Wednesday, 2 May 2012

चपली हाईटको तहल्का अब कोरियामा


रामु लम्साल ,सिओल ,कोरिया। 
नेपाली चलचीत्र क्षेत्रमा मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत हंगामा मच्याउन सफल र नेपाली दर्शकले अत्याधिक मन पराएका सुपर हिट चलचित्र ‘चपलीहाइट ‘अब कोरियामा रहेका नेपालीहरूले हेर्नपाउने भएका छन । उक्त चलचित्रकी नायिका तथा यस बर्षकै सबैभन्दा चर्चित नायिका बिनिता बराल संग आगामी जुलाई २२ तारिख राजधानी सिओल नजिकै दोङ्देमुन स्थित जुंगु कुक्मिन ह्वेग्वान मा हेर्न पाउने भएका छन्। यस अघि मई ६ मा प्रदर्शन गर्ने भनिएको भए पनी गायक भरत गुरुङको एकल गायन कार्यक्रमलाई मध्यनजर गरी उक्त मिती सार्नुपरेको र हलको समस्याको कारण केही पछि हुन गएको भन्दै आयोजकले केही समय ढिला भए पनी उक्त सुपरहिट चलचित्रबाट मनोरन्जन लिएर मिडियाको सामाजिक अभियानमा सहयोग पुर्‍याउन आग्रह गरेको छ।   त्यस्तै बिदेशीहरूको राजधानी भनेर चिनिएको आन्सान स्थित माइग्रेन्ट सेन्टरमा जुलाई २९ तारिख र अगष्ट ५ मा किमेमा प्रदर्शन गरिने बताईएको छ।  चलचित्रको छ्यांकन देखी चर्चामा आएको उक्त चलचित्र अहिले नेपाली दर्शकहरूको ढुकढुकी मात्र बनेको छैन अन्य मुलुकका नागरिकले पनी अत्याधिक माग भैरहेको छ। जसको पछिलो उदाहरण हो उक्त चलचित्र लाई भारतीय प्रमुख टेलिभिजन च्यानल स्टार गोल्डले प्रसारण राईट किनेको छ भने अमेरीकी कम्पनीले मोटो रकम अर्थात रु ५० लाखमा किनेको छ। दक्षिण कोरियामा रहेका नेपालीले पनी उक्त चलचित्र को अत्याधिक माग गरिएकोले राजधानी सिओल लगाएत कोरियाका प्रमुख शहरहरुमा प्रदर्शन गर्न लागिएको निर्माता अर्जुन कुमारले बताएका छन्। 

काभ्रेका दुर्गम ५ बिद्यालयमा लाईबेरी स्थापना गर्न आगमी मई ६ तारिखमा प्रदर्शन गर्न लागिएको उक्त चलचित्र नेपालकोरियाटाइमस डट कम र मेरो सिनेमा डट कमले संयुक्त रुपमा प्रदर्शन गर्न लागिएको बताइएको छ।

यौन मनोविज्ञानमा आधारित उक्त चलचित्र दीपेन्द्र के खनालले निर्देशन गर्नुभएको हो । विनीता बराल, अमिर गौतम, राज घिमिरे आदिको मुख्य अभिनय रहेको चलचित्र अर्जुनकुमारले निर्माण गरेका हुन् । तीन पात्रबीचको मनोविज्ञान, सेक्स र मानवीय सम्बन्धको उतारचढाबलाई चलचित्रको मुख्य विषयवस्तु बनाईएको छ। । विश्वको चलचित्र बजारमा आफ्नो साम्राज्य विस्तार गर्दै अगाडि बढेको भारतीय चलचित्र अहिले संसारमा सबैभन्दा बढी दर्शकहरूले हेर्नेमा पर्दछ। तर गत साता भने काठमाडौंवासी दर्शकहरूले एउटा भारतीय चलचित्र नहेरेर नेपाली चलचित्र हेरिदिँदा भारतीय चलचित्रको नेपाल अधिकार किन्ने वितरकले घाटा सहनुपर्‍यो। कुरा चलचित्र ‘एजेन्ट विनोद’को हो। यो चलचित्रमा दुई भारतीय स्टार छन् सेफ अली खान र करिना कपुर।   उता चलचित्रका निर्माता अर्जुनकुमारले राम्रो चलचित्र भएको र नेपाली दर्शकले अत्याधिक मनपराएको चपली हाईट हेर्न सम्पुर्ण कोरियाबासी नेपालीहरूलाई अनुरोध गर्नुभएको छ भने आयोजक नेपालकोरियाटाइम्स र मेरो सिनेमा डटकमले आज संयुक्त रुपमा एक बिज्ञप्ती निकालेर दुर्गमका बिद्यालयमा लाइबेरी स्थापना गर्ने पवित्र उदेश्य राखेर उक्त चलचित्र प्रदर्शन गर्न लागिएकोले सहयोग गर्न सम्पुर्ण संघ संस्था लगाएत कोरियाबासी नेपालिलाई आग्रह गरिएको छ। साथै बिज्ञप्तीमा उक्त चलचित्र प्रदर्शन हुने दिन अन्य कुनै पनी कार्यक्रम नजुधाइदिनुहुन पनी अपिल गरिएको छ।

No comments:

Post a Comment