Thursday, 3 May 2012

पत्रकार महासंघको प्रभातफेरीले काठमाण्डौ गुन्जियो

बैसाख २१, काठमाण्डेोँ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि यो दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । यसक्रममा नेपाल पत्रकार महासंघले आज विहान प्रभातफेरी निकालेको छ । राजधानीको भृकुटीमण्डपबाट शुरु भएको -याली राजधानीको विभिन्न स्थानको परिक्रमा पछि भृकुटीमण्डपमै पुगेर सकिएको थियो ।

अहिले पनि राज्यबाट प्रेसमाथि हस्तक्षेप भइरहेकाले यसलाई रोक्न महासंघले माग गरेको छ । अहिलेसम्म नेपालमा ३३ जना पत्रकार समाचार लेखेकै आधारमा मारिएको महासंघले जनाएको छ । जसमा १७ जना सरकार, ९ जना माओवादी र ७ जना अज्ञात समूहबाट हत्या गरिएको महासंघले जनाएको छ । यो वर्ष नयाँ आवाज—समाज परिवर्तनका लागि प्रेस स्वतन्त्रता भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।

नेपालमा प्रेस स्वतन्त्रता चुनौतिकै अवस्थामा रहेको पत्रकारहरुले जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको यस क्षणमा फेरि पनि पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्य गर्दै प्रेस स्वतन्त्रताको प्रवद्र्धनका लागि सामूहिक प्रतिवद्धताको जरुरी रहेको पत्रकारहरुको छाता संगठन महासंघले जनाएको छ । (इमेज च्यानेल)

No comments:

Post a Comment