२१ वैशाख, काठमाण्डौ । दक्षिण कोरियाका
लागि नवनियुक्त राजदूत कमानसिंह लामाले दक्षिण कोरियामा नेपाली कामदार
पठाउने अहिलेको प्रक्रिया गलत भएका कारण अब त्यसलाई सुधार गर्नुपर्ने
बताउनुभएको छ ।
परीक्षामा उत्कृष्टताका आधारमा पठाउँदा
बढी शीक्षित जाने तर कोरियामा बढी काम गर्ने तल्लो तहका कामदारको आवश्यकता
रहेको भन्दै उहाँले तल्लो स्तरका जनशक्ति जाने गरी अहिलेको प्रक्रियालाई
परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
कामगर्ने कामदार आएनन् भनेर कोरियाका
राजदूतले आफूलाई गुनासो गरेको भन्दै लामाले परीक्षाको आधारमा नभई अब कामको
आधारमा कोरिया पठाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
राजधानीमा बिहीबार आयोजित कार्यक्रममा
लामाले भन्नुभयो -’अहिले कोरिया गएर काम गरिरहेका जनशक्तिले कडा परिश्रम
गर्न नसकी गाह्रो भएको भन्दै उहाँले तल्लो र परिश्रमी जनशक्तिलाई कोरिया
पठाउने हिसावको परीक्षा प्रणाली बनाउनुपर्ने आवश्यकता रहेको छ । ‘
कोरिया जान कानुनी व्यवस्था भएपनि अहिले
२५ हजार नेपाली गैरकानुनी रुपमा गएको खबर आजको सौर्य दैनिकले छापेको छ ।
बैशाख २२ मा कोरिया जान लाग्नु भएका लामाले आफुले देश अनुकुलको काम गर्ने
बताउनुभएको छ ।
( साभार- अनलाईन खबर)
No comments:
Post a Comment