
ग) डाँडै फुर्के सल्लो            प्रकाश भट्ट           MKA 038
घ) जुनले मात्र देख्छ            शिब बिक           MKA 039
ङ) क्याम्पस पढ्न आउनी        प्रकाश भट्ट           MKA 040
९. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
क) हाम्रो माया जुनी जुनीलाई (माया माया भन्छन्..)     राजेश पायल राई   MKA 041
ख) किन लाग्छ माया (किन लाग्छ माया…)    प्रमोद खरेल   MKA 042
ग) भनिदेऊ न माया गर्छु म (माया मेरो फूल)    स्वरुपराज आचार्य   MKA 043
घ) ब्याच नं १६ (संगी…    )             शिव परियार   MKA 044
ङ) अन्दाज (सिम्पल सिम्पल..)            दिपक लिम्बु   MKA 045
१०. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
क) हाम्रो माया जुनी जुनीलाई (माया माया भन्छन्..)     प्रविशा अधिकारी   MKA 046
ख) म तिम्रो भइसकेँ (म तिम्रो भइसकेँ )         रजिना रिमाल   MKA 047
ग) तिमी जहाँ भए पनि (झरनाको पानी)        माण्डवी त्रिपाठी   MKA 048
घ) श्रीमान (केही नबोली)            अन्जु पन्त       MKA 049
ङ) अन्दाज (सिम्पल सिम्पल..)            माण्डवी त्रिपाठी   MKA 050
११. सर्वोत्कृष्ट चलचित्र गीत रचना
क) किन लाग्छ माया (किन लाग्छ माया)        प्रमोद ढुंगाना   MKA 051
ख) मुटु निचोरी (स्वर )             भूपेन्द्र खड्का   MKA 052
ग) नयाँ जस्तो हुन्न रैछ (श्रीमान)        सञ्जिीवनी बिनु   MKA 053
घ) माया मेरो फूल (भनिदेऊ न माया गर्छु म)    शान्तिप्रिय       MKA 054
ङ) को भुल्न सक्छ यो देशको (फर्की आऊ)    बाबुराम दाहाल   MKA 055
१२. सर्वोत्कृष्ट चलचित्र संगीत
क) किन लाग्छ माया        लक्ष्मण शेष           MKA 056
ख) दुलही            अष्ट लामा               MKA 057
ग) भनिदेऊन माया गर्छु म    अर्जुन पोखरेल           MKA 058
घ) श्रीमान        महेश खड्का           MKA 059
ङ) अन्दाज            वसन्त सापकोटा           MKA 060
१३. सर्वोत्कृष्ट नवप्रतिभा
क) प्रल्हाद तिमिल्सिना    हे तारा हे घाम जुन           MKA 061
ख) दुर्गा थापा मगर        तिम्रो संसार           MKA 062
ग) असिम राई        कस्तो माया           MKA 063
घ) सन्तोष अधिकारी        यति चोखो               MKA 064
ङ) साहिमा        हेरेको हेरै म           MKA 065
१४. सर्वोत्कृष्ट युगल गायन
क) फुलिरहोस् मुहारमा    सुदिप शाही र इन्दिरा जोशी       MKA 066
ख) तिम्रै लागि        भिम बहादुर बमजन र सुमन क्षेत्री    MKA 067
ग) फूल फुल्यो पाखामा    रामचन्द्र काफ्ले र जुनु रिजाल        MKA 068
घ) तिमी मेरो जीवनमा    प्रितम राई र अन्जना गुरुङ       MKA 069
ङ) जिन्दगीको दोबाटोमा    देव आले र अन्जु पन्त       MKA 070
१५. सर्वोत्कृष्ट ध्वनि मिश्रण
क) कोही निडर        मनोजराज भण्डारी (म्याजिक डिजिटल रेकर्डिङ स्टुडियो)   MKA 071
ख) फूल जस्तै मन        राजकुमार बगर (त्रिवणी डिजिटल रेकर्डिङ स्टुडियो)       MKA 072
ग) उसले जति माया        कुमार राना (मालश्री डिजिटल)               MKA 073
घ) परेलीको वर्षातले        श्यामश्वेत रसाइली (प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो)   MKA 074
ङ) एक मुठी चामल        मित्र लामा (संगम डिजिटल रेकर्डिङ स्टुडियो)       MKA 075
१६. सर्वोत्कृष्ट संगीत संयोजक
क) जसले मुटु चुडेर लग्यो    बी.बी. अनुरागी           MKA 076
ख) रुँदै हुन्छ्यौ जहिले पनि    हेमन्त शिशिर           MKA 077
ग) परेलीको वर्षात्ले        अमूल कार्की ढली           MKA 078
घ) मुखले मलाई        फणीन्द्र राई           MKA 079
ङ) हेरेको हेरै        किरण कँडेल           MKA 080
१७. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम संगीत)
क) मिलनमा बिछोडमा        प्रसन्न पौडेल       MKA 081
ख) दिलको बदला            लक्ष्मण पौड्याल       MKA 082
ग) हरेको हेरै म हुन्छु होला        मिनाक्षी कोइराला       MKA 083
घ) फूल जस्तो मन            कुमार केसी      MKA 084
ङ) उसले जति माया            शिव वि.क.       MKA 085
१८. सर्वोत्कृष्ट सुगम संगीत शब्द रचना
क) तिम्रै यादमा         शशि शर्मा     मजगैयाँ           MKA 086
ख) फूल जस्तो मन        गायत्री थापा           MKA 087
ग) रुवाउँदिनँ         लोकराज अधिकारी           MKA 088
घ) तिमीलाई मुटु        घमराज लुइँटेल           MKA 089
ङ) परेलीको वर्षातले        रमेश क्षितिज           MKA 090
१९. सर्वोत्कृष्ट सुगम संगीत संगीत
क) मुखले मलाई         रेखा पौडेल           MKA 091
ख) रुँदै हुन्छ्यौ जहिले पनि    दीपक शर्मा           MKA 092
ग) जसले मुटु चुडेर लग्यो    बी.बी. अनुरागी           MKA 093
घ) हेरेको हेरै        महेश खड्का           MKA 094
ङ) परेलीको वर्षात्ले        सन्तोष श्रेष्ठ           MKA 095
२०. सर्वोत्कृष्ट सुगम संगीत गायिका
क) अन्जु पन्त        परेलीको वर्षातले…           MKA 096
ख) दुर्गा खरेल        बाचा त गरे           MKA 097
ग) रेणू विष्ट        रुवाउँदिनँ               MKA 098
घ) दीपा पन्त        दिलको बदला           MKA 099
ङ) अन्जना गुरुङ        जसले मुटु चुडेर लग्यो       MKA 100
२१. सर्वोत्कृष्ट सुगम संगीत गायक
क) जिन्दगीको सबाल हुन्छ    स्वरुपराज आचार्य           MKA 101
ख) रामकृष्ण ढकाल        आधि ज्यान यहाँ मेरो       MKA 102
ग) हेमन्त शर्मा        मायालाई तराजुमा           MKA 103
घ) प्रमोद खरेल        उसले जति माया           MKA 104
ङ) शिशिर योगी        सियोको टुप्पोले मुटु बिझ्यो…       MKA 105
२२. सर्वोत्कृष्ट सुगम संगीत एल्बम
क) बिछोडमा        हरि विष्ट (मिलेनियम मल्टिसिस्टम)           MKA 106
ख) साहिमा        मधु श्रेष्ठ (विणा म्यूजिक सेन्टर)           MKA 107
ग) संघार             जानकी पन्थ (विन्ध्यवासिनी म्यूजिक प्रा.लि.)       MKA 108
घ) क्षितिज        रमेश क्षितिज र सन्तोष श्रेष्ठ (त्रिवेणी फिल्म्स नेपाल)   MKA 109
ङ) मोडमोडमा        शिशिर योगी (शिशिर योगी संगीत प्रतिष्ठान)       MKA 110
नोट: भोटिङ गर्नका लागि MKA  स्पेश कोड नम्बर टाइप गरी ४२४३ मा पठाउनु पर्नेछ ।

Thursday, 14 June 2012

एस एल सीमा फेल भएपछि सात किशोरीले आत्महत्या गरे

  काठमाडौं, असार १ (टप नेको)- प्रवेशिका परीक्षामा फेल भएका सात किशोरीले आत्महत्या गरेका छन्। काठमाडौंमा दुई, बाहिरका पाँचले आत्महत्या गरेका छन्। विष खाएकी एक परीक्षार्थी उपचाररत छिन्। पाँचले झुन्डिएर, दुईले विष खाएर आत्महत्या गरेका हुन्।
 कीर्तिपुर नरेफाँटमा निरुता कार्की कोठामा झुन्डिएको अवस्थामा फेला परिन्। रामेछाप खाँडदेवीकी उनी काठमाडौंमा दाजुसँग बस्दै आएकी थिइन्। बिहीबार नतिजा हेरेकी उनी असफल भएपछि सिलिङफ्यानमा झुन्डिएकी थिइन्। बिहान १० बजे उनको शव फेला परेको थियो। काठमाडौं प्रभाव माविबाट एसएलसी दिएकी रुविना केसी र सबला बानियाँ बिहीबार विष खाएर अशक्त अवस्थामा फेला परेका थिए। महादेवस्थान गाविसका दुवैलाई परिवारले समाज अस्पताल पुर्‍याएका थिए।
चिन्ताजनक अवस्थामा रहेकी रुविनालाई अस्पतालले थप उपचारका लागी स्टार अस्पताल रिफर गरे पनि बाटैमा मृत्यु भयो। सबला भने समाज अस्पतालमै उपचाररत छिन्।
धादिङ ज्यामरुङकी १७ वर्षीया रेश्मा कँडेल अध्ययनमा राम्रो भएकीले विद्यालय र उनको परिवार प्रथम श्रेणी आउनेमा ढुक्क थियो तर उनी असफल भइन्। रानीपौवा उच्च माविबाट परीक्षा दिएकी कँडेल बिहीबार बिहान धुरिबलोमा झुन्डिएर मृत भेटिइन्।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाहिरका विराटनगर, नेपालगन्ज र पाल्पामा समेत अप्रिय घटना भएका छन्। विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्।
पाल्पा छहाराकी १६ वर्षीया सरिताको शव घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। उनले छहाराको भैरवनवदीप उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन्। परीक्षामा असफल भएपछि उनी निराश थिइन्।
नेपालगन्ज गोसाइँगाउँकी प्रतीक्षा शर्माले झुन्डिएर आत्महत्या गरेकी थिइन्। नारायणी उच्च माविबाट परीक्षा दिएकी उनी झुन्डिएको अवस्थामा घरमा फेला परेपछि उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्‍याए पनि अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भएको थियो।
विराटनगरमै श्रीराम उच्चमाविबाट एसएलसी दिएकी मधु देवानले बिहीबार बिहान विष सेवन गरेर आत्महत्या गरिन्। बेहोस अवस्थामा फेला परेकी उनलाई कोसी अञ्चल अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याउनुअगाडि नै उनको मृत्यु भएको थियो।
जनकपुर- ८ की १६ वर्षीया सेखाकुमारी सिंह घरमा पासो लगाएर झुन्डिएको अवस्थामा बिहान आठ बजे मृत फेला परेकी थिइन्। सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेकी उनलाई जनकपुर अञ्चल अस्पताल जनकपुर लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको थियो।
मनोविश्लेषक डा. गंगा पाठकले परीक्षाको नतिजा प्रकाशित भएपछि भइरहेका आत्महत्याले शिक्षा प्रणाली र सामाजिक मानसिकतामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताइन्। एसएलसी परीक्षामा सफललाई बढी महत्व दिँदा असफल हुनेहरु निराश भएर गलत बाटो रोज्ने गरेको उनको विश्लेषण छ।
'पुरुषको तुलनामा महिला धेरै इमोसनल हुने हुँदा यस्ता दुघर्टना हुन्छन्,' उनले भनिन्, 'छोराको तुलनामा छोरीलाई परिवारले पनि बढी दबाब दिँदा यस्ता दुघर्टना निम्तिरहेका छन्।'

Monday, 11 June 2012

नायिका खड्काले आत्महत्या गरिन

 टप नेको -
नाईका जेसिका खड्काले आत्महत्या गरेकी छिन् ।
प्रकाश ओझा यौन प्रकरण भिडीयोबाट चर्चामा आएकी उनले काठमाडौंको झोछेको कोठाको सिलीङमा सलले पासो लगाएर झुण्डेको अवस्थामा फेला पारिएको थियो ।


आफ्नो भाइसँग डेरा गरी बस्ने उनले किन आत्महत्या गरेकी हुन भन्ने कारण चाहिं अहिलेसम्म खुलेको छैन । घट्नास्थलमा अहिले प्रहरी पुगिसकेको छ । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

प्रहरीले उनको फोन रेकर्डबाट प्रोडक्सन म्यानेजर बालदिप राईलाई प्रक्राउ गरेको छ । राईसँग उनले राति २ बजे मोबाइलबाट अन्तीम कुरा भएको तथ्य बाहिर आएको छ । केहि वर्ष अघि अर्की नायिका श्रीका कार्कीले पनि आत्महत्या गरेकी थिइन ।

कोरियामा दुर्घटनामा परी पुन एक नेपालीको मृत्यु-दुतावाश मौन


टप नेको-
कोरिया, सउल

कोरियामा दुर्घटनामा परी पुन एक नेपालीको मृत्यु भएको छ ।सोमबार अपरान्ह पोखरा का लक्ष्मी गुरुङको यसरि मृत्यु भएको हो ।कोरियाको सुवन सहरमा भवन निर्माणकार्य गर्दै आएका गुरुङ्गको उक्त निर्माणाधिन भवनको दसौँ तलाबाट खसेर मृत्यु भएको हो ।गुरुङ्ग निर्माण समाग्रि लिएर जादै गर्दा खुट्टा चिप्लिन गई दसौँ तल्ला मुनिको भुईँमा बजजारिन पुगेका थिए । उनले उक्त समयमा सुरक्षाका सामाग्री प्रयोग गर्न नभ्याएको सहयात्रि चाईनिज नागरिक  मोङ्गग नि ले बताए । गुरुङ्ग कोरिया प्रवेश गरेको करिब बाईस वर्ष बितिसकेको थियो भने हाल उनी अबौधानिक रूपमा बसोबास गर्दै आइरहेका थिए । उनको सब प्रहरीको निगरानीमा सुवन हस्पिटलमा पोष्टमाट्रमका लागि राखिएको छ भने दूतावासको आवश्यक पहल नहुदा अनुसन्धान कार्यमा ढिलाईहुन गएको छ ।
 विभिन्न नेपाली सङ्घ सस्थाका परतिनिधिहरुले घटना स्थलमा उपस्थिति जनाउदै जानकारी लिए पनि नेपाली दुतावाशकोरियाले भने आफ्नो उपस्थिति जनएको छैन ।
यसरि कोरियामा गत चार वर्ष यतामात्र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या अब नौ पुग्न गएको छ ।

Wednesday, 6 June 2012

राष्ट्रयको सम्पति कोरियामा दुरुपयोग


टप नेको -
कोरिया(सोल)
कोरियामा श्रमसहचारि फिर्ता भईसके पनि उनी बस्तै आएको घरको भाडा भने सरकारले तिर्दै आएको छ ।  अति सुविधा सम्पन्न उक्त घरको बाहाल प्रति महिना पांचलाख रुपया राश्ट्रयको सम्पति बाट नेपाली दूतावास कोरियाले भुक्तान गर्ने गरेको हो ।  कोरियामा दरबन्दि कायम भई दुई महिना मात्र काम गरी नेपाल फर्किएका श्रमसहचारिको  अभाव बिध्यमान रहदा रहदै अनाआवश्यक  राश्ट्रयको सम्पति दुरुपयोग भएकोमा कोरियामा रहेका नेपाली समुदायले आपत्ति प्रकट गरेका छन् । उनीहरूले आवश्यक नभएको उक्त खर्च नगर्न दुतावमश सँग  माग गरेका छन् ।
श्रमसहचारि कृष्ण हरि पुष्कर  नियुक्ति भएको दुई माहिना नसकिदै बढुवा भएको कारण  एक महिना अघि नेपाल फिर्ता भई सकेका छन् भने उक्त स्थान हाल पद बिहिन रहेको छ।
 आवश्यक नभएको उक्त घर  तत्काल छाडिदिन    नेपाल कोरिया  ब्यपार सघका अधक्ष्य  मदन केसिले अनुरोध गरेका छन् । दूतावासका केही कर्मचारीका नजिकका मानिसको आश्रय स्तल  बन्ने गरेको उक्त घर किन राष्ट्रयलाई बोज बनाउने /?? केसिले  प्रति प्रश्न गर्दै  अगाडि भने विश्व साईकल यात्रिलाई आश्रय दिनुहोस भन्दा मन्त्रालयको आदेश चाईन्छ भन्ने दूतावासका उपनियोग प्रमुख राजा राम वर्तौला ले कस कसलाई उक्त घरमा मन्त्रालयको आदेश ले बास दिइएको छ  सबैलाई प्रस्ट पार्न अनुरोध गरे ।
यसै गरी एन आर एन कोरियाका अध्क्षय के पि सिटौलाले उक्त घरको सम्झौता त्तकाल खारिज गर्न सकिने बताउदै किन यसरि देशको सम्पतिमा खेलवाढ भइरहेको  छ  आफू अनबिग्य भएको बताए । कि सबैलाई आश्रयको लागि उक्त घर खुला गर्नु पर्‍यो कि त बन्द गर्नु पर्‍यो ।सिटौलाले दुखेसो पोख्दै भने" संसारलाई चिनाउन निश्किएका नेपाली विश्व साईकल यात्रि लोक बन्दु कार्कीलाई उक्त घरमा स्थान नदिनु दुखदाय हो ।
स्मरण रहोस -एक साता अघि कोरिया आई पुगेका  नेपाली विश्व साईकल यात्रि लोक बन्दु कार्कीलाई उक्त घरमा बासको ब्यवस्था गर्न कोरियाका नेपालि संघ सस्थाले अनुरोध गर्दा उपनियोग प्ररमुख राजा राम वर्तौलाले ठाडै अस्वकार गरेका थिए ।
 यसै विषयमा सम्पर्ग राख्दा उपनियोग प्ररमुख राजा राम वर्तौलाले भने(उनकै शब्दमा) "यो हाम्रो कुराहो तपाईहरु चासो नलिनु होस" ।
उता राजदूत कमान सिह लामाले आफु नय। भएको र सबै कुरा बुझि नसकेको हुदा के गर्नु पर्ने हो सुझाव दिन अनुरोध गरे ।
हाल खालि रहेको दूतावासको उक्त घरमा उपनियोग प्ररमुख राजा राम वर्तौलालका नजिकका व्यक्ति र उनका सहयोगी को रात्रि पार्टी र आरम गर्ने स्थल बन्ने गरेको सर्वसाधारणले बताएका छन् ।

नारायणगढमा गोली चल्यो




प्रहरी र व्यावसायीबीच झडप
- चितवन, जेठ २४ -जानकारीविनै छापामार्न आएको आन्तरिक राजश्व कार्यालयका पदाधिकारीले घुस मागेको भन्दै नारायणगढका व्यवसायीहरु प्रदर्शनमा उत्रिँदा नारायणगढमा प्रहरीले गोली चलाएको छ। प्रदर्शनका क्रममा व्यवसायीहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरक्षाका लागि रबरको गोली प्रहार गरेको हो ।



तनावग्रस्त बनेपनि गोली भने कसैलाई लागेको छैन्। नारायणगढको लक्ष्मीनारायण वस्त्रालयका छापामार्न पुगेको आन्तरिक राजश्व कार्यालयका पदाधिकारी र व्यवसायीबीच विवाद भएपछि तनावको अवस्था आएको हो। जानकारी नै नदिई छापा मार्न आएको र उल्टै व्यावसायीसँग दशलाख घुस मागेको आरोप व्यवसायीले लगाएका छन्।

आन्तरिक राजश्वको छापाका विरुद्ध नारायणगढका व्यवसायी सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। शहिदचोक र पुल्चोक र लायन्सचोकमा व्यवसायीहरुले सडक अवरुद्ध गरी विरोध थालेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र व्यवसायीबीच झडप भएको थियो।

व्यापारीहरुले आन्तरिक राजश्व कार्यालयको गाडी जलाएका छन्। त्यस्तै आगो निभाउन गएको वारुण यन्त्रसमेत तोडफोड गरेका छन्।

Thursday, 31 May 2012

सर्वोच्चका न्यायाधीश को गोली हानी हत्या (भिडियो सहित)





१८ जेठ, काठमाण्डौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
बंगलामुखी मन्दिरमा पूजा गरेर फर्कँदै गरेका न्यायाधीश बममाथि ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै अज्ञात समूहले गोली हानेको थियो । आक्रमणमा गम्भीर घाइते भएका न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उयपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक रक्तश्रावका कारण बमको मृत्यु भएको अस्पतालका निर्देशक भरत राउतले जानकारी दिनुभयो ।
पल्सर मोटरसाइकलमा आएको समूहले बा ८ च ९८५३ नम्बरको गाडीमा सवार बममाथि विहान ११ बजेतिर गोली प्रहार गरेको थियो । निकै साँघुरो सडकमा मोटरसाइकल आएपछि साइड दिन गाडी रोकेको समयमा बममाथि गोली प्रहार भएको थियो । न्यायाधीश बमको मुख, घाँटी, छाती र हातमा गोली लागेको प्रहरी महानिरीक्षक रविन्द्रप्रातप शाहले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको छ । घटनास्थलमा ५ ओटा गोलीको खोकासमेत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ‘अमर नेपाल’ नामक पार्टीको पर्चा भेटिएको छ । उक्त पर्चामा देशलाई अधोगति तिर धकेल्ने सबैको अवस्था यस्तै हुने उल्लेख छ ।
घटनामा न्यायाधीश बममा अंग रक्षक महेश गिरी र सँगै रहेका कलाकार दिपकराज गिरीका बुबा रामजी गिरीको भने अस्पतालमा उपचार भइरहेको छ । दुबैको सशल्यक्रिया भएको छ । उहाँहरुको अवस्था खतरामुक्त नरहेको बताइएको छ । बमका गाडी चालक अश्व लामालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
न्यायपरिषद्ले महाअभियोग लगाउन सिफरिस गरेपछि बमले लामो समयदेखि काम गर्नु भएको थिएन ।
यसैबीच न्यायाधीश बमको हत्याको विरोधमा आइतबार देशभरका सबै न्यायालय बन्द गरिने भएको छ । सर्वोच्च अदालतले पत्रकार सम्मेलन गरी बमको शव भोलि श्रद्धान्जलीका लागि सर्वोच्चमा राख्ने र भोलि नै अन्तिम संकार गर्ने बताएको छ ।
 

Monday, 28 May 2012

तोक्मे बुढालाई कोरियामा अभिन्नदन (फोटो फिचर सहित)


मीन प्रकाश उप्रेती (सोल)






दक्षिण कोरिया - चर्चित हास्यकलाकार तोक्मे बुढा(वोल्सन बिक्रम राई)लाइ कोरिया वासी नेपालीहरूले अभिन्दन गरेका छन् ।सोमबार झापामिलन समाज कोरियाले सोउलको ओम रेष्टुरेण्टमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई यसरि अभिन्दन गरिएको हो। नेपालकोरिया ब्यपार सङ्घले आयोजना गरेको सांकृतिक कार्यक्रमका लागि कोरिया आई पुगेका राईलाई एन आर एन कोरियाका अध्क्षय तथा झापा मिलन समाज कोरियाका सल्लाहकार के पि सिटौला   , झापा मिलन समाज कोरियाका अध्क्षय मीन प्रकाश उप्रेती, नेपाली दुतावासकोरियाका सहचारि तुलशि कोइराला लगाएत दर्जन बढी सङ्घ सस्थाहरुले  दोसल्ला ओढार्इ अभिन्दन गरेका थिए ।
मैले प्रवाशमा पाएको पहिलो अभिन्नदन हो भन्दै कालाकार  राईले भने ‘मलाइ आज अर्को थप प्रेण मिलेको छ,म मेरा पाइलाहरूलाइ अझ सशक्त बनाउदै तपाइहरूलाइ नयाँ कलाहरु पस्कदै जाने छु”।“प्रवाशमा पाएको तपाइहरूको अपार माया मेरोलागि मार्ग दर्शक हुने छ ”अभिन्नदन पछि बोल्दै चर्चित हास्यकलाकार वोल्सन बिक्रम राईले आफू जाहाँ र जस्तो सुकै अवस्थामा रहेपनि आफ्नो जन्म स्थान झापालाई कहिल्यै पनि भुल्न नसक्ने बताए । 'आफू राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रकै कलाकार किन नहुन कलाकारिताको पाठ पढेको स्थान झापा आफ्नो आत्मामा रहेको छ' राईको भनाई थियो । आफू जाहाँ भए पनि देश र जन्म स्थानलाई नभुल्न राईले अनुरोध गरे ।
  यसैगरि अभिन्दन कार्यक्रमका वक्ताहरूले आफूहरू जांहा भएपनि नेपाली कलालार्इ भुल्न नसक्ने बताउदै चर्चित  हांस्यकलाकार वोल्सन बिक्रम राई लाई कोरियामा अभिन्दन गर्न पाउदा गौरव लागेको बताए ।
 उता कार्यक्रमको उद्धेश्यबारे प्रस्ट पार्दै समाजका अध्यक्ष मीन प्रकाश उप्रेतीले भने कलाकार राष्ट्रिय गहना भएका कारण जाहाँ अनि जुन सुकै ठाउँमा भए पनि सजाएर राख्नु पर्ने बताए । अन्य देशको तुलनामा नेपालका कलाकारलाई राष्ट्रिय सम्मान कमी भएको चर्चा गर्दै कलाकारिता हाँस्ने र रमाउने मात्र नभई ज्ञानको श्रोत समेत भएको उप्रेतीको भनाई थियो ।
   यसै गरी अतिथिको आसनबाट बोल्दै एन आर एन कोरियाका अध्क्षय तथा झापा मिलन समाज कोरियाका सल्लाहकार के पि सिटौलाले  झापामिलन समाज दक्षिण कोरियाले गरेको कालाकार अभिन्नदन कार्यक्रमलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमलाई प्रवाशमा रहेका अन्य सङ्घ संस्थाहरुले शिक्षाको रूपमा लिनु पर्ने बताए ।देशका जुन सुकै कुनाका कलाकार किन नहुन यी हाम्रा सम्पतिहुन सिटौलाको भनाई थियो ।
उता अतिथिकै आशनबाट बोल्दै नेपाली दूतावास कोरियाका प्रतिनिधि सहचारि तुलशि कोइरालाले अभिनयको माध्याम बाट जनमानशमा सन्तुष्ति दिनु समान्य कुरा नभएको बताउदै  आफू यस्ताकुराको सधैँ सम्मान गर्न बताए ।

झापामिलन समाज दक्षिण कोरियाका अध्यक्ष मीन प्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजका सदस्य राजु सन्तोषि थापालेगरेका थिए भने स्वागत मन्तव्य समाजका सदस्य यामेश केदेम लिम्बुले गरेका थिए ।